खेल संस्था

लामो समय पछि कोर्टमा फर्किएका बिवेक क्वाटरफाईनलमा

भोजपुर- लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । बिवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा… पुरा पढौ

निशान सुनारको गोलमा बाँसबारीको स्पष्ट जित

काठमाडौं- निशान सुनारको गोलको मद्दतमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकाल्दा अर्को खेलमा मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसरबरीले पुल्चोक स्पोर्ट्स क्लबमाथि २–० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएको हो । जारी लिगमा छैटौं जित निकाल्दा बासँबारीका निशानले दोस्रो हाफमा दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलेको बाँसबारीले… पुरा पढौ

लालिगा क्लब बार्सिलोनाको अफिसमा प्रहरीको छापा, ४ जना पक्राउ

एजेन्सी, फागुन १८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन । प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन । बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ । गत वर्ष… पुरा पढौ

बुटवल टेनिसमा पोखरेली खेलाडी उपाधि निकट

पोखरा-बुटवल टेनिस संघको आयोजनामा सञ्चालित चौथो बुटवल ओपन टेनिस अन्तर्गत डबल्स तर्फको उपाधि नविन मगर र रितिक रानाले जितेका छन् । आईतबार भएको फाईनल खेलमा नविन र रितिकको जोडीले सन्तोष खत्री र प्रणव खनाललाई सुपर टाईमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सटे ६–१ ले सहज लिएका नविन र रितिकको जोडीले दोस्रो सेट भने २–६ मा गुमाउँदै खेल सुपर टाईमा पुग्यो । सुपर टाईमा १०–२ले आफनो पक्षमा पार्दैै मेन्स डबल्सको उपाधि आफनो नाममा लेखाएका हुन् । मेन्स ओपन तर्फको… पुरा पढौ

बाँसबारी र श्री कुमारी क्लबलाई सफलता

काठमाडौं, फागुन १२ । टुसाल युथ क्लबलाई ३–१ ले हराउँदै बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको तेस्रो स्थानमा उक्लिँदा दिनको दोस्रो खेलमा श्री कुमारी क्लबले भगवती क्लबलाई ४–१ हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गर्दा अनिल गुरुङले एक गोल गर्न सफल भए । टुसालका सुनिल धामीले एक गोल गरे बाँसबारीको अन्तर घटाएका थिए । दुई गोल गरेका भीष्मराजले… पुरा पढौ

काठमाडौं मेयर कप क्रिकेट फागुन २२ देखि

पोखरा-काठमाडौं महानगरपालिकाको आयोजनामा यही फागुन २२ गतेदेखि मेयर कप हुदैं छ । मेयर कपमा पाँच टोलीले प्रतिस्पर्धा गर्ने छ । एकसाता चल्ने एकदिवसीय क्रिकेटमा प्रधानमन्त्री कपका चार सेमिफाइनलिष्ट टोली र एक टोली काठमाडौं महानगरपालिकाको बन्ने छ । काठमाडौं महानगरपालिकाको टिम भने प्रदेश १ , प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको संयुक्त बनाईने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री कपका चार सेमिफाईनलिष्ट टोलीमा तीन विभागीय… पुरा पढौ

बैशाख दोस्रो साता फुटबलको नेपाल सुपर लिग

काठमाडौं-क्रिकेट जस्तै नेपालमा अब फुटबलको पन फेन्चाईज शैलीमा नेपाल सुपर लिग हुने । सुपर लिग आगामी बैंशाख दोस्रो सातादेखि शुरु गरिने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि प्रतियोगिता शुरु हुने छ । क्रिकेट फ्रेन्चाईज लिग जस्तै गरी फुटबलको लागि खेलाडीहरुलाई टोलीमा भित्रयाउने रकमको बोली लगाईने छ । काठमाडौंको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुने छ । एन्फाको प्राविधिक सहयोग रहने छ । सात… पुरा पढौ

डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा बिज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको बोर्ड सदस्यमा मनोनयन भएका छन् । शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाईएको छ ।डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ्ग सम्वन्धि गतिबिधीहरुको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ्ग सम्वन्धि कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।… पुरा पढौ

केल्मी र भलिबल संघविच सहकार्य सम्झौता

काठमाडौं- खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे । पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम केल्मेले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २० । २० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र… पुरा पढौ

एकै प्रतियोगिताका टोलीमा भिन्नता किन यति धेरै ?

काठमाडौं, फागुन ९ । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने राष्ट्रिय महिला लिग शुक्रबार दशरथ रंगशालामा समापन भयो । तीन विभागीय र चार मोफसलका टोलीलाई समावेश गरि सञ्चालन गरिएको लिगमा कुनै टोली प्रतिद्वन्द्वी विरुद्ध निकै हावी हुँदा कुनै टोली भने निरिह बने । एउटै प्रतियोगितामा सहभागि टोलीको खेलमा किन यस्तो भिन्नता भयो ? विभागीय टोली मध्येको एपिएफले प्रतिद्वन्द्वीविरुद्ध फराकिलो जितसहित अपराजित रहँदै उपाधि उचाल्दा उदयपुरको चौदण्डीगढी भने अंक तालिकामा अंक विहिन हुँदै घर फर्किएको छ । भनिन्छ, प्रतिस्पर्धा भए खेलाडीको खेल विकास… पुरा पढौ