खेल संस्था

पोखरेली एथलेटिक्सका नक्षत्र

धन बस्नेत-पोखरा सफलता त्यसै प्राप्त हुदैन् । त्यसको लागि त्याग र तपस्या चाहिन्छ । कडा मेहनत गर्नुपर्छ । संघर्षका पाईला अगाडि बढाउनुपर्छ । अनि उचाईको सिंढी चढ्न सकिन्छ । कडा मेहनत र संघर्षले सफलताको शिखरमा पुर्याउँछ तर त्यसको लागि धैर्यता पनि चाहिन्छ । खेलकुद आफैंमा पनि संघर्ष हो । संघर्ष मात्रै होईन्, धैर्यता र लगनशिलता चाहिन्छ । लगातारको संघर्ष र लगनशिलताले मात्रै सफलताको पाईला चुमिन्छ । शून्यबाट उचाईमा पुग्नु आफैंमा चुनौतिपूर्ण हुन्छ । चुनौतिलाई पार गर्दै उचाईमा पुग्नु सफलताको कडी… पुरा पढौ

भोलिदेखि पोखरा ओपन एथलेटिक्स मिट

पोखरा-पोखराको खेलकुद इतिहासमै पहिलो पटक कास्की जिल्ला एथलेटिक्स संघले पोखरा ओपन एथलेटिक्स मिट २०८१को तयारीमा जुटेको छ । भोलि बिहीबारदेखि शुरु हुने ट्रयाक एण्ड फिल्डको १२ इभेण्टमा देशभरका उत्कृष्ट एथलिटहरुले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ट्रयाक तर्फ ६ र फिल्ड तर्फ ६ गरी १२ विधामा महिला तथा पुरुष एथलिटहरुले प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय प्रतियोगितापछि संघले आयोजना गरेको यो पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीको लागि समेत लिईएको छ… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग

पोखरा-नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई जिल्ला एथ्लेटिक्स संघ कास्कीले सहयोग गर्ने घोषणा गरेको छ । एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले अवार्ड सम्पन्न गर्न ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो । पोखरा स्पोर्टस् अवार्डले खेलाडीको मनोवल उच्च राख्न योगदान पुराएको र समग्र खेल क्षेत्र तथा खेलाडीको लागि आयोजना हुने अवार्डलाई सदैव संघको साथ रहेको जिल्ला एथ्लेटिक्स संघ कास्कीका अध्यक्ष गजबहादुर गुरुङले बताए । खेलप्रेमी तथा खेल संघसंस्थाको साथ सहयोगले नै… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा-पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए । प्रतियोगिताको पुरुषतर्फको… पुरा पढौ

ओ लेभल अम्पायर र स्कोरर तालिम समापन

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा ओ लेभलको अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ । एमसिसी फाउण्डेशन अन्तर्गतको किडासा फाउण्डेशनको सहयोगमा आयोजित तालिममा महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो । पोखरा क्रिकेट एकेडेमी संयोजन रहेको तालिमलाई प्रदेश खेलकुद परिषद गण्डकी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको सहयोग गरेका थिए ।तालिमलाई अन्तराष्ट्रिय अम्पायर सन्जयकान्त सिग्देलले प्रशिक्षण गराएका थिए । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन भने किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीले समापन… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको प्रतिष्ठासँग जोडिएको सुुनाउँदै यसलाई… पुरा पढौ

कास्कीमा मिलन, तिलक, अन्जु र विग्नेस पदाधिकारीमा मनोनित

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङसहित मनोनित आठ जिल्ला अध्यक्षले सपथ लिएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिए । मनोनित अध्यक्षहरुलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराए । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङसहित अन्यलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराएका हुन् । जिल्ला खेलकुद… पुरा पढौ

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङ नियुक्त भएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो । गुरुङले मंगलबार नै सपथ लिदैं छन् । उनलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराउने मन्त्रीका प्रेस सल्लाहाकारले जनाएका छन् । मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराउने छन् । अध्यक्षको कार्यकाल… पुरा पढौ

लिलाजंगलाई मार्चको मन्थ्ली मेडल उपाधि

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मार्चको मन्थ्ली मेडल गल्फको उपाधि नेट तर्फ एएसपी लिलाजंग गुरुङ ले जितेका छन् । पार ६९ को कोर्षमा ३र४ फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा लिलाजंगले ३४ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । यसैगरी भक्तराज गुरुङ भने उपविजेता बने । उनले ३३ स्कोर गरे । उनले काउण्ट व्याकमा उपाधि आफनो नाममा लेखाए । ३३ स्कोर गरेका ज्ञानकाजी गुरुङ भने तेस्रोस्थानमा चित्त बुझाए । त्यस्तै ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेशकुमार गुरुङ ले जिते । उनले… पुरा पढौ

आगामी चैत २० गतेदेखि पोखरा मुआथाईको समर क्याम्प

पोखरा-नेपालमा मुआथाई खेल व्यवसायिकता तर्फ उन्मुख भईरहेको अवस्थामा मुआथाई संघ कास्कीले युवालक्षित प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ । संघले भर्खरै एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आगामी चैत २० गतेदेखि निशुल्क मुआथाई समर क्याम्प गर्ने निर्णय गरेको छ । समर क्याम्प एकैसाथ दुई ठाँउमा शुरु हुने छ । पोखरा रंगशालामा र लेखनाथमा एकैसाथ समर क्याम्प शुरु गरिने प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए । ‘विगतको वर्षमा झैं एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ४० घण्टाको निशुल्क क्याम्प सञ्चालन गर्ने छौं… पुरा पढौ