खेल संस्था

पोखरा क्रिकेट क्लब फाइनलमा

पोखरा-अरण्यज्योती क्रिकेट क्लबलाई ७० रनले हराउँदै पोखरा क्रिकेट क्लब क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा आइतबार भएको दोस्रो सेमीफाइनलमा खेलमा अरण्यज्योतीलाई ७० रनले हराउँदै पोखराले फाइनलमा राइजिङ क्रिकेट क्लबसँगको भेट पक्का गरेको हो । १५१ रनको विजयी लक्ष्य पाएको अरण्यज्योती ३०.२ ओभरमा ८० रनमा अलआउट भएपछि पोखरा क्रिकेट क्लबको फाईनल सहज बन्यो । अरण्यज्योतीका लागि सुलभ सुवेदीले १७ र प्रदिप पौडेलले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ

पोखरा-काठमाडौं दौड पुरा गरेका धावक गोदारलाई स्वागत

पोखरा-नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाफ म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले तीन दिनमा दौड पुरा गरेका छन् ।काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पुरा गरेका हुन् । काठमाडौँको दशरथ रंगशालाबाट सोमबार दौड शुरु गरेका थिए । उनले दौड बुधबार दिउँसो करिब २ः०० बजे पोखरा रंगशालामा आएर टुग्याएका थिए । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । पोखरा रंगशालामा उहाँलाई कास्की आदर्श… पुरा पढौ

साविक विजेता सांग्रिला पराजित

पोखरा-पोखरा क्रिकेट क्लबले साविक विजेता सांग्रिलाा क्रिकेट क्लबलाई ११ रनले पराजित गर्दै क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । झिनो लक्ष्य पछ्याएको सांग्रिला एक समय जितको नजिक पुगेको थियो । तर पोखरा क्रिकेट क्लबका बलर सामु निरिह बनेपछि जितको मुखबाट विमुख हुदैं हार स्वीकार्न पुग्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भईरहेको अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को बुधबारको खेलमा ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि… पुरा पढौ

नवप्रवेशी गण्डकीमाथि अरण्यज्योतिको जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा अरण्यज्योति त्रिकेट क्लबले गण्डकी स्पोर्टस क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा मगलबार भएको प्रतिस्पर्धामाओपनर सुलभ सुवेदीले ४० रनको महत्वपूर्ण योगदान गरेपछि टस हार्दै व्याटि ङ गरेको अरण्यज्योतिले १५५ रनको योगफल तयार पार्यो । अन्य व्याटर सस्तैमा पवेलियन फर्किदाँ उनको ठोस इनिङ रह्यो । चौथो नम्बरमा आएका प्रविन पौडेलले २३ रन बनाई आउट भए । पाँचौ नम्बरमा प्रदीप पौडेलले पनि आफनो इनिङ मा २० रन… पुरा पढौ

भोलिदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट

पोखरा-भोलि विहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा लिगकम नकाउटमा एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । उदघाटन खेल सांग्रिला क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ क्लब समेत दर्ता गरिएको छ । लेकसाईड क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब संघमा नयाँ क्लबको रुपमा दर्ता भएका हुन् । नयाँ दर्ता भएसँगै ती क्लबहरुले पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता… पुरा पढौ

गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए । १८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले… पुरा पढौ

जिमको जग बसालेका शंकर

धन बस्नेत/पोखरा खेलकुदका रस बस्दै थियो । खेलकुदको रस्वादनसँँगै नपाउँदै पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । आफनै शहरमा भएको राष्ट्रिय खेलकुदमा वकिलमान(शंकरमान) उदास पनि सहभागि भए । उनी एथलेटिक्स खेलाडीको रुपमा पोखरा रंगशालामा उत्रिए । उनको ध्यान भने शारीरिक सुगठनमा थियो । बक्सिङ खेलेको अनुभव पनि उनीसँग छ । म्याराथन दौडिए । एथलेटिक्स खेलाडी भएपछि उनले म्याराथनसँगै वाकिङ(हिडाइ)मा समेत सहभागिता जनाए । सहभागिताको प्रमाणपत्र मात्रै हात लायो । पदक उनको नाममा भने लेखिएन् । उनले दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

गण्डकी प्रदेश टेकबल संघ गठन

पोखरा-हंगेरीको राष्ट्रिय खेल टेकबल नेपाल भित्रिएसँगै गण्डकी प्रदेशमा खेलको विकास र विस्तारको लागि प्रदेशस्तरीय टेकबल तदर्थ समिति गठन गरिएको छ । छोटो समयमै अन्तराष्ट्रिय मान्यता प्राप्त टेकबलको गठित समितिको अध्यक्षमा सुजन आचार्यले चयन भएका छन् । उपाध्यक्षमा पोषणबहादुर थापा, सचिवमा सन्तोष रेग्मी र कोषाध्यक्षमा सुजा गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा दिपक राजभण्डारी, धमेन्द्रकुमार घोरासैनी, सुदिप आचार्य, मन्जु क्षत्री, आशिष श्रेष्ठ, तिलबहादुर सेन र प्रकाश थापा रहेका छन् । समिति गठन भएसँगै प्रदेशमा टेकबलको जिल्ला समिति गठन गर्ने जनाएको छ… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि सशस्त्रका भट्टलाई

पोखरा-पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका (एपिएफ क्लब) निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई… पुरा पढौ