संघ

नवलपुर स्याङजासँग ८ विकेटले पराजित

पोखरा-नवलपुरलाई ८ विकेटले पराजित गर्दै स्याङजा गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । नेटरनरेटले .स्याङजा टिम च्याम्पियन बन्ने सम्भावना छ । टस जित्दै व्याटिङ थालेको नवलपुर केवल ५० रनमै समेटिन पुगेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजित गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत बिहीबार स्याङजाले नवलपुरलाई सस्तैमा समेट्ने क्रममा नौ व्याटर दोहोरो अंकको रनविहीनमै पभेलियन फर्किए । ओपनिङ व्याटर गोविन्द विक मात्रै क्रिजमा सम्हालिन पुगे । पहिलो विकेटको रुपमा नविन मल्ल आउट भए । उनको खातामा केवल… पुरा पढौ

कास्कीमाथि नवलपुरको रोमाञ्चक जित

पोखरा-दुई बलमा जितको लागि एक रन चाहिएको अवस्थामा नवलपुरका कप्तान दिपक डुम्रेले एकरन लिदैं कास्कीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्यो । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित वाई वाई यु—१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार कास्कीले दिएको १३७ रनको लक्ष्यलाई अन्तिम ओभरको अन्तिम बल बाँकी रहदाँ नवलपुरले जितको खुशी मनायो । किरण पौडेलको अन्तिम ओभरमा दुई बल बाँकी रहँदा जितको लागि एक रन चाहिएको थियो । कप्तान डुम्रेले एक रन जोडेपछि जित पक्का भएको थियो । नवलपुरले… पुरा पढौ

मंसिर पहिलो साता खेल नीति सम्मेलन

काठमाडौं-नेपालको खेलकुद विकासको लागि मार्गनिर्देश गर्ने गरी आगामी मंसिर ५ र ६ गते खेल नीति सम्मेलन गरिदैं छ । खेलनीतिकै अभाव र सरकारी निकाय बीच आपसी समन्वय नहुदाँ खेलकुद क्षेत्रमा देखिएको जटिलताको मारमा खेलाडीहरु पर्दै आएका छन् । खेलकुद ऐन बनिसकेको अवस्था छ । तर खेलकुद नियमावली नबन्दा खेलकुद क्षेत्रले लय समात्न सकेको छैन् । प्रदेश खेलकुद परिषद गठन भईसकेका छन् । जिल्ला तथा नगर एवं गाँउपालिकामा समेत खेलकुद विकास समिति गठन भएका छन् । गठित समितिहरु बीच आपसी समन्वय… पुरा पढौ

कास्की यु–१९ क्रिकेट टिम घोषणा

पोखरा-वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको छनोट क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरिएको हो । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टिम चयन गरिएको हो । किरण पौडेल(उपकप्तान),… पुरा पढौ

तीन सातापछि नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप

पोखरा-दुईवर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिदैं छन् । नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ । कास्की जिल्ला टेनिस संघको आयोजना र व्यवस्थापनमा नेपाल टेनिस संघको सहयोगमा नोभेम्बर २९ तारिखमा नेपाल आईटिएफ जुनियर(यु–१८) च्याम्पियनसिप हुदैं छ । पहिलो साता सर्किट १ को प्रतिस्पर्धा हुने छ । सर्किट १ सकिए लगत्तै सर्किट २को प्रतिस्पर्धा शुरु हुने छ ।पोखराको कोर्टमा प्रतिस्पर्धा गर्न नेपालसहित भारत,अमेरिका, जर्मन, स्पेन, चीन, थाईल्याण्ड, फिलिपिन्स, मलेसिया, हङकङ लगायत देशका… पुरा पढौ

जाडेन र आजमीलाई किड ट्रायथोलन उपाधी

काठमाडौं- जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा।लि। किड्स ट्रायथोलनको उपाधी हात पार्न सफल भएका छन् । स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्रायथोलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्रायथोलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि।मि। साईक्लिङ्ग र १.५ कि।मि। दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधी… पुरा पढौ

वाई वाई यु–१९को लागि १५ गतेदेखि ओपन क्याम्प

पोखरा-नेपाल क्रिकेट संघ(क्यान)ले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता घोषणा गरिसकेको छ । घोषणासँगै कोरोना कहरले लामो समयदेखि बन्द रहेको पोखरा क्रिकेट मैदानको मर्मत शुरु गरिएको छ । मैदानको घाँस काटिएको छ । पीच मर्मत शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले आगामी कात्तिक १५ गतेदेखि खुला क्याम्प शुरु गर्ने जनाएको छ । ‘१५ गते क्याम्प गरेपछि सहभागिता खेलाडी संख्या अनुसार छनोट गरेर प्रारम्भिक टिम बनाउँछौ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘तीन दिन क्याम्प सञ्चालन गर्छौ ।’ तिहार… पुरा पढौ

आसभ र स्पन्दन फाईनलमा

काठमाडौं-आसभ सिंह हााडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी नजिक पुगेका छन् । तदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – १० को भएको प्रतिस्पर्धाको ब्वाईज तर्फ आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ को जित निकाल्दै उपाधी नजिक पुगेका हुन् । यस्तै अर्को खेलमा स्पन्दनले संम्खा हाङ्ग राईलाई ६–०, ६–१ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १४ छात्र तर्फ आयुश्मान घलेले बोरिस… पुरा पढौ

दुई हारसँगै पोखरा बाहिरियो

पोखरा-विरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा महानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा विरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुआत गरेको छ । सुरुआतबाट नै दबाब दिएर खेलेको विरेन्द्रनगरले पहिलो हपाmमा २–१ को अग््रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को… पुरा पढौ

पोखराका आर्याशलाई यु-८ टेनिसमा स्वर्ण

काठमाडौं- आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधी जितेका छन् । सातदोवाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यु – ८ को शुक्रबार भएको फाइनलमा ब्वाईज तर्फ आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधी चुमेका हुन् । यस्तै गल्र्स तर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा पराजित गर्दै जित हात पारेकी हुन् । बिजयी खेलाडीहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै शुक्रबारनै सम्पन्न खेलमा शिभाली गुरुङ्गले गल्र्स यु–१० को… पुरा पढौ