संघ

असोज दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप

पोखरा-आगामी असोजको दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जेठठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए । प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए ।… पुरा पढौ

एथ्लेटिक्समा पदक जित्ने खेलाडीलाई सम्मान

काठमाडाैं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत एथ्लेटिक्स तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई आज नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ । नेपाल एथलेटिक्स संघले आज एक कार्यक्रमको आयोजना गरेर एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो । संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ । गत मंसिरमा सम्पन्न १३ औं सागमा सन्तोषी श्रेष्ठले… पुरा पढौ

मुआथाई अब ओलम्पिकमा

पोखरा-मुआथाईले ओलम्पिकमा प्रवेश पाएको छ । टोकियो ओलम्पिकमा मुआथाईलाई ओलम्पिकमा समावेश गराउने निर्णय गर्यो । निर्णयले मुआथाईका खेलाडी ओलम्पिक यात्राको सम्भावित ढोका खुलेको छ । ओलम्पिकमा समावेश गरेसँगै मुआथाई खेलाडीमा उत्साह थपिएको छ । अन्तराष्ट्रिय च्याम्पियनसिपमा मात्रै सहभागिता जनाउनुपर्ने बाध्यता थियो । अब खेलकुदको कुम्भ मेला ओलम्पिकमा मुआथाईको फाईट देख्न पाईने छ । नेपालमा मुआथाई भित्रिएको एक दशक मात्रै भएको छ । ओलम्पिकमा समावेशसँगै मुआथाईमा ओलम्पिक यात्रा तय गर्ने लक्ष्य छ । ओलम्पिकमा मुआथाईलाई समावेश गर्ने निर्णय गरिएको छ ।… पुरा पढौ

लिग निर्धारित मितिमा गर्न क्लब सहमत

काठमाडौं-असोज ३ गतेबाट तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका लागि १४ क्लब सहमत भएका छन् । आइतबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफलमा क्लब सहमत भएका हुन । छलफलमा सबै क्लबले लिग खेल्न सहमत भएको तर खेलाडीको स्वास्थ्य र सुरक्षाको विषयमा भने चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लाल कुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारण राख्दा थ्री स्टार क्लबका महासचिव सञ्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन… पुरा पढौ

साफ च्याम्पियनसिप आयोजना गर्न एन्फालाई प्रस्ताव

काठमाडौं-दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक प्रस्ताव गरेको एन्फाले बताएको छ ।साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको हो । महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाउने बताएका छन् । प्रस्ताव पठाएसँगै आयोजनाका लागि अगस्ट पहिलो साता बस्ने कार्यकारी बैठकबाट निर्णय हुनेछ । यस अघि जुलाई २३ मा सदस्य राष्ट्रहरुबीच साफ च्याम्पियनसिप… पुरा पढौ

खेलकुदलाई १५ सय ३५ खोप माग

पोखरा-खेलाडीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर्दै खेलकुद सम्बद्ध पदाधिकारीले जिल्ला प्रशासन समक्ष आग्रह गरेका छन् । खेलकुदसँग सम्बद्ध संघसंस्थाले १५ सय ३५ डोज खोप उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतका संघसंस्थाका पदाधिकारीले जिल्ला प्रशासन पुगेर खोप उपलब्ध गराउनुपर्ने आवाज उठाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीसँग भेट गर्दै खेलकुदलाई चलायमान बनाउन खेलाडीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

खोप नपाउँदा खेलकुद क्षेत्र निराश

पोखरा-कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छ । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्र निराश छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् । राष्ट्रको अन्तराष्ट्रिय एरिनामा झण्डा बोक्ने खेलाडी यतिबेला घरमै बसेर दिनबिताईरहेका छन् । सरकारले पनि खेलकुद क्षेत्रलाई समेत भीडभाड हुने क्षेत्रमा राख्दै आगामी साउन ५ गतेसम्म कुनैपनि गतिविधि नगर्न सूचना जारी गरेको छ । साउन ५ गतेसम्म निषेधाज्ञा लम्बिएपछि खेलकुद क्षेत्र ठप्पै जस्तो छ । ‘पहिला सरकारले उपब्ध गराएको थियो । तर खेलाडीहरु… पुरा पढौ

खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौं-घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई फाइनल खेलको दिन घोषणा गरेको पुरस्कार प्रदान गरेका हुन । २३ खेलाडी र ३ प्रशिक्षकलाई सरकारले नगद सहित सम्मान पत्र प्रदान गरेको हो । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई दशरथ रंगशालामा २–१ ले पराजित गर्दै… पुरा पढौ

अन्तराष्ट्रिय डेब्युमै पदक

पोखरा-रिङमा थिए भारतीय बक्सर–मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेलामात्र २० वर्षका थिए । खेल थियो, चौथो साफ च्याम्पियनसीप । नेपालको प्रतिनिधित्व गर्दै आजभन्दा ३२ वर्षअघि पाकिस्तानको राजधानी इस्लामावादमा उनी साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । सेमीमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै नजिक नजिक पुगे । सुरेशले भारतकै टप बक्सर मनोजसँग फाइनलमा रिङ उत्रिए । बेन्टम क्याटगोरीको खेल थियो । आफ्नो पक्षमा जित… पुरा पढौ

क्रिकेट मैदानको डेढदशक, लियो आकार फेरिएन स्वरुप

पोखरा-ढुंगे क्रिकेट मैदानबाट अन्तराष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यँुका त्युँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ । किर्तिपुरस्थिति टियु अन्तराष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै मैदानले पाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ । सरकारले जेठ १५… पुरा पढौ