संघ

नेपाली टोली इराक प्रस्थान

काठमाडौ-इराकसँगको मैत्रिपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको छनोट खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली आज इराक तर्फ प्रस्थान गरेको छ । इराकसँग मैत्रिपूर्ण खेल खेलेर कुवेतामा हुने छनोट खेल खेल्न ३५ सदस्यीय नेपाली टोली आज इराक जान लागेको हो । कतार एयरवेजमार्फत जाने नेपाली टोली आजै राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । कुवेतका प्रशिक्षकको प्रशिक्षणबाट नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । अन्र्तराष्ट्रिय तालिका अनुसार जेठ १५ गते इराकसँग… पुरा पढौ

इखाछें आईसोलेसनलाई अम्पायर समूहको सहयोग

ललितपुर- ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन वार्डकी स्वास्थ्य स्वयंसेविका कृती शाक्यलाई प्रदान गरे । अघिल्लो बर्ष कोभिडको प्रकोप बृद्धि हुन थाले पश्चात समूदायलार्य संक्रमणबाट जोगाउन समूदायस्तरबाट संचालनमा आएकोकोभिड १९ को प्रकोपमा बृद्धिका कारण विभिन्न… पुरा पढौ

लोकतान्त्रिक खेलकुद बागमतीको फाईट अगेन्स कोभिड अभियान

काठमाडौं- नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाईट अगेन्स्ट कोभड १९ अभियान सुरु गरेको छ ।सोहि क्रममा कोभिड संक्रमणबाट मृत्यु भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का संयोजक स्व. बैजनाथबाबा यादवको परिवारलाई नगद ३० हजार दिने निर्णय सहित अभियानको सुरुवात गरेको हो । ‘बिश्वभर फैलिएको कोभिडले… पुरा पढौ

महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

पोखरा-पोखराको खेलकुद क्षेत्रमा लामो समय विताएका प्रशिक्षक दिपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका छन् ।साढे दुई दशक खेलकुद क्षेत्रमा विताएका गोदारलाई आज बुधबार महानगरको खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । कार्यकाल तीन वर्षको हुने छ । क्योकुशिन कराँतेबाट आफनो खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा… पुरा पढौ

ट्राईयाथलन प्रशिक्षकका लागि भर्चुअल कोर्ष सुरु

काठमाडौं- नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्ने छन् ।ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान गरिने छ । कोर्षमा शारीरिक परिपक्वता , युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषताहरु प्रशिक्षण क्षमताको संवेदनसिल , एरोबिक सहनशिलता , शक्ति सहनशिलता , गति विकास र… पुरा पढौ

काठमाडौं रेजर्सको रोमाञ्चक जित

काठमाडौं- बुटवल लुम्बिनी क्लबलाई हराउँदै काठमाडौं रेजर्स राजधानीमा जारी खुकुरी नेपाल सुपर लिग (एनएसएल) तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न प्रतिस्पर्धाबाट काठमाडौंले बुटवललाई १–० ले स्तब्ध बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । पाँचौं मिनेटमा नै विदेशी खेलाडी स्टेफेन बिनोङले गरेको गोल निर्णायक बन्दा काठमाडौंले तालिकामा स्थान सुधार गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । महत्वपूर्ण तीन अंक जोड्दा सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको मौकालाई विट गर्दै स्टेफेनले सहज… पुरा पढौ

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

अग्रता जोगाउन नसक्दा धनगढीले ललितपुरसँग अंक बाँड्यो

काठमाडौं- धनगढी फुटबल क्लब र ललितपुर सिटी फुटलबल क्लबले काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा आज १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो । पहिलो हाफमा दबाबमा रहेर खेलको धनगढीले दोस्रो हाफ सम्हालिएको प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ७२औं मिनेटमा ओलावाले आफिजले गोल गरेर धनगढीका अग्रता निकालेका थिए । तर त्यसको सात मिनेट पछि नै बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रञ्जन… पुरा पढौ

चितवन र ललितपुर बीचको खेल बराबरी

काठमाडौं-पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि प्राप्त पेनाल्टी अवसरलाई अमित तामाङले सदुपयोग गद चितवनलाई हारबाट जोगाए । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबैले आक्रामक खेल… पुरा पढौ

पोखरा थण्डर्स बुटवल लुम्बिनीसँग पराजित

पोखरा-पोखरा थण्डर्स खुकुरी नेपाल सुपर लिग अन्तर्गत पहिलो खेलमा बुटवल लुम्विनी एफसीसँग पराजित भएको छ । आईतबार पोखरा थन्डर्सलाई २-०ले पराजित गर्दै लुम्बिनीले जित निकाल्यो । जित निकाल्दै विजयी सुरुवात गरेको हो । बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गरे । पहिलो गोल फ्रिकिक मार्फत सम्भव हुन पुग्यो । दोस्रो गोल भने उपहार पाएको थियो । ४२औं मिनेटमा मानबहादुर परियारको फ्रिकिकलाई अर्मान्डको फ्रि हेडर गोलमा परिणत भएको थियो । पोखरा थन्डर्सले पोष्ट आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन्… पुरा पढौ