संघ

नेपाल त्रिकोणात्मक टी- २० सिरिज च्याम्पियन

पोखरा-नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि रक्षा गरेको छ । शनिबार त्रिभुवन विश्वद्यालयको मैदानमा भएको फाईनलमा टस हारेर व्याटिङ गरेको नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको थियो नेदरल्याण्ड ९६ रनमै समेट्दै उपाधि रक्षा गरेको हो । म्याक्स ओ डोडले ओपनिङ गर्दै २० रन बनाए । पिटर सेलर १३ रनमा आउट भए । सेवास्टियन ब्रातले नटआउट २६ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउनबाट चुके । अघिल्लो खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै… पुरा पढौ

नेदरल्याण्डलाई जितको लागि २३९ रनको लक्ष्य

पोखरा-नेपालले आज उपाधि रक्षा गर्ने ध्येयसहित नेदरल्याण्ड विरुद्ध फाईनल खेल्ने क्रममा रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेले र कुशल मल्लको अर्धशतकीय योगदानमा ३ विकेटको क्षतिमा २३८ रन बनाउँदै २० ओभरको इनिङ्ग पुरा गर्यो । नेपालले मलेसियलाई ६९ रनले पराजित गर्दै अंकतालिकामा शीर्षस्थानमा रहँदै फाईनलमा भेट नेदरल्याण्डसँग हुन पुगेको थियो । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले टस हार्दै व्याटिङ गर्दै भुर्तेलको उत्कृष्ट इनिङ खेल्ने क्रममा ७७ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिष शेखलाई गुमाउन पुथ्यो । आशिष… पुरा पढौ

नेपाल र नेदरल्याण्डबीच त्रिकोणात्मक सिरिजको फाईनल

पोखरा-नेपालले नेदरल्याण्डसँग आज फाईनल खेल खेल्दै छ । मलेसिया, नेपाल र नेदरल्याण्ड बीचको तीन देशबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको फाईनल त्रिभुवन विश्वविद्यालयको मैदानमा हुदैं छ । नेपालले पहिलो खेलमा नौ विकेटको जित दर्ता गरेका थियो । तर दोस्रो खेलमा नेदरल्याण्डले नेपाललाई ३ विकेटले पराजित गर्दै फाईनल सुरक्षित गरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डले नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गरेको थियो । पुरा पढौ

नेपालद्वारा मलेसियालाई २१८ रनको चुनौति

पोखरा-सातौं नम्बरमा आएका अलराउण्डर करण केसीको विष्फोटक व्याटिङ गरेपछि नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । कुशल मल्लसँग जमेका करणले केवल १३ बल खेल्ने क्रममा ४५ रन हिर्काए । अर्धशतक नजिक पुगेका केसी सायज अजिजको बलमा अन्वर रहमानको हातबाट क्याच भए । उनले १८ औं ओभरमा चार छक्का हिर्काउँदै नेपालको नेटरनरेटलाई माथि पुर्याएका थिए । कुशल मल्लले १० बलमा १९ रन बनाउँदै अविजित रहने क्रममा ६ छक्का प्रहार गरेका थिए । नेपालका ओपनर कुशल भुर्तेल भने आज सस्तैमा आउट… पुरा पढौ

एनएसलमा निभियाको बल खेलाइने

काठमाडौ- आगामी शनिबारबाट आयोजना हुन लागेको नेपाल सुपर लिगले बल पार्टनरको रुपमा निभियालाई जोडेको छ । राजधानीमा भएको एक कार्यक्रममा एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थपारबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतसँगै अब एनएसलमा निभियाको बल खेल्न प्रयोग हुने भएको छ । निभियाले सहभागि टोलीले अभ्यासका लागि यस अघि नै बल उपलब्ध गराईसकेको छ । सम्झौता कार्यक्रमपछि बोल्दै एनएसएलका प्रमुख कार्यत्रकारी अधिकृत ९सिईओ० सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाली फुटबलमा फर्किएको प्रतिक्रिया दिए । ‘निभियासँग… पुरा पढौ

नेपालद्वारा नेदरल्याण्डलाई बलियो लक्ष्य

पोखरा-ओपनर कुशल भुर्तेलले तीन देश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । मंगलबार नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै उत्कृष्ट ओपनर व्याट्सम्यानको पुष्टि गरेका छन् । भुर्तेलले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटको लाग ७८ रनको साझेदारी निभाउँदै महत्वपूर्ण इनिङ्ग खेले । भुर्तेलले आफना ओपनर जोडी आशिफ शेखसँग भने मंगलबार शतकीय साझेदारी गर्नुबाट चुके । शेख शून्य रनमै पभेलियन फर्किएपछि भुर्तेलले तेस्रो विकेटको रुपमा क्रिज छिरेका ऐरीसँग साझेदारी निभाए । कप्तान ज्ञानेन्द्र मल्ल २०… पुरा पढौ

मलेशियालाई हराउँदै नेपाल तालिकाको शीर्ष स्थानमा

काठमाडौं- मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको हो । मलेशियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेले । यसै शृखंलाबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशलले लगातार दोस्रो खेलमा पनि अर्ध सतक पूरा गरेका… पुरा पढौ

नेपाललाई ११० रनको लक्ष्य

पोखरा-करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिएपछि मलेसियाले नेपाल सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । तीन व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन बनाउँदा मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिन पुग्यो । तीन देशबीचको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार नेपाल र मलेसिया बीच प्रतिस्पर्धा भईरहेको छ । पहिलो दुई ओभरमा १७ रन खर्चिएपछि पहिलो विकेटको रुपमा करण केसीले अन्बर अरुद्धिनलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराएपछि मलेसियाको पतन शुरु भएको थियो । अन्बर ८… पुरा पढौ

नेपालको विजयी सुरुआत, नेदरल्यान्ड्स ९ विकेटले पराजित

काठमाडौं- कुशल भुर्तेल र आशिफ शेखको महत्वपूर्ण साझेदारीमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो । डेब्यु खेलमा ओपरनद्वय कुशल र आशिफले उत्कृष्ट… पुरा पढौ

धनगढीमा किरण आइकोनिक खेलाडी

काठमाडौं-किरण चेम्जोङलाई नेपाल सुपर लिग एनएसएलको टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ । राजधानीमा आज धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडकिो रुपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेदेखि दशरथ रंगशालामा हँदै छ । एनएसएलका लागि धनगढीले हाइ प्रोफाइल फुटबलर किरणलाई आइकोनिक प्लेयरको रूपमा अनुबन्ध गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा नियुक्त… पुरा पढौ