गण्डकी

राजीव गुरुङ(दिपक मनाङे) प्रदेश युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

पोखरा-मनाङबाट निर्वाचित भएका प्रदेश सदस्य राजीव गुरुङ(दिपक मनाङे) युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको खेलकुद मन्त्रालय फुटाएर गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । उनको बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ खुवाएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गुरुङ आफैंमा फुटबलर समेत हुन् । केही महिना अघि मात्रै पुरानो टुडिखेलमा आयोजित एट ए साईड भेट्रान्स फुटबल प्रतियोगितामा समेत जर्सी लगाएर मैदानमा उत्रिएका थिए । मनाङबाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका गुरुङ पछिल्लो समय… पुरा पढौ

टेण्डर नहुँदा बजेट फिर्ताको संघारमा

पोखरा-गण्डकी प्रदेश सरकारले दुई पटक बजेट छुट्टायो । टेण्डर प्रक्रिया आह्वानै नभईकन बजेट फिर्ता हुन पुग्यो । खेलकुदको पूर्वाधार निर्माण गर्ने योजनाबद्ध अघि सरेपनि प्रदेश सरकारले लगानी गर्न कन्जुस्याँई गरेको छ । आफनै मातहतमा आएपछि मात्रै लगानी गर्ने सोंच बनाएको प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि पनि लगानी गर्न आनाकानी गरेको छ । प्रदेश सरकारले पोखरा–३३ मा पशुपतिघाटको १७० रोपनी क्षेत्रफल भोगाधिकार प्राप्त गरेको छ । भोगाधिकार प्राप्त गरेको जग्गामा प्रादेशिक अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने योजना प्रदेश सरकारले बनायो । बिस्तृत… पुरा पढौ

जन्मोत्सवमा क्याडी गल्फ प्रतियोगिता

पोखरा-बुद्धिमान गुरुङले आफनो जन्मोत्सवको अवसरमा आयोजित क्याडी गल्फ प्रतियोगितामा सिनियर तर्फ अनिल विकले जितेका छन् । १८ जना सहभागि रहेको सिनियर तर्फको प्रतिस्पर्धामा अजय विक दोस्रो र कुमार परियार तेस्रो भएका थिए । सिनियर तर्फको प्रतिस्पर्धा १८ होलमा स्ट्रोक प्लेमा खेलाईएको थियो । यसैगरी जुनियर तर्फको प्रतिस्पर्धामा शिव विक प्रथम र आशिष विक दोस्रो भए । जुनियरलाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो । गुरुङले वर्षेनी आफनो जन्मोत्सवको अवसरमा क्याडी प्रतियोगिताा आयोजना गर्दै आएका छन् । जुनियर तर्फ १२ जनले सहभागिता… पुरा पढौ

अबको लक्ष्य ओलम्पिक पदक

पोखरा-कराँते खेल्न थालेको भर्खरै दशक मात्रै पुगेको छ । दशकमै उनको प्रदर्शन अन्तराष्ट्रिय पदकसम्म पुगेको छ । स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दै आफनो खेलप्रतिको लगावलाई प्रष्ट्याईदिएका छन् । कडा मेहनतको प्रतिफल आउँछ भन्ने सन्देश उनले दिएका छन् । नविन रसाइलीले २०६५ साल देखि कराँते खेल्न सुरु गरे । सानैदेखि कराँतेमा चासो राखेका रसाइलीले आफनो खेल जीवनलाई निरन्तरता दिए । धैर्यता, खेलप्रतिको लगाबले उनले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरे ।… पुरा पढौ

पोखरा क्रिकेट क्लबलाई प्रो–३५ वुमन्स क्रिकेट सिरिज

पोखरा-काठमाडौको अल्फा क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै पोखरा क्रिकेट क्लबले दुईखेलको श्रृंखला क्लिन स्वीप गरेको छ । प्रो–३५ वुमन्स दुईखेलको श्रृखला अन्तर्गत शनिबार दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले भ्रमणकारी टोलीलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन ट्रफी रक्षा गर्यो । काठमाडौंले टस जितेर व्याटिङमा उत्रियो । ३५ ओभरको खेलमा २२ ओभरमा सबै विकेट गुमाउँदै काठमाडौंको टोलीले ७६ रनको सामान्य लक्ष्य तयार पार्यो । कन्चन श्रेष्ठले सर्वाधिक २९ रनको योगदान दिईन् । हेलिसा गुरुङले १२ र अस्मिना कर्मचार्यको नाममा १० रन… पुरा पढौ

पोखरा थण्डर्स पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त

पोखरा-नेपाली फुटबलमा गर्जन ल्याउने योजना छ । नाम जस्तै फुटबलमा आफनो गर्जने तयारीमा छ पोखरा थण्डर्स । ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको तयारीमा जुटेको छ । पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ । नेपालमै पहिलो पटक फुटबलको फ्रेन्चाईज लिगमा उपाधि उचाल्ने योजनासहित पोखरा थण्डर्ससहित डेढसाता पोखरा रंगशालामै प्रशिक्षण गर्ने छ । तीन अफ्रिकन खेलाडी छन् । स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनले उपाधि उचाल्ने लक्ष्य पोखरा थण्डर्सको छ । ‘हिजोदेखि ट्रेनिङ शुरु गर्यौं । अझै पोखरा रंगशालामा एकसाता अर्थात… पुरा पढौ

हिराकाजी प्रथम एसआरए स्क्वास च्याम्पियन

पोखरा-स्क्वास र्याकेट्स एशोसियसन कास्कीले आयोजना गरेको प्रथम एसआरए स्क्वास प्रतियोगितामा हिराकाजी श्रेष्ठ च्याम्पियन बनेका छन् । उनी पूर्व स्क्वासका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । समुह ‘ए’ तर्फ प्रविन पालिखेलाई ३–० को सोझो सेटमा पराजित गर्दै हिराकाजी च्याम्पियन बनेका हुन् । ११–५, ११–६, ११–९ को सेटमा पराजित गरेका थिए । त्यसैगरी महिला तर्फको उपाधि करिष्मा ओलीले जितिन् । उनले सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिस्मा ओली च्याम्पियन बनिन् । पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा फाईनल खेलमा समूह बी अन्तर्गत… पुरा पढौ

कास्की हरियोलाई यु–१९ दुई दिवसीय क्रिकेट सिरिज उपाधि

पोखरा-यु–१९ दुईदिवसीय क्रिकेट सिरिजको उपाधि कास्की हरियोले जितेको छ । बुधबार भएको अन्तिम दिनको प्रतिस्पर्धामा कास्की निलोलाई १ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुई दिवसीय क्रिकेट सिरिजमा कास्की हरियोले टस जित्दै कास्की निलोलाई व्याटिङको निम्तो दिएको थियो । कास्की निलो पहिलो इनिङमा ९० रनमै समेटियो । सोहेल कुँवरले सर्वाधिक २६ रन हिर्काए । निरन्जन यादवको नाममा भने २२ रन रह्यो । बलिङ तर्फ भने सगुन सापकोटाले ५ विकेट लिदाँ सुवास भण्डारीले पनि… पुरा पढौ

यु–१९ दुईदिवसीय सिरिज, कास्की हरियोको १५९ रनको अग्रता

पोखरा-यु–१९ दुईदिवसीय क्रिकेट अन्तर्गत आईतबार कास्की हरियोले कास्की निलोमािथ १५९ रनको अग्रता लिएको छ । हरियोले आफनो दोस्रो इनिङ शुरु गर्दै अग्रता लिदाँ आफनो ७ विकेट गुमाईसकेको छ । १६६ रनमा आफनो पहिलो इनिङ टुग्याएको हरियोले दोस्रो इनिङ शुरु गर्दै १ सय १० रन बनाउँदा ७ विकेट गुमाईसकेको छ । हरियोले पहिलो इनिङमा १६६ रन बनाउने क्रममा विपिन शाहीले अर्धशतकीय पारी खेले । उनले सर्वाधिक ६१ रनको योगदान गरे । सुवास भण्डारीको नाममा ४२ रन स्कोरबोर्डमा चढ्यो । निलोका बलर… पुरा पढौ

टाईब्रेकरमा अफ्रिकन रुट्सलाई स्तब्ध पार्दै संकटाले उचाल्यो उपाधि

पोखरा, चैत २८ । अफ्रिकन रुट्सलाई टाई–ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि उचालेको छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट खेलको प्रदर्शबाट संकटले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । यससँगै संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डकपको १९औं संस्करणको उपाधि उचाललेको छ । टाई–ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले… पुरा पढौ