गण्डकी

मौजामा फुटबल मैदान बनाउनुपर्छ-बोर्ड सदस्य श्रेष्ठ

पोखरा-माथि जंगल छ । तल बस्ती छ । अलि परे हेर्यो भने पोखराको बजार देखिन्छ । त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ । पोखरा २० मौजामा पोखराकै उचाईमा फुटबल मैदान बन्दै छ । मैदानबाट हिमाल छर्लङ्गै देखिन्छ । मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माण गर्ने कार्य अगाडि बढाइएको छ । पोखरा महानगरपालिकाले यो आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसभन्दा अघि नै ८ लाख रुपैयाँको लागतमा जमिन कटान गरेर सम्याउने काम गरिएको थियो… पुरा पढौ

गण्डकी खेलकुद विधेयक २०७७ प्रमाणीकरण

पोखरा-लामो समयपछि गण्डकी खेलकुद विधेयक बुधबार प्रमाणीकरण गरिएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेचरनले गण्डकी खेलकुद विकास विधेयक २०७७ लाई बुधबार प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण गरेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा आएको छ । शेरचनले बुधबार खेलकुद विधेयकसँगै अन्य विधेयक पनि प्रमाणीकरण गरेका हुन । विधेयक असोजको १४ गते प्रदेश सभाबाट पास गरिसकिएको थियो । ‘खेलकुद विधेयक पास भयो।’ प्रदेश प्रमुख शेरचनका प्रेस सल्लाहकार रुद्र शिरिषले भने–‘खेलकुदसँग अन्य विधेयक समेत प्रदेश प्रमुखबाट प्रमाणीकरण गर्नुभएको छ ।’ विधेयक प्रमाणीकरणसँगै गण्डकी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाधारले रोकिन्न-सदस्य सचिव

पोखरा-कोरोना कहरकै बीचमा नेपालगन्जमा म्याराथन आयोजना हुदैैं छ । खेलकुद गतिविधि विस्तारै चलायमान हुदैं छ । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तय गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने र नहुने दुविधा भईरहेकै बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना कहरकै कारणबाट मात्रै राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिने स्पष्ट पारे । पोखरा रंगशालामा सोमबार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना बाहेक अन्य कारणले रोकिने अवस्था नरहेको… पुरा पढौ

पूर्वाधार निर्माणले खेलकुद विकास–मन्त्री सुनार

पोखरा-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन् । उनले पूर्वाधार निर्माण नहुदाँ खेलकुदको विकास सम्भब नहुने जिकिर समेत गरे । ‘खेलकुदको विकास हुन पूर्वाधार अनिवार्य चाहिन्छ ’ उनले शनिबार पोखरा–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको उदघाटन गर्दै भने–‘पूर्वाधारसँगै खेलकुदको विकास गर्नुपर्ने आवश्यक छ ।’ मन्त्री विकले ग्रामीण क्षेत्रमा बनाइएको पूर्वाधारले खेलकुदको गतिविधि बढ्ने भन्दै गाउँ गाउँबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । सरकारले अहिले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै… पुरा पढौ

गण्डकी प्रदेश साहसिक खेलकुदको हब

पोखरा-गण्डकी प्रदेश आफैंमा साहसिक खेलको उर्वर भूमी हो । प्याराग्लाईडिङदेखि बन्जी जम्प, अल्पाईन स्कीदेखि वाल क्लाईम्बिङ । र्याफटिङदेखि क्यानोनिङसम्म साहसिक खेलको मजा लिन सकिन्छ । कास्कीसँगै जोडिएको पर्वत र बाग्लुङलाई जोड्ने कालीगण्डकी नदीमाथि बलेवामा विश्वकै अग्लो स्वीङ र दोस्रो अग्लो बन्जीजम्प शुरु हुदैं छ । कार्तिक १५ गतेदेखि सञ्चालनमा आउँदै छ । यसले एडभेन्चर स्पोर्टसलाई बढवा दिएको छ । दि क्लिफ प्रालिले शनिबारदेखि आफना साहसिक गतिविधिलाई सर्वसाधारणको लागि खुला गर्ने छ । प्रालिका अध्यक्ष राजु कार्कीले लकडाउनले केही ढिलो भएको… पुरा पढौ

मालेपाटनको चौरलाई हक्की मैदान बनाउन प्रस्ताव

पोखर-पोखरा–५ मालेपाटनस्थित खेलमैदानलाई हक्की खेल मैदानको रुपमा विकास गर्ने प्रस्ताव अघि सारिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल हक्की संघका पदाधिकारीले मालेपाटनको खेल मैदानलाई अन्तराष्ट्रियस्तरको हक्की भेन्युको रुपमा विकास गर्ने योजनासहित प्रस्ताव गरेका हुन् । प्रस्ताव अनुसार स्थानीय तहसँग समेत प्रारम्भिक छलफल शुरु भएको छ । पोखरामा हक्की मैदान छैन् । मैदान नै नहुदाँ हक्की खेलको विकास र विस्तारमा समस्या छ । पोखरा रंगशालाभित्रै जेनतेन प्रशिक्षण गर्दै हक्कीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । दुई वर्ष अघि पुरुष… पुरा पढौ

तनहुँमा बन्यो दुईवटा बास्केटबल कोर्ट

पोखरा-राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त आर्थिक सहयोगबाट तनहुँको दमौलस्थित निर्मल माविमा दुईवटा बास्केटबल कोर्ट निर्माण गरिएको छ । विद्यालयको प्रागंणभित्र बनाईएको दुई वटा कोर्ट निर्माणले बास्केटबल खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास छ । परिषदले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट कोर्ट निर्माण गरिएको हो । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाईएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्राविधिक ई. प्रनिस ताम्राकारले बताए । उनका अनुसार एकै ठाँउमा दुई वटा कोर्ट गण्डकी प्रदेशका अन्य जिल्लामा भने छैन् । निर्माणपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

खेलकुद विधेयक प्रमाणीकरणमा ढिलाई

पोखरा-गण्डकी खेलकुद विकास विधेयक २०७७ गण्डकी प्रदेशको बैठकबाट पास भएपनि अझै प्रमाणिकरण भएको छैन् । विधेयक प्रमाणीकरण नहुदाँ प्रदेश तथा जिल्ला खेलकुद परिषद गठनमा ढिलाई भएको छ । प्रदेशको ५७ औं बैठकले खेलकुद विधेयक पास गरेको थियो । गत असोज १४ गते पास गरिएपनि गण्डकी प्रदेश प्रमुख अमिक शेचरनले प्रमाणिकरण गरिसकेका छैनन् । प्रमाणीकरण नहुदाँ ऐन बन्न सकेको छैन् । ऐन बन्न नसक्दा खेलकुदका अन्य गतिविधि पूर्ण रुपमा ठप्पै छ । तीनसाता वितिसक्दा पनि प्रमाणीकरण भने हुन सकेको छैन् ।… पुरा पढौ

छिटो डिपिआर, ढिलो पूवार्धार

पोखरा-पोखरामा खेलकुदको पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएपनि कार्यान्वयनमा आउन सकेको छैन् । पोखरा महानगरपालिकाले पनि डिपिआर बनाएको खेलकुदको पूर्वाधारको काम अघि बढाउन सकेको छैन् । डिपिआर बनेर आउँदा देखिने उत्साह कर्यान्वयनमा हुने ढिलाईले भने खेलकर्मीलाई निराश बनाएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानको डिपिआर बनेको दुई वर्ष भयो । दुई वर्षको अवधिमा सरकारले डिपिआर अन्तर्गत कुनैपनि विकासको काम भने गरेको छैन् । रंगशाला क्रिकेट मैदानको लागि १ अर्ब ८५ करोडको डिपिआर तयार भएको छ । डिपिआर निर्माण… पुरा पढौ

खेलकुद विकास गर्न स्थानीय तहमै खेलसंघ गठन हुनुपर्ने

पोखरा-खेलकुद संघसंस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता छन् । राखेपमा दर्ताभएको संघले जिल्ला जिल्लामा संघ गठन गरी खेलकुद गतिििध गतिविधि गर्दै आएका छन् । कास्की जिल्ला खेलकुद विकास समितिको तथ्यांक अनुसार १०५ खेलकुद संघ छन् । केही तदर्थ समिति बनाएर अधिवेशनको संघारमा छन् । दर्ता भएका केही संघहरु निष्कृय छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल मात्रै समावेश छन् ।राखेपमा दर्ता भएका संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन जरुरी छैन् । ‘राखेपको खेलकुद विकास ऐन अन्तर्गत १६ वटा जिल्लामा सम्बन्धीत खेलको… पुरा पढौ