गण्डकी

हिमालयन गल्फ कोर्षमा भुवन नगरकोटीको कीर्तिमान

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा बिहीबार व्यवसायिक गल्फर भुवन नगरकोटीले कीर्तिमान बनाएका छन् । उनले सुर्य नेपाल वेष्र्टन ओपन गल्फको बिहीबार ७ अण्डर ६२ को कार्ड बनाउँदै कोर्षमा नयाँ कीर्तिमान बनाएका हुन् । यस अघि सन २०१७ पार ७० को कोर्ष हुदाँ शिवराम श्रेष्ठले ६ अण्डर ६४ खेल्दै कोर्ष रेकर्ड बनाएका थिए । नगरकोटीले त्यतिमात्रै नभई शिवराम श्रेष्ठले कुल ९ अण्डर २०१ को कीर्तिमानलाई समेत तोडेका छन् । नगरकोटीले दोस्रो दिन ३६ होल समाप्ती हुदाँ १० अण्डर १२८ को कार्ड बनाउँदै… पुरा पढौ

शनिबार ६० प्लस बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा

पोखरा-साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लबको आयोजनामा पोखरामा पहिलो पटक ६० प्लस उमेर समुहको बुढा तन्नेरी मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा मुस्ताङचोकमा रहेको पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लव (सिरमोर हल) मा यही फागुनको १२ गते अर्थात शनिबार उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा देश भरबाट २४ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष रुद्र बहादुर घलेले बताए । प्रतियोगिताको विजेता जोडीले ३० हजार साथमा ट्रफी, मेडल… पुरा पढौ

भुवनको नगरकोटीलाई पछ्याउँदै एमेच्योर सदभाव

पोखरा-भुवन नगरकोटीले सुर्य नेपाल वेष्र्टन ओपनको पहिलो दिन बुधबार शीर्षता कायम गरेका छन् । उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु भएको सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटीले ३ अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन् । उनले फ्रष्ट नाईनमा एक अण्डर ३३ र व्याक नाईनमा दुई अण्डर ३३ को कार्ड बनाए । उनले दोस्रो होलमा हानेको बर्डी नै पहिलो बर्डी थियो । अन्य होलमा भने उनले लेभल पार खेल्दै… पुरा पढौ

बुधबारदेखि सुर्य नेपाल वेष्टर्न ओपन

पोखरा-सुर्य नेपालको सिजनको चौथो प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदंै छ । गत महिना मात्रै सुर्य नेपालको इष्टर्न ओपन च्याम्पियनसिप सकिएको थियो । सिजनको चौथो प्रतियोगिता वेष्टर्न ओपनमा ३५ जना व्यवसायिक गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि सेन्ट्रल ओपन विजेता सदभाव आचार्य सहितका गल्फरले प्रतिस्पर्धा गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यका अनुसार प्रतियोगितामा ३५ जना व्यवसायिक र १५ जना एमेच्योर… पुरा पढौ

मधेश प्रदेश मनमोहन स्मृति यु १६ क्रिकेट च्याम्पियन

पोखरा-पोखरामा आयोजित मनमोहन स्मृति यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको सुुदुरपश्चिम केवल ८६ रनमा अलआउट हुन पुग्यो । २०.२ ओभर मात्रै खेलेको सुदुरपश्चिमले २८ रनमा पहिलो विकेट गुमायो । पहिलो विकेट झरेपछि लग गुमाएको सुदुरका लागि अन्य व्याटरको उल्लेख्य योगदान भने देखिएन । मध्य क्रमका व्याटर सस्तैमा आउट भएपछि मधेशले जितको लागि सामान्य लक्ष्य पाएको थियो । ओपनर सचिन साउदले १४, विशाल विष्टले… पुरा पढौ

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको सेमिफाइनल समिकरण

पोखरा- उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज लेवल फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । कलेज लेवलमा पोखरा लिङकन कलेज, सोचो कलेज अफ आइटि, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्ट र इन्फोम्याट्रिक कलेज पोखरा सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा लिङकन कलेजले माउण्ट अन्नपुर्ण क्याम्पसलाई ७–३ गोलले, सोचो कलेज अफ आइटिले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–०, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्टले ला ग्यान्डि इन्टनेश्नल कलेजलाई ४–२,… पुरा पढौ

इन्जिनियर सन्तोष हिमालयन गल्फ क्बल च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित वर्षको क्लब गल्फ च्याम्पियनको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा ग्रस तर्फ ७ ओभर ७६ खेल्दै उपाधि जिते । उनको ह्याण्डी क्याप ९ हो । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा खेलाईएको थियो । नेट तर्फको उपाधि क्याप्टेन हरि राईले जिते । उनले ४ अण्डर ६५ को स्कोर बनाउँदै उपाधि जिते । उपविजेता भने इन्सपेक्टर जीवाराम गुरुङ भए । उनले ७१ को कार्ड बनाए । तेस्रो स्थानमा क्याप्टेन बद्री राई भए ।… पुरा पढौ

विदेशी धावकको सहभागितासँगै म्याराथनको पुरस्कार विदेशियो

पोखरा-पोखरा म्याराथनमा विदेशी धावकहरुको सहभागितासँगै उपाधि पनि विदेशिन थालेको छ । पछिल्लो तीन संस्करणमा विदेशी धावकले उपाधि उचाल्दै पोखरा म्याराथनको पुरस्कार विदेशीको हातमा परेको हो । जापानीज धावकले एक पटक उपाधि लैजादाँ दुई पटक केन्याली धावकले लगेका छन् । शनिबार आयोजित १८ औ सस्करणको पोखरा म्याराथनको उपाधि पनि केन्याली धावकको नाममा रह्यो । उपाधि मात्रै नभई शीर्ष तीनको उपाधि नै केन्याली धावकको नाममा लेखियो । चौथो स्थानमा मात्रै नेपाली धावकले प्राप्त गे । केन्याली धावक जुलियस मुरियाली वाहोमले निर्धारित ४२.१९५… पुरा पढौ

१३ राष्ट्रका ५० विदेशीको सहभागिता

पोखरा-पछिल्लो संस्करणमा पोखरा म्याराथनमा विदेशी घावकहरुको सहभागिता बढ्दै गएको छ । आगामी शनिबार हुने १८ औं संस्करणको पोखरा म्याराथनमा १३ देशका धावकहरुले सहभागिता जनाएका छन् । यो पोखरा म्याराथनको इतिहासमै सर्वाधिक देशका धावकको सहभागिता रहेको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा १३ देशका ५० धावकको सहभागिता रहेको छ । यद्यपी म्याराथनमा १ सय ८ धावकले प्रतिस्पर्धा गर्ने छन् । महिला हाफ म्याराथनमा १७, १० किलोमिटरमा पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को… पुरा पढौ

म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

पोखरा- पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन विहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बीच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए… पुरा पढौ