गण्डकी

डेभिजफल माथि नवआदर्शको सानदार जित

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए । यसैगरी… पुरा पढौ

क्योकुशिन कान कराँतको पेटी परीक्षा

पोखरा- नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पेटी परीक्षा गरिएको छ । पोखरा रगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा संघका अध्यक्ष एवं ब्रान्च चिफ लक्ष्मण कुँवरको संयोजकत्वमा गरिएको थियो । पोखरा महानगर खेलकुद विaकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो । प्रमुख आतिथ्यता भने पूर्व राष्ट्रिय खेलाडी रामकृष्ण भण्डारीले गरेका थिए । पेटी परीक्षा कार्यक्रममा पोखराका विभिन्न डोजो तथा स्याङजाको डोजोसहित झण्डै दुईसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई प्रदेश प्रशिक्षक सुवास खड्का,… पुरा पढौ

अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था… पुरा पढौ

गोरखाको लक्ष्मीबजारमा टर्फ मैदान निर्माण

पोखरा-गोरखामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण गरिएको छ । द ओसन क्लबले विभिन्न सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट एस्ट्रोटर्फ(कृत्रिम घाँसे मैदान) बनाएको हो । कृत्रिम घाँसे मैदान निर्माणसँगै गोरखामा फुटबलका ग्रासरुट कार्यक्रम शुरु गरिएको छ । क्लबले गोरखाको गोरखा नगरपालिका वडा नं ९ स्थित लक्ष्मीबजारमा कृत्रिम घाँसे मैदान निर्माण गरेको हो । ३८ लाख रुपैयाँ नगद तथा १० लाख रुपैयाँ जिन्सी सहयोगमा क्लबले फुटबल मैदान निर्माण गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘क्लबले बनाएको मैदान नेपालकै पहिलो हो भन्ने… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरले सघाउने

पोखरा- आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरले सघाउने छ । नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यही बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने प्रतिबद्धतासहित सम्झौता गरेको छसिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बराल बीच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्री गर्दै आएको छ ।… पुरा पढौ

आठौं पोखरा स्पोर्ट्स अवार्डका मनोनयन सार्वजनिक

पोखरा- ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि सोमबार ४ विधामा मनोनयन सार्वजनिक भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डअन्र्तगत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा रहेका छन् । १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, व्याडमिन्टनकी दिलासा… पुरा पढौ

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित सर्वसम्मत

पोखरा -गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । कार्यक्रममा जिल्ला… पुरा पढौ

जिल्ला लिगकम नकाउट फुटबल बैशाख तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि बलराम स्मृति जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता हुने छ । गत चैतमा आयोजना गर्ने संघले निर्णय गरेपनि अखिल नेपाल फुटबल संघकै निर्देशनमा कास्की जिल्ला फुटबल संघले लिगकम नकाउट फुटबल प्रतियोगिता एक महिना पछि सारेको हो । झण्डै दुई वर्षपछि फुटबल संघले क्लबस्तरीय लिगकम फुटबल प्रतियोगिता गर्दै फुटबलको गतिलाई फेरी पुरानै अवस्थामा फुर्काउने तयारीमा जुटेको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल संघमा… पुरा पढौ

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा-त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए । प्रथम संस्करणका विजेता… पुरा पढौ

नयाँ वर्षमा दोस्रो लेखनाथ हाफ म्याराथन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बैैशाख १ गते लेखनाथ हाफ म्याराथनको दोस्रो संस्करण शुरु हुदैं छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग गर्ने छन् । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ । हाफ म्यराथनको विजेताले ६० हजार रुपैयाँ पाउने… पुरा पढौ