गण्डकी

प्याडल नेपाल राष्ट्रिय र्‍याफटिङ च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि जित्यो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए । यसै गरी प्रतियोगितामा… पुरा पढौ

लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी

नेपालगन्ज-बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गर्यो। दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो। बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५।४ ओभरमा २ विकेट गुमाएर भेटायो। सुदूरपश्चिमको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सर्वाधिक ४७ रन योगदान दिईन्। अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार… पुरा पढौ

काली गण्डकीमा र्‍याफटिङ प्रतिस्पर्धा

पोखरा-सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको छ । आयोजनाको सोमबार दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा… पुरा पढौ

अमरसिंह र ग्लोबल स्कुल चेस च्याम्पियन

पोखरा-अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय, श्री… पुरा पढौ

जोरपाटी र संगमलाई भेट्रान फुटबलको उपाधि

पोखरा- बगर भाइ खेलकको आयोजना जारी भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो… पुरा पढौ

दोस्रो हिसान फुटसलका लागि कास्कीबाट १२ टिम छनौट

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् । छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी प्रतिभा सेकेन्डरी स्कुल, स्टेप… पुरा पढौ

फेब्रुअरी २१ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित जनवरी महिनाको मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा ३ अण्डर ६६ को स्कोर सहित उपाधि जितेका हुन् । १८ जना सहभागिता जनाएको प्रतियोगितामा इन्जिनियर सन्तोष गुरुङ उपविजेता बने । त्यस्तै ग्रस तर्फको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङले पाए । क्लबमा आगामी शनिबार क्लब च्याम्पियनसिप शुरु हुने छ । त्यसैगरी सुर्य नेपालद्वारा प्रायोजित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भने यही फेब्रुअरीको २१ तारिख देखि… पुरा पढौ

खेलकुद क्षेत्रलाई प्रदेशले मन फुकाउन सकेको छैन मन्त्री आलेमगर

पोखरा-गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेको बताएका छन् । उनले मन फुकाउन नसकेपनि केही न केही हिसावले जोडिइरहेको दावी गरे । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उनले सीमित श्रोत साधन भएकोले अपेक्षा अनुसारको बजेट विनियोजन नभएको प्रप्ट पारे । उनले भने आगामी दिनमा पनि यसलाई कसरी सम्बोधन गर्न सक्छौं त्यसमा हाम्रो प्रयास रहनेछ ।’ गण्डकी प्रदेशसभा सदस्य… पुरा पढौ

६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा-पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ… पुरा पढौ

पोखरामा भोलि र पर्सी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा र बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा भोलि शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र÷छात्रा बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए ।… पुरा पढौ