गण्डकी

महानगर खेलकुद अध्यक्ष गोदारलाई महानगर कप स्क्वासको उपाधि

पोखरा-पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेको गोदारले जोशीमाथि जित निकाल्न निकै संघर्ष गरे । बेष्ट अफ फाईभसम्म पुगेको खेल निकै प्रतिस्पर्र्धात्मक बन्यो । पहिलो सेट ९–११ ले गुमाउँदै पछि परेका गोदारले दोस्रो सेटमा भने कमब्याक गरे । दोस्रो सेट उनले ११–९ ले नै आफनो पक्षमा पारेपछि खेल बराबरीमा पुग्यो… पुरा पढौ

गोदार र आचार्य फाईनल प्रवेशका लागि भिड्ने

पोखरा-स्क्वास खेलाडी सुजन आचार्य र दिपकबहादुर गोदार दोस्रो महानगर कप खुल्ला स्क्वास प्रतियोगितामा सेमिफाईनलमा भिड्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा आचार्यले नवराज श्रेष्ठ ११- ६, ८-११ र अन्तिम सेट ११-७ मा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा शुक्रबार संघको एरिनामा भएको प्रतिस्पर्धामा दिपकबहादुर गोदारले राजु श्रेष्ठलाई ११-६, ११-९ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । प्रतियोगितामा २४ जना खेलाडीको सहभागिता रहेको छ । तीनवटा इभेण्टमा प्रतिस्पर्धा गरिएको… पुरा पढौ

पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन

पोखरा-उदयपुरका डम्बरबहादुर पूर्वाछाने पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला कायाकिङ च्याम्पियन बनेका छन् । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको दोभानबाट शुरु भएको थियो । ९ किलोमिटरको दुरीलाई पूर्वाछानेले २८ मिनेट ९ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने । च्याम्पियन पूर्वाछानेले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै च्याम्पियन हुदाँ गोरखाका सुरेन्द्र चेपाङले दोस्रो स्थानमा चित्त बुझाए । उनले दुरीलाई २८ मिनेट २० सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

वडा नं १४ र १५ बीच उपाधिका लागि भिड्ने

पोखरा-पोखरा महानगरपालिका वडा नं १५ र पोखरा महानगरपालिका वडा नं १४ बीच वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि भिड्ने छन् । बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गेल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको सेमिफाईनलमा वडा नं १५ को लागि विशाल गुरुङ र श्रृजन रन्जितले गोल गरेपछि फाईनल पुग्न पर्याप्त रह्यो । पहिलो हाफको… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १५, वडा नं ३०, वडा नं १४ र वडा नं २७ अन्तिम चारमा प्रवेश गरेका छन् । अब फाईनल प्रवेशको लागि वडा नं १५ ले वडा नं ३० सँग र वडा नं १४ ले वडा नं २७ सँग प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशाला फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा वडा… पुरा पढौ

मुवाथाई सैद्धान्तिक प्रशिक्षण

पोखरा -पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागिहरुलाई मंगलबार मुवाँथाई खेलको सैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको थियो । समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि… पुरा पढौ

पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे । जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानमा हुने छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले… पुरा पढौ

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

पोखरा-एशियन फुटबल कन्फेडेरेसन(एएफसी)ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ । ग्रासरुट कार्यक्रम गर्न आफना सदस्य देशहरुलाई एएफसीले निर्देशन गर्ने गरेको छ । निर्देशन अनुसार अखिल नेपाल फुटबल संघले आफनो जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम गरेको छ । एन्फाले आफना सदस्य जिल्ला मध्ये चार जिल्लामा ग्रासरुट कार्यक्रम गर्दै ग्रासरुट दिवस मनाएको छ । कास्की जिल्ला फुटबल संघले शनिबार पोखरा रंगशालामा ग्रासरुट कार्यक्रममा… पुरा पढौ

जेठ २० अन्नपूर्ण दिवसमा ‘तेस्रो अन्नपूर्ण म्याराथन’

पोखरा-यही जेठ २० गते अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ । दुई संस्करण आयोजनासँगै कोभिडले रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जून ३ तारिख(जेठ २० गते) आयोजना गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जेठ १७ देखि २० गतेसम्म तेस्रो अन्नपूर्ण म्याराथन÷अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० गर्ने तयारीमा जुटेको छ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण… पुरा पढौ

शनिबारदेखि पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता

पोखरा-आगामी शनिबारदेखि पोखरा रंगशालामा पोखरा महानगरपालिका वडास्तरीय नकाउट फुटबल प्रतियोगिता शुरु हुने छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा शनिबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा प्रतियोगिता शुरु हुने महानगर खेलकुद विकास समितिले जनाएको छ । महानगर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरामा झण्डै ६ वर्षपछि आयोजना गरिएको हो । शनिबारदेखि शुरु हुने प्रतियोगिताको बिहीबार खेल तालिका सार्वजनिक गरिएको छ । खेल तालिका अनुसार पोखरा महनगर वडा नं २६ र वडा नं ३ बीच पहिलो खेल हुने… पुरा पढौ