गण्डकी

गण्डकी प्रदेशलाई फेन्सिङमा तीन कास्य

पोखरा- प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेण्टमा तीन कास्य पदक जितेका छन् । पुरुष तर्फ दुई र महिला तर्फ एक टिम इभेण्टमा कास्य पदक जितेका हुन् । महिला तर्फ साब्रे इभेण्टमा धनमाया गुरुङ, शर्मिला गुरुङ, निश्चिल मगर र अक्शा गुरुङ तेस्रो स्थानमा रहे । उनीहरु शसस्त्र प्रहरी बलसँग पराजित हुन पुगेको कास्की फेन्सिङ्गका अध्यक्ष विजय शाहीले जानकारी दिए । पुरुष तर्फको इपी टिम इभेण्टमा कास्य पदकमा खुम्चियो । सेमिफाईनलमा शसस्त्र प्रहरीसँग् अंकको आधारमा ४५/३३ अंकले… पुरा पढौ

मेयर कप खेल्न कास्की क्रिकेट टिम नवलपुर प्रस्थान

पोखरा-कास्की जिल्लाको क्रिकेट टिम नवलपुर प्रस्थान गरेको छ । नवलपुरमा आयोजित प्रथम मेयर कप टी. २० क्रिकेट प्रतियोगिताको लागि आईतबार नवलपुर प्रस्थान गरेको हो । कास्कीको टिमलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्दले विदाई गरे । विदाई समारोहमा खेलाडीहरुलाई ट्रयाक, जर्सी तथा क्याप हस्तान्तरण गरे । जर्सी तथा ट्रयाकको प्रायोजन भने कपिल बसेलले गरेका थिए । कास्कीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । खेलाडीहरुमा किरण पौडेल, अनिल गुरुङ, अमृत गुरुङ, विधान श्रेष्ठ, नितेश गिरी, मुश्कान थापा, विश्वास पराजुली, रमेश… पुरा पढौ

उत्कृष्ठ छात्र/छात्रा भलिबल खेलाडीलाई छात्रवृत्तिको घोषणा

पोखरा-कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । संघले आगामी चैत ४ गतेदेखि आयोजना गर्ने चौथो सृजना कप सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरी दुईजनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । छात्रवृत्ति स्वरुप एक वर्षको अध्ययन खर्च संघले व्यहोर्ने छ । संघले ९ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । ‘भलिबलमा उत्कृष्ट विद्यार्थी छनोट गरी एक छात्र… पुरा पढौ

विनोदको ह्याट्रिक माछापुच्छ्रेको फराकिलो जित

पोखरा-विनोद नेपालीले ह्याट्रिक गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै दुई अंक जोडेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदान शनिबार भएको वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिपमा दोस्रो खेल खेल्ने क्रममा माछापुच्छ्रेले पहिलो जित दर्ता गरेको हो । टस जितेर व्याटिङ गरेको माछापुच्छ्रेक्रिकेट क्लबले मनोज कोइरालाको ४७ रनको… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अधिवेशन ५ चैतमा

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको दोस्रो अधिवेशन चैत ५ गते हुने भएको छ । मञ्चको सम्पन्न २८ औं कार्यसमिति बैठकले पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो । विशेषगरी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ । मञ्चमा प्रदेशभरका गरी ५६ सदस्य आबद्ध छन् । तीन वर्षअघि एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति आएको थियो । कोरोना महामारीको विषम परिस्थितिबीच पनि यो कार्यसमितिले सदस्यको हकहित एवं सुखदुःखमा… पुरा पढौ

पिसिसी शीर्षस्थानमा, अरण्यज्योति ८ विकेटले पराजित

पोखरा-कप्तान अमृत गुरुङको अर्धशतकीय पारी र तिब्रगतिका बलर कृष्ण पौडेलको ४–१–१३–३ को बलिङ स्पेश रहेपछि राईजिङ क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ९ रनले पराजित गरेको छ । टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप अन्तर्गत मंगलबार मंगलबार टस जितेर व्याटिङमा उत्रिएको राईजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेले । राईजिङले ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पार्दै सांग्रिलालाई लक्ष्य पछ्याउने चुनौति दियो । तीन विकेट सस्तैमा गुमाएपछि धर्मराएको राईजिङलाई उकास्ने काम भने कप्तान गुरुङले गरे । पाँचौ नम्बरमा… पुरा पढौ

साहसिक खेल क्यानोनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

ल्वाङघलेल(कास्की)-कोभिड–१९ को विभिन्न भेरियन्टले गन्जागोल बनाएको खेलकुदले लय समात्न शुरु गरेको छ । खेलकुदका गतिविधि निरन्तर आयोजना हुदाँ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेलकुद प्रतियोगिता आयोजना जमर्को गरेको छ । साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यानोनिङ(झरनामा डोरीको सहायताले ओर्लिने खेल) को स्थलगत अध्ययन गरेर फर्कियो । प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले क्यानोनिङ गर्न सकिने सम्भावना बारे स्थलगत अध्ययन गरी पोखरा क्यानोनिङ प्रालिका निर्देशक एवं सञ्चालक राम गुरुङसँग छलफल गर्दै साहसिक खेलकुद… पुरा पढौ

माछापुच्छ्रे वडाध्यक्ष कप भलिबल उपाधि ल्वाङघलेललाई

पोखरा-तेस्रो माछापुच्छ्रे गाउपालिका वडा नं ८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ ।युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिन हिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । ल्वाङले पहिलो सेट २७–२५ ले लिएको थियो । तर दोस्रो सेट खोराकोमुखले २६–२४ मा लिदैं बराबरी र प्रतिस्पर्धात्मक बनायो । तेस्रो सेट ल्वाङले २५–२३ मा लिदैं अग्रता बनायो । चौथो सेट भने… पुरा पढौ

कास्कीको दर्ता नम्बर १५

पोखरा-नेपाल क्रिकेट संघ( क्यान )ले कास्की जिल्ला क्रिकेट संघलाई दर्ता नम्बर दिएको छ । कास्की क्यानमा १५ औं नम्बरमा दर्ता भएको छ । दर्ता प्रमाणपत्र धनगढीमा आयोजित क्यानको विशेष साधारण सभाले उपलब्ध गराएको हो । क्यानमा ३९ जिल्ला छन् । ३९ जिल्लामा क्रिकेट संघ छन् । ती संघहरु क्यानमा आवद्ध भएपनि दर्ता नम्बर पाएका थिएनन् । क्यानले शुक्रबार मात्रै सबै जिल्लाहरुलाई दर्ता नम्बर उपलब्ध गराएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । उनका अनुसार दर्ता नम्बरसँगै अस्थायी… पुरा पढौ

केन्याली स्टेफन र नेपाल प्रहरीकी प्रसाँई पोखरा म्याराथन च्याम्पियन

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख… पुरा पढौ