पोखरा-नवौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले यही बैशाख २६ गते आयोजना गर्ने स्पोर्टस अवार्डमा मनोनयनमा परेका खेलाडीहरु सार्वजनिक गरिएको छ । बुधबार आयोजित कार्यक्रममा महिला उत्कृष्ट खेलाडीमा अरुणा शाही(भलिबल, म्याग्दी), कृपा गुरुङ(स्याङजा, फेन्सिङ), सुस्मिता थापा(बाग्लुङ, आईटिएफ) रहेका छन् । त्यसैगरी पुरुष तर्फ विश्वास अधिकारी(नवलपुर, भलिबल), प्रदीप खड्का(कास्की, लनटेनिस), सुमित श्रेष्ठ(कास्की, फुटबल) रहेका छन् । उदीयमान खेलाडीहरुको सूचीमा बादल कार्की(एथलेटिक्स), जितबहादुर सार्की(भलिबल) र रचना चौधरी(क्रिकेट) रहेका छन् । प्रशिक्षकमा निरज थापा(टेनिस), रमेश केसी(भलिबल) र…
पुरा पढौ