प्रदेश

पोखरा थन्डर्सद्वारा उपविजेता ट्रफी महानगरलाई हस्तान्तरण

पोखरा-नेपाल सुपर लिग उपविजेता पोखरा थन्र्डसले प्राप्त गरेको ट्रफीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको छ ।प्रमुख आचार्यलाई पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ लगायत पोखरा थन्डर्सका पदाधिकारीले ट्रफी हस्तान्तरण गरेका हुन् । सोमबार पोखरा रंगशालामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख आचार्यले आगामी सिजनको सुपर लिगलाई पोखरामा पनि आयोजना गर्ने तर्फ सरोकार निकायसँग छलफल भइरहेको बताए । उनले आगामी सिजनको केही खेललाई पोखरामा खेलाउने विषयमा शनिबार फाईनल खेलको बेला छलफल गरिएको उल्लेख गरे । प्रमुख आचार्यले… पुरा पढौ

लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो

पोखरा-प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप खेल्न इरानी टोली पोखरा आइपुगेको छ । बैशाख १८ गतेदेखि पोखरामा हुने च्याम्पियनसिपका लागि इरानीको इरान भलिबल क्लब आइतबार पोखरा आइपुगेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । इरानी टोलीमा राष्ट्रिय स्तरमै खेलेका खेलाडीहरु समावेश रहेको अर्यालले बताए । प्रतियोगितामा इरानी र भारतीय टोलीसहित ६ टोलीले सहभागिता जनाउने छन् । भारतको टोलीको बैशाख १६ गते पोखरा आइपुग्ने डिस्ट्रिक्ट गभर्नर अर्यालले बताए । नेपालका ३… पुरा पढौ

क्याडी गल्फ प्रतियोगिता गरेर जन्मदिन मनाए गुरुङले

पोखरा-कलाकार बुद्धिमान गुरुङले आफनो जन्मदिन क्याडी गल्फरसँग मनाएका छन् । उनले आफनो ७० औं जन्मदिनको अवसरमा पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मनाए । उनले क्याडी बीच गल्फ प्रतियोगिता आयोजना गरेर मनाए । २५ जना क्याडी गल्फरले प्रतिस्पर्धा गरेका थिए । यु १४ तर्फको प्रतिस्पर्धामा अभिषेक विकले ५९ स्कोर गर्दै पुरस्कार थापे । विशाल विक भने ७२ स्कोरसहित उपविजेतामा रहे । त्यस्तै यु १६ तफृको प्रतिस्पर्धामा आशिष विकले ९६ स्कोरसहित प्रथमस्थान हासिल गरे । रोहिल विक भने ११० स्कोरसहित उपविजेता बने… पुरा पढौ

वर्ष उत्कृष्ट खेल पत्रकार प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान

पोखरा-नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६ गते इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो । सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल… पुरा पढौ

सिटीजन फर्निचरद्वारा लाइफटाइम एचिभमेन्ट अवार्ड’ को प्रायोजन

पोखरा-बैशाख अन्तिम साता नवौं पोखरा स्पोर्टस अवार्ड हुदैैछ । यही २६ गते आयोजना हुने स्पोर्टस अवार्डलाई विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन् । पोखराको न्युरोडमा रहेको सिटिजन फर्निचरले पनि स्पोर्टस अवार्डलाई सहयोग गर्ने क्रममा लाईफटाईम अचिभमेन्ट अवार्डको प्रायोजन गर्ने निर्णय गरेको छ । आइतबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन स्वरुप ३५ हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी… पुरा पढौ

गण्डकी हिरोजलाई केपी ओली टी-२० क्रिकेट उपाधि

पोखरा-गण्डकी हिरोजले घरेलु मैदानमा दोस्रो संस्करणको केपीओली टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा करिण ठगुन्नाको अर्धशतकीय पारीमा काठमाडौंको सिईसीलाई पराजित गर्दै उपाधि जित्यो । टस जितेको काठमाडौंले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल शून्यमै पवेलियन फर्किएपछि तनाबमा देखिएको गण्डकी हिरोजको इनिङलाई किरणले सम्हाल्दै जितको आधार तयार पारिदिए । किरणले ५२ रन बनाउने क्रममा २६ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।… पुरा पढौ

पुरुष १५ सय मिटरमा आर्मीको क्लिन स्वीप

पोखरा-जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पोखरा रंगशालमा आजदेखि शुरु भएको पोखरा ओपन एथलेटिक्स मिटको पहिलो दिनमा कास्कीले स्वर्ण पदक जितेको छ । महिला तर्फको १५ सय मिटर दौडमा कास्की नारायणी भण्डारीले चार मिनेट ५४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण दिलाईन् । नेपाल पुलिस क्लबकी धाविका सुमित्राकुमारी चौधरी दोस्रो बनिन् । उनले रजत पदक जित्ने क्रममा ४ मिनेट ५८.८ सेकेण्डको समय लगाईन् । सशस्त्र प्रहरी बलकी आशा रावत भने तेस्रो स्थानमा रहिन् । उनले ५ मिनेट ०३.८ सेकेण्डमा दौड पुरा गरिन्… पुरा पढौ

तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौडालाई

पोखरा-तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल… पुरा पढौ

ओ लेभल अम्पायर र स्कोरर तालिम समापन

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा ओ लेभलको अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ । एमसिसी फाउण्डेशन अन्तर्गतको किडासा फाउण्डेशनको सहयोगमा आयोजित तालिममा महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो । पोखरा क्रिकेट एकेडेमी संयोजन रहेको तालिमलाई प्रदेश खेलकुद परिषद गण्डकी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको सहयोग गरेका थिए ।तालिमलाई अन्तराष्ट्रिय अम्पायर सन्जयकान्त सिग्देलले प्रशिक्षण गराएका थिए । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन भने किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीले समापन… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको प्रतिष्ठासँग जोडिएको सुुनाउँदै यसलाई… पुरा पढौ