प्रदेश

मनाङ्गेको मन्त्री पद गुम्यो

पोखरा-मन्त्रीको सपथ खाँदै यो सरकार १०/१२ दिन टिक्ने अभिव्यक्ति दिएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को मन्त्री पद गुमेको छ । केवल दश दिने मन्त्री बनेका उनको १० दिने कार्यकाल मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार राजीनामा दिएसँगै उनी कामचलाउ हुन पुगे । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने छनक पाएपछि आईतबार मुख्यन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गर्दै तीन दिनभित्रमा नयाँ सरकार गठनको आह्वान समेत… पुरा पढौ

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं- नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थित १ नं। प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी… पुरा पढौ

पार्केटिङ र फेन्सिङको लागि सम्झौता, महिना वित्यो आएन बजेट

पोखरा-गत चैतमा पोखरा रंगशालामा दुईवटा काम गर्न उपभोक्ता समितिसँग राष्ट्रिय खेलकुद परिषदले सम्झौता गर्यो । चैतको १२ गते रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न सम्झौता भयो । चैत २३ गते पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । उपभोक्ता समितिले बैंकमा खाता खोले । अस्थायी लेखा नम्बर(पान) समेत लिए । तर राष्ट्रिय खेलकुद परिषदबाट सम्झौता अनुसार रकम भने खातामा आईपुगेन् । रकम खातामा नआउँदा काम अघि बढेन्… पुरा पढौ

नाटकीय जित निकाल्दै काठमाडौं प्लेअफमा, चितवनको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले राजधानीमा जारी नेपाल सुपर लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा काडमाडौं रेजर्स विराटनगर सिटी फुटबल क्लबविरुद्ध नाटकीय जित हात निकालेर प्लेअफमा पुग्ने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा लुम्बिनी फुटबल क्लबलाई पराजित गर्ने क्रममा ललितपुरले १–० को रोमाञ्चक जित निकालेको हो । दोस्रो खेलमा नाटकीय जित हात पार्दा काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५–४ ले हराउँदै प्लेअफमा स्थान बनाएको हो । नाटकीय जितमा काठमाडौं रेजर्सले २–० ले पछि परेको अवस्थामा… पुरा पढौ

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

पोखरा-कोरोनाले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ । काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् । पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएपछि भारतबाट आउनुपर्ने प्राविधिकहरु आउन सकेका छैनन् । यस अघि पनि विभिन्न समयमा भारतमा भएको लकडाउनकै कारण प्राविधिकहरु पोखरा आउन नसक्दा काम अघि बढ्न सकेन् । कोरोनाकालमै भौतिक पूर्वाधार निर्माणको प्रगति बढीमा ३÷४ प्रतिशत मात्रै भएको ठेकेदार कम्पनीले जनाएको छ । फुटबल मैदान र प्यारापिट निर्माणको… पुरा पढौ

चितवनमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं, वैशाख २० । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो । त्यसपछि ८९ औं… पुरा पढौ

कोरोनाले रोकियो प्रदेशस्तरीय आर्चरी च्याम्पियनसिप

पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्… पुरा पढौ

अग्रता गुमाउँदा बुटवलले विराटनगरसँग अंक बाँड्यो

काठमाडौं, वैशाख १८ । नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले दुई पटकको लिएको अग्रतालाई जोगाउन नसक्दा विराटनर सिटी फुटबल क्लबसँग अंक बाँडेको छ । इन्जुरी समयमा विराटनगर सिटीलाई बुटवलले रोक्न नसक्दा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बुटवलका लागि छैटौं मिनेटमा ओमोलाजा नुरिन करिमले पहिलो र ६८औं मिनेटमा लक्ष्मण रुचालले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ बराबरी खेल्दा लुम्बिनीको अग्रता विराटनगरले ४२ औं मिनेटमा पेड्रो मान्जीको गोलबाट तोडेको थियो… पुरा पढौ

काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेले

काठमाडौं, वैशाख १७ । काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बराबरी खेलेका दुबै टोलीले एक एक अंक बाँडेका छन् । दुबै टोली तीन खेलबाट चार अंक बनाएका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो । यद्यपि काठमाडौं काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखरोको रक्षापंक्तिलाई… पुरा पढौ

पोखरा स्पोर्टस अवार्ड स्थगित

पोखरा-आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्टस अवार्ड दोस्रो पटक स्थगित हुन पुगेको छ । कोरोना भाईरसको दोस्रो लहरसँगै निषेधाज्ञा लगाइएपछि पाँचौ पोखरा स्पोर्ट्स अवार्ड स्थगित गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । गत वर्षपनि चैतमा आयोजना गर्ने तयारी गरिरहँदा कोरोना भाईरसकै कारण लकडाउन भएपछि स्थगित गरिएको थियो । मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीका अनुसार नयाँ भेरियन्टको संक्रमण फैलिरहँदा स्वास्थ्यप्रतिको गम्भीरतालाई ध्यानमा राख्दै अवार्ड अर्को सूचना नभईन्जेलसम्म स्थगित गरिएको छ । मञ्चले खेल पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित… पुरा पढौ