प्रदेश

जगराज जोशी कप वडास्तरीय फुटबल शुरु

काठमाडौं-काठमाडौंको टोखा नगरपालिकामा सोमबारदेखि अन्तरवडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । एसडी-९९ स्पोर्टस कर्नरको आयोजनामा गजराज जोशी कप वडास्तरीय फुटबल प्रतियोगिता शुरुभएको हो । टोखाका ७ वटा वडाको सहभागिता रहेको प्रतियोगिताको उदघाटन भने नगरपालिकाका मेयर प्रकाश अधिकारी गरेका थिए । सहभागि टोलीले लिगकम नकआउटमा प्रतिस्पर्धा गर्ने छन् । सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा… पुरा पढौ

गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ लाई पराजित गर्दै गण्डकी प्रदेशले पहिलो जित आत्मसात गर्यो । १०३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३७ ओभरमा ८ विकेट गुमाउँदै जित निकालेको थियो । ओपनर अर्जुन कुमालले ३५ रनको इनिंङ खेल्दै उत्कृष्ट शुरुवात गरे । दिपक डुम्रेले पनि ३५ रनकै योगदान दिएपछि जित सहज हुन पुग्यो । अन्तिम १ रन चाहिएको अवस्थामा गण्डकी प्रदेशले २ विकेट… पुरा पढौ

माघको अन्तिम साता राष्ट्रव्यापि स्नुकर हुने

काठमाडौं-माघ अन्तिम साताबाट बोद्धस्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ । \प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियोे । प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त… पुरा पढौ

क्वाटरफाईनल समिकरण पुरा

सिरहा- सिराहाको गोलबजारमा आयोजना भईरहेको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष ¥याङ्किङ्ग १६ तथा महिला ¥याङ्किङ्ग १२ को क्वाटरफाईनल समिकरण पुरा भएको छ । पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा… पुरा पढौ

पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, पुस २७ । नेपालमा पहिलो पटका सेमि भर्चुअल प्रविधिबाट आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड मंगलबार सातदोबाटो स्थित करातेको कर्भडहलमा हुँदै छ । कार्यक्रममा कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो । यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया… पुरा पढौ

कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स लाई

कोहलपुर-शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ। बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६… पुरा पढौ

तनहुँमा यु–१४ फुटबल शुरु

पोखरा-कोरोना कहरले थलिएको खेलकुद क्षेत्र चलायमान बन्न थालेको छ । लामो समयसम्म खेलकुद गतिविधि ठप्प भइरहेको अवस्थामा दमौलीमा भने शनिबारदेखि यु–१४ फुटबल प्रतियोगिता शुरु भएको छ । तनहुँ र कास्कीका १० क्लबको सहभागिता रहेको छ ।प्रतियोगिताको नेपाल फुटबल संघ(एन्फा) तनहुँका उपाध्यक्ष रविन पौडेलले उदघाटन गर्दै फुटबलको बिकास गर्दै खेलकुद र पर्यटनलाई सँगैसँगै लैजानुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका नगरसभा सदस्य समेत रहेका उनले लागु औषधमुक्त युवा समाज निर्माणको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । रिभरसाईड युवा क्लबको आयोजनामा शुरु भएको… पुरा पढौ

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडाैं, पुस २१ । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए… पुरा पढौ

धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालद्वारा २५ लाख सहयाेग

काठमाडौं, पुस २० । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि ललितपुरस्थित अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयाेग गरेको छ। रंगशाला निमार्णाधिन स्थल भरतपुरमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन्। रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए। ‘यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै

काठमाडौं, पुस १९ । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता फाइनल खेल आज हुँदैछ । दाङको लमहीमा हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश एक भिड्दैछन् । एपिएफ र प्रदेश एक अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूह चरण र सेमिफाइनलमा सहज जित निकालेका यी दुई टोलीबीच फाइनलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुबै टोलीमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीको बर्चस्व छ । सेमिफाइनलमा एपिएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रदेश… पुरा पढौ