प्रदेश

लुम्बिनीको विजयी सुरुवात

दाङ- दाङको लमहीमाजारी महिलाप्रधानमन्त्रीकप टि- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवातगर्ने क्रममा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो । खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्तलक्ष्यलाई १६.१ ओभरमामात्र १ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको सहजजितमागीतागोसाईले सर्वाधिक २३ रनको योगदानगरिन् । अविजित रहेकीउनले ४२ बलको सामनागर्दै २ चौकासहितउक्त रन बनाएकीथिइन् । यस्तै टिमका लागि सरस्वती घर्ति मगरले २२ रन बनाइन् । ११.६… पुरा पढौ

प्रदेश महिला क्रिकेट टोलीलाई ट्रयाक सुट र ट्राभल व्याग

पोखरा-गण्डकी प्रदेश महिला क्रिकेट टिमलाई सुर्योदय कला केन्द्र पोखराले ट्रयाक सुट हस्तान्तरण गरेको छ । पोखरा रंगशाला शनिबार बिहान आयोजित कार्यक्रममा वाईनकिङ्गका प्रोपाईटर एवं कास्कीका पूर्व राष्ट्रिय खेलाडी विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गरे । केही दिन अघि मात्रै पूर्व खेलाडी राजकुमार छन्त्यालले दुई वटा ब्याट तथा कास्की जिल्ला क्रिकेट कोषाध्यक्ष चन्द्रकुमार गुरुङले क्रिकेट प्याड्स प्रदान गरेका थिए । ट्रयाक सुट सहयोग गर्ने रवि श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कप्तान शिला रेग्मीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेट भोलिदेखि

दाङ- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलि शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । त्यसको आवश्यक तयारी पुरा भईसकेको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर… पुरा पढौ

पावर हाउसमा जिल्लास्तरीय रंगशाला

पोखरा-पावर हाउस(फेवा जलविद्युत आयोजना) नजिकै खेल मैदान छ । मैदान पुग्ने बाटो छैन् । मैदानसम्म बाटो पुर्याउने लक्ष्य महानगरपालिकाले लिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेल मैदान निर्माणको लागि बाटोको शिलान्यास गरे । शिलान्याससँगै बाटो निर्माण अघि बढाइएको छ । केही दिनपछि पावर हाउसकै निर्माणाधिन खेलमैदानमा पुर्याईने लक्ष्यसहित काम धमाधम गरिएको छ । पोखरा–१७ आफैंमा खेल क्षेत्रमा अग्रणी छ । त्यसैले पनि खेल मैदानको जिम्मेवारी पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले लिएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत… पुरा पढौ

नवलपुर पराजित, कास्की च्याम्पियन

पोखरा-अर्जुन कुमालको अर्धशतकीय पारीमा कास्कीले नवलपुर माथि ८६ रनले पराजित गर्दै टिम च्याम्पियन बनेको छ । कुमालको उत्कृष्ट व्याटिङ र दिपेश खत्रीको उत्कृष्ट बलिङ स्पेलमा कास्कीले नवलपुरलाई ११५ रनमा समेट्दै तीन खेल जित्दै च्याम्पियन बनेको हो । बुधबार टस जितेर व्याटिङको निम्तो दिएको कास्कीले २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर शुरुवातलाई ओपनर एवं युवा खेलाडी अर्जुन कुमालले इनिङ सम्हालेपछि कास्कीले नवलपुरलाई २०२ रनको चुनौति दिएको थियो । १५ ओभरको समाप्तीमा ५१÷४ को स्थितिमा रहेको कास्कीलाई अर्जुन कुमालले छैटौं… पुरा पढौ

आर्मीलाई क्लब लाइसेन्स

काठमाडौं– शहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफपसी) बाट मंगलबार एएफसी क्लब लाइसेन्स पाएको छ ।एएफसीले शीर्ष डिभिजनको लिग खेल्ने क्लबलाई लाइसेन्स लिनका लागि तोकेको मापदण्ड अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरा गरेपछि एएफसीको क्लब लाईसेन्स प्रदान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । ‘एएफसीको मापदण्ड अनुसार आर्मीले सबै मादण्ड पूरा गरेकाले एएफसीबाट लाइसेन्स प्राप्त भएको छ । यो सँगै नेपाली फुटबलको क्षेत्रमा थप व्यवसायिक र… पुरा पढौ

तनहुँ कास्कीसँग ३१ रनले पराजित

पोखरा-युवा खेलाडी अर्जुन कुमालको सुझबुझपूर्ण व्याटिङ र अनुभवी दिपेश खत्रीको उत्कृष्ट बलिङ स्पेल प्रदर्शन गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ । खत्रीको लोभलाग्दो बलिङ शैली पोखरा रंगशालामा देखिने क्रममा १० ओभरमा ५ मेडन राख्दै केवल ९ रन दिएर ४ विकेट लिएपछि तनहुँलाई जितको लक्ष्य पुरा गर्न सामथ्र्य रहेन् । उनी म्यान अफ दि म्याचको हकदार बने । टस जितेर व्याटिङ गरेको कास्कीले अर्जुन कुमाल र अभिषेक थापाले दोस्रो विकेटको लागि ६४ रनको साझेदारी गर्दै १५५ रनको लक्ष्य प्रस्तुत… पुरा पढौ

अन्तिम बलमा नवलपुरमाथि स्याङजाको रोमाञ्चक जित

पोखरा-अन्तिम बलमा एक रन जोड्दै स्याङजाले नवलपुरमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । सोमबार २१४ रनको लक्ष्यलाई स्याङजाले अन्तिम बलमा ८ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्दै प्रदेशस्तरीय छनोटमा अन्तिम खेलमा सुखानुभूति गर्दै टुग्याएको छ । स्याङजाको इनिङमा विष्णु पाण्डेले उत्कृष्ट व्याटिङ गरे । उनले ७५ रन बनाएपछि जितको लागि अन्तिम बलमा आईपुग्दा लक्ष्य प्राप्त गरे । तेस्रो विकेटको लागि ५९ रनको साझेदारी गरेपछि स्याङजाले २१४ रनको लक्ष्य ८ विकेटको क्षतिमा पुरा गरेको थियो । स्याङजा पहिलो खेलमा कास्की… पुरा पढौ

हक्की खेलाडीद्वारा मैदानको लागि सरसफाई गर्दै

पोखरा-खेल्ने ठाँउ छैन् । आफनै मैदानको अभाव छ । यद्यपी राष्ट्रिय प्रतियोगिताको लागि भने तयारी गर्नु पर्ने बाध्यता अर्कोतिर छ । मैदान नभएपनि आगामी माघमा आयोजना हुने सहाना प्रधान स्मृति महिला हक्कीको लागि खेलाडीहरु पोखरा रंगशालाको घाँस फाड्ने र चलाउन व्यस्त छन् । मैदान नभएपनि जेनतेन पोखरा रंगशालाभित्रको खाली ठाँउमा प्रशिक्षण गर्दै आएका छन् । खेलाडीको अथक प्रयासले मात्रै हक्की खेलको जगेर्ना हुदैं आएको छ । कास्की जिल्ला हक्की संघ यतिबेला शून्यतामा छ । माघमा महेन्द्रनगरमा हुने सहाना प्रधान स्मृतिको… पुरा पढौ

नवलपुरसँग तनहुँ ३७ रनले पराजित

पोखरा-समीर कडेंलको अर्धशतकीय पारी खेलेपनि तनहुँ नवलपुरसँग ३७ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको तनहुँले कडेंलको महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेपनि जितसम्म डोहोर्याउने भने सकेनन् । उनी क्रिजमा रहदाँ जितको सम्भावना देखाएको तनहुँ उनको विकेट पतनसँगै जितबाट निकै टाढा रह्यो । विज्ञान गौतमले १० ओभरमा १९ रन खर्चिएर तीन विकेट लिएपछि तनहुँ धरासायी बन्न पुग्यो । मध्यक्रमका व्याट्सम्यान सस्तैमा पभेलियनको बाटो समाए । राहुल शर्माले एकै ओभरमा महत्वपूर्ण विकेट लिएपछि तनहुँको पक्षमा रहेको खेल नवलपुरको हातमा ल्याएका थिए… पुरा पढौ