प्रदेश

लोमान्थाङको मुस्ताङ गल्फ कोर्षमा ‘दोस्रो गल्फ प्रतियोगिता’

पोखरा-विहानै चारैतिर हिमाल छ्वाङ्ग खुल्छ । त्यही हिमालको फेदमा ठूलो चरन क्षेत्र छ । पहिलाको चरन क्षेत्रको अहिले स्वरुप फेरिएको छ । गल्फ कोर्ष बनेको छ । विश्वकै उच्च उचाईको गल्फ कोर्षको कीर्तिमानसहित गिनिज बुकमा लेखाउने तयारी छ । अधिकांश समय हिउँले ढाकिन्छ । असारदेखि असोजसम्म मौसम सफा हुन्छ । निलो आकास, चारैतिर हिमाल र हिमालकै फेदमा कोर्षको हरियालीले मनमोहक बनाउँछ । हिमाललाई लक्षित गर्दै आइरन हान्ने चाहना धेरै गल्फरको छ । गल्फरहरुको सपना र चाहनालाई मुस्ताङ गल्फ कोर्षले पुरा… पुरा पढौ

राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि

पोखरा-नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन् । लिग रोविनमा खेलाईने प्रतियोगितामा काठमाडौंको न्यु डायमण्ड युथ स्पोर्टस क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र बुटवलको न्यु एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि सहभागिता नजनाउने आयोजक समक्ष पत्रचार गरेको छ । पुरुष तर्फको प्रतिस्पर्धामा भने पाँच टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छ । बुटवलको मणिमुकुन्द भलिबल क्लब, शसस्त्र प्रहरी… पुरा पढौ

खड्का उपाध्यक्ष, केसी र गुरुङ सदस्यमा निर्वाचित

पोखरा-नेपाल हक्की संघको दोस्रो अधिवेशनले अनिलप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा चार जना चयन गरिएको छ । पराराष्ट्र मन्त्री एनपी साउदले शनिबार उदघाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा गण्डकी प्रदेशबाट हिमाल खड्का सर्वसम्मत भएका हुन् । उनी संघका उपाध्यक्ष समेत रहँदै पहिलो कार्यकाल पुरा गरेका थिए । उनीसँगै उपाध्यक्षहरुमा मनिष झा, राजेन्द्रप्रसाद श्रेष्ठ र भगवती खड्का रहेकी छन् । महासचिवमा सुवर्ण श्रेष्ठ, सचिवमा असिम शर्मा र कोषाध्यक्षमा रामेश्वरप्रसाद घिमिरे सर्वसम्मत भएका हुन् । सदस्यहरुमा निज ामुद्धिन सिद्दिकी,… पुरा पढौ

पोखरा म्याराथनको तयारीसँगै गुरुङद्वारा प्रथम पुरस्कार प्रायोजन

पोखरा-पोखरा अन्तरराष्ट्रिय म्याराथनका १८ औं संस्करणकोे तयारी शुरु गरिएको छ । आन्तरिक तयारीसँगै नगद ५ लाख रुपैयाँको पुरस्कार पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलकुमार गुरुङले प्रायोजन गर्ने घोषणा गरेका छन् । गुरुङले प्रथम पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका हुन् । गुरुङ पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी (ग्राण्ड मास्टर) तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष समेत हुन् । म्याराथन आगामी फागुन ५ गते शनिबार आयोजना गरिने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालित म्याराथन नेपालकै जेठो म्याराथन मध्येको हो । जेठो म्याराथन… पुरा पढौ

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन अन्तिम साता

पोखरा-आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलो पटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अन्तरप्रदेश खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ । आगामी फागनु २४ गतेदेखि ३० गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको कोटा समेत तय गरिएको छ ।सातै प्रदेशका सदस्य सचिवको बागमती प्रदेश राजधानी हेटौडामा प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयलाई मूर्त रुप दिइएको हो । बागमती प्रदेशले पहिलो संस्करणको आयोजनाको जिम्मेवारी लिएको हो । पहिलो संस्करणमा आईटिएफ तेक्वान्दो, उसु, जुडो, फुटबल,भलिबल, क्रिकेट,… पुरा पढौ

भदौ अन्तिम शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता

पोखरा-लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ । लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ । कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन् । समुद्रीसहतदेखि ४६४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ । त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ । पार ३६ को… पुरा पढौ

प्रदेशद्वारा दर्ता र नविकरण नभएका खेल संघ खारेज गर्न जिल्लालाई निर्देशन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले खेल संघहरुलाई अनिवार्य दर्ता गर्न परिपत्र परेको छ । परिषदले एघारवटै जिल्लामा खेल संघहरुलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता एवं नविकरण गर्न ३५ दिने सूचनासहित पत्रचार गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीले यही भदौ ११ गते संघहरुको नाममा जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिसकेको छ । पत्रचार गरेपनि विदाकै कारण केहीदिन ढिलाई भएको प्रदेशले जनाएको छ । भदौ ११ गते सूचित पत्र अनुसार ३५ दिनभित्रमा सम्बन्धित संघलाई खेलकुद विकास समितिमा दर्ता हुन आग्रह… पुरा पढौ

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

पोखरा-महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ । तीजे गीतको रौनकसँगै पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धाको अवसर फेरी एकपटक दर्शकलाई हेर्न अवसर जुरेको छ । लामाचौरस्थित नवआर्दशले वर्षेनी तीजकै अवसरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता समेट्दै आएको नवआदर्शले गतवर्षदेखि विद्यालयस्तरीय प्रतिस्पर्धालाई हटाएको थियो । नवआर्दश सामुदायिक विकास समाजका पूर्व… पुरा पढौ

आगामी मंसिर दोस्रो साता नवौं नेपालगन्ज म्याराथन

नेपालगन्ज–नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १… पुरा पढौ

गण्डकी प्रादेशिक हक्की संघ गठन

पोखरा-गण्डकी प्रादेशिक हक्की संघको भेलाले दिपकबहादुर थापाको अध्यक्षतामा सात सदसस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पुजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन् । यसैगरी सदस्यहरुमा चनमन श्रीमल, दिपक थापा, अजय क्षत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको उपस्थिति रहेको थियो । प्रदेश खेलकुद परिषद गण्डकीको प्रतिनिधिको रुपमा सदस्य केशव पाठकको रोहबलमा नयाँ समिति सर्वसम्मत गरिएको हो ।प्रदेशको कास्की, स्याङजा, तनहुँ, पर्वत र बाग्लुङमा नयाँ कार्यसमिति गठनपछि… पुरा पढौ