प्रदेश

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन् । बोगटीले ९ मिनेट ३४.७० सेकेण्डमा दौड पुरा गरेका थिए ।तनहुँका साहस पन्त दोस्रो र पोखराका तेन्जोन रोका तेस्रो भए । पन्तले ९ मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गरेका थिए भने रोकाले ९ मिनेट ५६.६० सेकेण्डमा पुरा गरेका थिए । कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको महिला तर्फको प्रतिस्पर्धाामा तनहुँकी सुष्मिता रानाभाटले… पुरा पढौ

जुनियर गल्फको उपाधि लामा र विकलाई

पोखरा-नेपाल ओलम्पिक कमिटिको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार भएको यु—१३ गल्फ प्रतियोगिताको उपाधि दिप्सन लामाले जितेका छन् । त्यसैगरी यु—१८ तर्फको उपाधि भने संसार विकले आफनो नाममा लेखाए । ओलम्पिक दिवसको अवसरमा ओलम्पिक कमिटिको आयोजना तथा नेपाल गल्फ संघको सह आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत यु—१३ लाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो । पार ६९ को कोर्षमा ९ होललाई पार ३७ मा खेलाईएको थियो । पार ३७ को खेलाइएको प्रतिस्पर्धामा लामाले ६ ओभर ४३ को स्कोर सहित उपाधि जित्न सफल… पुरा पढौ

एशियन गेम्सको लागि आर्चरीका खेलाडी छनोट

पोखरा-चीनको हाङझाउमा हुने १९ औं एशियन गेम्सको लागि आर्चरीबाट चारजना खेलाडी छनोट भएका छन् ।पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चारजना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जनाए । पुरुष रिकर्भ तर्फ तिलक पुन मगर, महिला रिकर्भमा मन्जु बजगाँई रहेका छन् । तिलक दोस्रो पटक एशियन गेम्सका लागि छनोट भएका छन् । उनले पोखराका अशिम शेरचनलाई पछि पार्दै एशियन गेम्समा छनोट भएका हुन् । छनोट चरणमा पुनमगरले १२६७ स्कोर हिर्काएका थिए । पोखराका अशिम शेरचनले… पुरा पढौ

गण्डकीको खेलकुदमा ७ करोड ५५ लाख बजेट

पोखरा-गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट सार्वजनिक गर्दै खेलकुदलाई ७ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री जितप्रकाश आलेले प्रदेशलाई खेलकुद पर्यटन केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको स्पष्ट पारे । यद्यपी अघिल्लो वर्ष पनि प्रदेश सरकारले बजेटसहितको योजनालाई कार्यान्वयनमा ल्याउन भने सकेन् ।सरकारले पुरानै योजनालाई दोहोर्याएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला, अन्तराष्ट्रियस्तरको कभर्डहलको सम्भाव्य अध्ययन, उच्च उचाई तालिम केन्द्र(हाई अल्टिच्युड टे«निङ सेन्टर), एक स्थानीय तह एक… पुरा पढौ

प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरा-पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा महिला तथा पुरुष गरी ७० जना खेलाडीको सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ । महिला तर्फ ३५ जना र पुरुष तर्फ ३५ जना सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ । महिला तर्फ ४९ केजी, ५९ केजी, ७१ केजी, ८१ केजी र ८१ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुने कास्की… पुरा पढौ

कास्की अन्तर पालिका भलिबलको उपाधि अन्नपूर्णलाई

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा माछापुच्छ्रेगाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामाछापुच्छ्रे५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो ।… पुरा पढौ

पोखरा महानगर रातो र माछापुच्छ्रे गाँउपालिका सेमिफाईनलमा

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरा रंगशाला भलिबल एरिनामा कास्की पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । बुधबार भएको प्रतिस्पर्धामा पोखरा महानगरपालिका रातोले मादी गाँउपालिका बीलाई २—० सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरी माछापुच्छ्रे गाँउपालिकाले अन्नपूर्ण गाँउपालिका बी लाई २—१ को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । माछापुच्छ्रेगाँउपालिका बाहेक अन्य पालिकाहरुको दुई दुई टिमको सहभागिता रहेको छ । विजेताले पुरस्कारस्वरुप ६० हजार रुपैयाँ प्राप्त गर्ने… पुरा पढौ

संघ गठनमा परिषदको बलमिच्याँई–एनएफबीएफ उपाध्यक्ष गुरुङ

पोखरा-नेपालको खेलकुद संघ राजनीतिको उल्झन फसेको छ । एकै प्रकृतिका दुई संघलाई एउटै बनाई अगाडि बढ्ने निर्देशन राष्ट्रिय खेलकुद परिषदको छ । तर परिषदले बलमिच्याँई ढंगले आफनो अनुकुल हुने गरी संघ गठन गर्ने प्रवृत्ति देखिएको छ । यसको पछिल्लो उदाहरण हो नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ । नेपालमा दुई वटा शारीरिक सुगठन संघ थिए । अन्तराष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठत तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए । नेपालमा ती दुवैका संघ थिए । अन्तराष्ट्रिय मान्यता प्राप्त… पुरा पढौ

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले सोमबार फाईनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । आईतबारदेखि शुरु भएको प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्की, तनहुँ, पर्वत, स्याङजा र बाग्लुङ जिल्लाको सहभागिता रहेको थियो । सहभागित टोलीलाई राउण्ड रोविन लिगमा खेलाइएको थियो । शीर्ष दुईमा रहेका कास्की र तनहुँ बीच सोमबार दिउँसो फाईनल खेलमा कास्कीले तनहुँलाई सडन डेथमा १—० गोलले पराजित… पुरा पढौ

पोखराका खड्का र बास्तोला एशियन गेम्सको लागि छनोट

पोखरा-मित्रराष्ट्र चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट सम्पन्न भएको छ । एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने दुई पुरुष र दुई महिला गरी चारजना खेलाडीले सहभागिता जनाउने छन् । पुरुषमा पोखराका प्रदीप खड्का र अभिषेक बास्तोला हुन् । महिला तर्फ अभिलाषा विष्ट र माहिका राणा रहेका छन् । विष्ट नेपालकी महिला टेनिसकी शीर्ष बरियताकी खेलाडी समेत हुन् । पुरा पढौ