प्रदेश

बाइक रेसिङ प्रतियोगिता घिमिरे र कार्कीलाई उपाधि

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिन सम्म फरक प्रकारको रौनकता देखियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो ।उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ । तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा… पुरा पढौ

सुदुरपश्चिम मुख्यमन्त्री कप विजेता गण्डकी प्रदेश यु–१९ टोलीलाई सम्मान

पोखरा-सुदुर पश्चिमको धनगढीमा आयोजित सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडी तथा अफिसियललाई सम्मान गर्दै प्रदेश सरकारबाट नगद पुरस्कार प्रदानगर्ने घोषणा समेत गरे ।प्रदेश सरकारले विजेता खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने बताए । ‘गण्डकी प्रदेशको सान उच्च बनाउन खेलाडीले खेल्नुभएको भूमिकालाई उच्च कदर गर्दै प्रदेश सरकारले प्रति खेलाडी ५० हजार नगद पुरस्कारबाट… पुरा पढौ

राईजिङको ४ रनको रोमाञ्चक जित

पोखरा-ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा… पुरा पढौ

यादव र बोहोरालाई १० किलोमिटर दौड उपाधि

पोखरा-पोखरामा पहिलो पटक सहभागिता जनाएका अजितकुमार यादवले पुरुष तर्फको १० किलोमिटर दौडको उपाधि जितेका छन् । नेपाल भूतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १० किलोमिटर पुरुष दौडमा यादवले ३० मिनेट ४५.२० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । महिला तर्फको उपाधि काठमाडौंकी सरस्वती बोहोराले आफनो नाममा लेखाईन् । बोहोराले उपाधि जित्न ३९ मिनेट ३५.२० सेकेण्डको समय लगाईन् । स्याङजाका युवराज थापा दोस्रो भए । काठमाडौंका टंकबहादुर कार्की तेस्रो स्थानमा रहे । १४०० जना पुरुष धावकहरुको बीचबाट थापाले ३२… पुरा पढौ

हरियाणा र त्रिभुवन आर्मी समुह विजेता बन्दै सेमीफाइनलमा

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य… पुरा पढौ

हरियाणा र न्यु डायमन्डको जित

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शुक्रवार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले जित हासिल गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुख एसपी… पुरा पढौ

विभागीय क्लबको सुखद शुरुवात

नेपालगन्ज-आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता बिहीवारदेखि नेपालगन्जमा सुरु भएको छ । चुस्त व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरकै झझल्को दिनेगरी नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन विभागीय क्लब नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुखद शुरुवात गरेका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली… पुरा पढौ

गण्डकी प्रदेश पुरुष हक्की टिम विराटनगर प्रस्थान

पोखरा-विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टोली सोमबार प्रस्थान गरेको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङले खादा लगाई विदाई गरेका थिए । १६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन् । प्रशिक्षकमा राजन… पुरा पढौ

प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा जि.खे.वि.ससँग स्पष्टीकरण माग

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको छ । मन्त्रालयले चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देश गरेको हो । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश खेलकुद विकास नियमावली नबन्दै विभिन्न जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारीहरु नियुक्त गरेका थिए । ऐनलाई टेकेर युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण माग गरेको खेलकुद मन्त्रालय स्रोतले जनायो । मन्त्रालयले जिल्लाका अध्यक्षहरुलाई १५ दिनभित्र लिखित स्पष्टीकरण… पुरा पढौ

कास्कीका खेलकुद पूर्वाधारलाई पौने तीन करोड बजेट

पोखरा=गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले कास्कीको पोखरा महानगर एवं गाँउपालिको खेलकुद पूर्वाधारको लागि २ करोड ७६ लाख रुपैयाँ बजेट छुट्टाएको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रलायले कास्कीमा ५२ वटा खेलकुदका योजनालाई बजेट छुट्टाएको हो । खेलकुद मन्त्रालयले सबैभन्दा बढी बजेट पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ । पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ निर्माण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले माग गर्दै आएका थिए । यद्यपी मन्त्रालयले ठोस सम्बोधन भने गर्न सकेको थिएन् ।… पुरा पढौ