प्रदेश

माछापुच्छ्रे र सांग्रिलाको जित

पोखरा-कास्की क्रिकेट क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै सांग्रिला क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा तेस्रो जितसँगै फाईनल प्रतिस्पर्धाको लागि सम्भावना जोगाई राखेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले दिएको १११ रनको चुनौतिलाई सांग्रिलाले १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा पुरा गर्यो । टस जितेर व्याटिङ गरेको कास्कीले कप्तान विष्णुप्रसाद शर्माले अविजित ३७ योगदानमा ११० रनको योगफल तयार पार्यो । शमाले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । रोहित चन्दले ३७… पुरा पढौ

खेलाडीको बिमा र डाईट मन्त्रालयको जिम्मेवारी– प्रदेश खेलकुद मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितमा सहभागि हुने खेलाडीको विमा गरिने बताएका छन् । मुआथाई संघ कास्कीले आयोजना गरेको सेमिनारको उदघाटन गर्दै मन्त्री गुरुङले खेलाडीहरुको अनिवार्य विमा गरिने स्पष्ट पारे । मन्त्री गुरुङले मार्शल आर्ट नै अन्तराष्ट्रिय एरिनामा पदक जित्ने खेल भएको भन्दै पदकसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । ‘गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीको बिमा मन्त्रालयले गर्ने छ ।’ मन्त्री गुरुङले भने–‘खेल्ने क्रममा चोटपटक लागे सहज… पुरा पढौ

खेल संघहरु अनभिज्ञ

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहँदा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई पौष्टिक आहार(डाईट)को व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ । राष्ट्रियस्तरको प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विभिन्न खेलका खेलाडीलाई तीन महिना पौष्टिक आहार उपलब्ध गराउने निर्णय गरेको छ । निर्णय अनुसार गण्डकी प्रदेशबाट खेल्ने खेलाडीलाई तीन महिना डाईटको व्यवस्था मन्त्रालयले नै गर्ने छ । खेलाडी डाईटको लागि मन्त्रालयले ५ लाख रुपैयाँ छुट्टाएको छ । छुुट्टाइएको बजेटबाट सबै खेलका खेलाडीलाई समेट्दै डाईट व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । ‘डाईटको लागि… पुरा पढौ

राईजिङ र पोखराको तेस्रो जित

पोखरा-अमृत गुरुङको अलराण्डर प्रदर्शनमा राईजिङ क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत तेस्रो जित निकाल्ले क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ । वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राईजिङका कप्तान अमृत गुरुङले प्लेयर अफ दि म्याच प्रदर्शन गरेपछि सहज जितसँगै लिगको शीर्षस्थानमा रहेको छ । उनले १८ बलमा १ चौका र ४ छक्का हान्दै ३४ रनको अविजित पारी खेलेपछि राईजिङले १४८ रनको योगफल तयार पार्यो । टस जित्दै राईजिङका ओपनर सागर… पुरा पढौ

गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगीता, कास्की च्याम्पियन

पोखर- गण्डकी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता ११ स्वर्ण पदकसहित कास्की च्याम्पियन बनेको छ । चार स्वर्ण पदकसहित म्याग्दी दोश्रो र चार स्वर्ण पदक जितेको पर्वत तेसा्रे भएको हो । पुरुष र महिला तर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा स्वर्ण पदक विजेता ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन । छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी तौल समुह तर्फ मन्दिप सुनार,५८ के.जी मा पर्वतका सुरज कडेल र ६३ के.जी… पुरा पढौ

प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको अफिसियल होटल सेन्ट्रल प्लाजा

नेपालगन्ज-सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आयोजना चैत १० देखि १४ गते सम्म हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करणको तयारी तिब्र बनाइएको छ ।प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले समेत आफनो उपस्थिति जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा गर्नेगरी सहकार्य गरिएको छ । सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले… पुरा पढौ

ओलम्पिक पदक विजेतालाई २ करोड रुपैयाँ पुरस्कार–मन्त्री गहतराज

पोखरा-युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई दुई करोड रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । दुई करोड रुपैयाँले खेलाडीलाई उर्जासँगै थपिने बताए -रंगशाला भ्रमण गर्न पोखरा आईपुगेका मन्त्री गहतराजले अन्तराष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडीसँगको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले ओलम्पिकमा पदक जित्ने खेलाडीलाई २ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरे । ‘खेलाडीको एउटै लक्ष्य हुनुपर्छ, ओलम्पिकमा पदक जित्ने । पदक विजेता खेलाडीलाई राज्यले हेर्छ ।’ उनले भने–‘राज्यले पदक विजेता खेलाडीको सम्मानार्थ २ करोड रुपैयाँ पुरस्कार… पुरा पढौ

स्थानीय तह निर्वाचनपछि नवौं राष्ट्रिय खेलकुद–मन्त्री गहतराज

पोखरा-युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्थानीय निर्वाचनपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मन्त्रालयको तयारी रहेको बताएका छन् । ‘निर्वाचन आचारसंहिताले प्रभावित नबनाउने चैतमा सम्पन्न गर्न सकिन्छ कि भन्ने थियो । तर खेल सामाग्री खरीद गर्न कार्यविधि तयार हुदै गरेकोले निर्वाचन पछि आयोजना गर्ने तयारीमा छौं ।’ सञ्चारकर्मीसँग बोल्दै खेलकुद मन्त्री गहतराजले भने–‘प्रधानमन्त्रीसँग सैद्धान्तिक सहमति अनुसार जेठको पहिलो साता गर्ने तयारी गरिएको छ ।’ उनका अनुसार खेलकुदलाई निर्वाचन आचारसंहिताले प्रभावित बनाउन नहुने भएपनि निर्वाचन लगत्तै राष्ट्रिय प्रतियोगता आयोजना गरिने… पुरा पढौ

फुटबल एवं प्यारापिट निर्माण म्याद चैत मसान्तसम्म

पोखरा-धेरैको अपेक्षा र विश्वास थियो एकवर्षमा नयाँ प्यारापिटसहितको फुटबल मैदान बन्छ । शिलान्यास गरियो । शिलान्यसको ठ्याक्कै तीन वर्ष पुग्यो । चार महिनामै सकिने शिलान्यास गर्दै घोषणा गरिएको थियो । शिलान्यसमै तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले घोषणा गरेका थिए–‘फटाफट नटबोल्ट कस्ने हो । प्यारापिट चारमहिनामै तयार हुन्छ ।’ पोखरा फुटबल मैदान तथा प्यारापिटको शिलान्यास २०७५ फागुन २६ गते गरिएको थियो । शिलान्यासको तीन वर्ष वित्दा प्यारापिट निर्माणले अझै पूर्णता पाउन सकेको छैन् । पटक पटक म्याद थपिएको… पुरा पढौ

मेयर धनगढी प्याब्सन कप शुक्रबारदेखि हुने

धनगढी,-मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आज धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र… पुरा पढौ