पोखरा-नयाँवर्षको शुरुवातसँगै पोखरामा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा स्पोर्टस एण्ड व्याडमिन्टन क्लबको आयोजनामा बैशाख ३ र ४ गते पोखरा ७ स्थित सिरमोर व्याडमिन्टन क्लबको कोर्टमा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने टिम व्यवस्थापक विशाल बस्नेतले जानकारी दिए । प्रतियोगितामा ४ इभेण्टमा प्रतिस्पर्धा गराईने छ । खुल्ला मेन्स डबल्स, कास्की ओपन, ४५ वर्षमाथिको उमेर समूह र ६५ वर्षमाथिको उमेर समूह बीच डबल्समा प्रतिस्पर्धा गराईने उनले बताए । राष्ट्रिय प्रतिस्पर्धामा नेपाल व्याडमिन्टन संघको शीर्ष १० बाहेकले प्रतिस्पर्धा गर्न पाउने…
पुरा पढौ