प्रदेश

लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माण गरिने

पोखरा-एक दशकअघिसम्म मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ सर्वसाधारणको पहुँच कम थियो । उपल्लो मुस्ताङमा यात्रा सहज थिएन । तर अहिले यातायातको सहज पहुँच छ । सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ । खेलकुदका पूर्वाधार थपिएका छन् । अहिले कोरोनाको महामारीकै बीचमा खेलाडीलाई खोप लगाई फुटबल तथा भलिबल प्रतियोगिता चलिरहेको छ । लोमान्थाङ–५ लोवाथाङ हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक… पुरा पढौ

पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका छन । सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन । डेढ दशक भन्दा बढि समय क्रिकेटसँग साइनो गासेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन । उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पायो ।… पुरा पढौ

मुस्ताङ हाई अल्टिच्युडमा भलिबल, चराङको संघर्षपूर्ण जित

पोखरा-मुस्ताङमा सञ्चालित हाईअल्टिच्युड खेलकुद प्रतियोगिताको आज चौथो दिन भलिबलका तीन खेलिएको छ । जनचेतना युवा क्लब ढाकमारको आयोजनामा ढाकमार खेलमैदानमा सञ्चालित प्रतियोगिता अन्तर्गत आईतबार भलिबलको पहिलो खेलमा टुक्सुम्बा युवा क्लब घमीले स्नोल्याण्ड युवा क्लब ठोवा टिम एलाई सोझो सेटमा पराजित गरेको छ । लिगचरण अन्तर्गतकै खेलमा घमीले २५–११, २५–१३ को सेटमा पराजित गर्दै अगाडि बढ्यो । खेलमा घमीका पेमा ग्याल्पो म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोस्रो खेलमा बुद्धशान्ति युवा क्लब चराङ टिम एले जनचेतना युवा क्लब ढाकमारलाई… पुरा पढौ

लोमान्थाङमा खेलकुद,चराङ, किमलिङलाई सोझो सेटको नजिता

पोखरा-गत बिहीबारदेखि उपल्लो मुस्ताङबासी खेलकुदको रौनकमा झुमेको छ । जनचेतना युवा क्लब लोमान्थाङको आयोजनामा दुईदिन अघिदेखि फुटबल र भलिबल प्रतियोगिता शुरु भएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोग्याल जिङ्मी स्मृति कप’ लिगकम नकाउट फुटबल तथा भलिबल प्रतियोगिता शुरु भएको छ । फुटबल र भलिबलका लिगचरणका खेलहरु सञ्चालित छन् । शनिबार मात्रै भलिबलका चार खेल टुंगिएको छ । शनिबारको प्रतिस्पर्धामा चराङ युवाक्लब टीम एले घिलिङ युवा क्लबको टिम एलाई सोझो दुई सेटमा पराजित गरेको छ । पहिलो सेट… पुरा पढौ

खेलाडीलाई खोप लगाएपछि उपल्लो मुस्ताङ खेलकुद प्रतियोगिता

पोखरा-अरु जिल्लामा खेलकुद सुनसान छ । तर हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक छ । अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ । बिहीबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोक्याल जिङ्मी स्मृति कप’ खेलकुद प्रतियोगिता शुरु भएको छ । उदघाटन गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले गरे । आयोजकको जिम्मेवारी जनचेतना युवा क्लबको काँधमा छ । आयोजना वर्षेनी फरक फरक युवा क्लबले गर्दै आएको छ । प्रतियोगिता आयोजना गर्न… पुरा पढौ

पोखराको फुटबल मैदान मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड

पोखरा-अखिल नेपाल फुटबल संघले शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि बढाएको छ । यद्यपी प्रस्तावको निर्णय भईसकेको छैन् । गण्डकी प्रदेशकै सफल क्लब मनाङ मस्र्याङ्दीलाई पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने विषयमा छलफल समेत भईसकेको छ । क्लबका पदाधिकारी तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका पदाधिकारी बीच छलफल भएको छ ।… पुरा पढौ

पोखरा म्याराथनलाई हङकङ नेपालीको सहयोग

पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङबाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन । पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका यूवाहरुले गत वैशाखमा सम्पन्न १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन । पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर,… पुरा पढौ

एथ्लेटिक्समा पदक जित्ने खेलाडीलाई सम्मान

काठमाडाैं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत एथ्लेटिक्स तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई आज नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ । नेपाल एथलेटिक्स संघले आज एक कार्यक्रमको आयोजना गरेर एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो । संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ । गत मंसिरमा सम्पन्न १३ औं सागमा सन्तोषी श्रेष्ठले… पुरा पढौ

खेलकुदलाई १५ सय ३५ खोप माग

पोखरा-खेलाडीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने माग गर्दै खेलकुद सम्बद्ध पदाधिकारीले जिल्ला प्रशासन समक्ष आग्रह गरेका छन् । खेलकुदसँग सम्बद्ध संघसंस्थाले १५ सय ३५ डोज खोप उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । गण्डकी प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायतका संघसंस्थाका पदाधिकारीले जिल्ला प्रशासन पुगेर खोप उपलब्ध गराउनुपर्ने आवाज उठाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीसँग भेट गर्दै खेलकुदलाई चलायमान बनाउन खेलाडीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् । जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

खोप नपाउँदा खेलकुद क्षेत्र निराश

पोखरा-कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छ । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्र निराश छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् । राष्ट्रको अन्तराष्ट्रिय एरिनामा झण्डा बोक्ने खेलाडी यतिबेला घरमै बसेर दिनबिताईरहेका छन् । सरकारले पनि खेलकुद क्षेत्रलाई समेत भीडभाड हुने क्षेत्रमा राख्दै आगामी साउन ५ गतेसम्म कुनैपनि गतिविधि नगर्न सूचना जारी गरेको छ । साउन ५ गतेसम्म निषेधाज्ञा लम्बिएपछि खेलकुद क्षेत्र ठप्पै जस्तो छ । ‘पहिला सरकारले उपब्ध गराएको थियो । तर खेलाडीहरु… पुरा पढौ