मुख्य समाचार

इंग्ल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुआत

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुआत ले विजयी शुरूवात गरेका छन् । दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो । इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो । वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित… पुरा पढौ

मासन माउन्टको ह्याट्रिमा चेल्सीको सानदार जित

काठमाडौं । मासन माउन्टको ह्याट्रिको मद्दतमा चेल्सीले नर्विचत सिटीमाथि ७–० को फराकिलो जित निकालेको छ । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले नर्विचविरुद्ध पहिलो हाफमा तीन र दोस्रो हाफमा थप चार गोल गरेको हो । ह्याट्रिक पूरा गरेका माउन्टले आठौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । एक तर्फी जस्तो भएको खेलमा माउन्टले ८५औं मिनेटमा पेनाल्टी र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस अघि पहिलो हाफमा ३–० को नतिजा सुम्पिँदा १८औं मिनेटम कलुम हुड्सनले… पुरा पढौ

अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

पोखरा-अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन् । गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन् । आफनो तौल समूहमा प्रथम… पुरा पढौ

प्रदेश सरकारको दोहोरियो प्रतिबद्धता, तटबन्धको लागि आएन बजेट

पोखरा-छेवैमा खोला छन् । दुई खोलाको कटान वर्षेनी छ । खोलाकै दोभानमा रहेको मैदानमा फिफाको ड्रिम प्रोजेक्ट छ । कटान रोक्न तटठबन्धको लागि ठुलै बजेट चाहिन्छ । बजेट अहिलेसम्म सरकारले छुट्टाउन सकेको छैन् । गण्डकी प्रदेश सरकारले पटकपटक तटबन्धको लागि प्रतिबद्धता जनाएपछि रकम निकासा नहुदाँ ड्रिम प्रोजेक्टले सार्थकता पाउन सकस भएको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भेडाबारीस्थित निर्माण गरिने भनिएको एन्फा टेक्निकल सेन्टरको अवलोकन गरेका थिए । अवलोकनकै क्रममा तटबन्धको लागि गण्डकी… पुरा पढौ

विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि खेलाडीलाई विदाई

पोखरा-विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुने चार नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले विदाई गरेको छ । अन्तराष्ट्रिय बक्सिङ्ग संघको आयोजनामा यहि अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म सर्बियाको राजधानी वेलग्रेडमा हुने २१ औ एआईबीए विश्व बक्सिङ्ग च्याम्पियनसिप सहभागी हुने नेपालबाट ४ जना खेलाडी एवं प्रशिक्षकहरुलाई युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदाई गरेका छन् । मन्त्रीज्यूबाट संपूर्ण खेलाडी तथाअफिसीयललाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गहतराजले बक्सिङ्गको महाकुम्भ प्रतियोगिता नेपाली खेलाडीहरुको उच्च प्रदर्शनका साथै पदक जित्नको लागी खेल्न प्रेरणा दिए… पुरा पढौ

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण आज

काठमाडौं । ताजाकिस्तान भ्रमणमा रहेकाे नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो… पुरा पढौ

स्कटल्याण्ड पहिलो पटक सुपर १२ मा

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर-१२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो । ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए ।… पुरा पढौ

‘पोखरा रंगशाला संरक्षणसँगै भोगाधिकार प्रदेशलाई दिनुपर्छ’

पोखरा-कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएको छन् । पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ लगानी गरेको छ । संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन् । कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन् । पोखरा रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट निर्माणको क्रममै छ । १ अर्ब २८ करोडको लागत छ । चार वर्ष अघि देशकै ठूलो बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । झण्डै १६ करोड लागतमा बनाईएको हो । त्यो बाहेक पोखरा–१९ लामाचौरमा राष्ट्रिय खेलकुद परिषद मार्फत फुटबल मैदान… पुरा पढौ

बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

काठमाडौं- नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन । खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ… पुरा पढौ

संघहरु सामानको लागि आतुर

पोखरा-दुईवर्ष अघि देखि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा शुरु भएको थियो । कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पूर्वाधार र आवश्यक खेल सामाग्रीको लागि बजेट छुट्टाईसकेको छ । पूर्वाधारको लागि दुई करोड रुपैयाँ छ । संघहरुलाई आवश्यक सामाग्री उपलब्ध गराउन मन्त्रालयले ५० लाख रुपैयाँ राखेको गण्डकी… पुरा पढौ