मुख्य समाचार

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको अविजित अर्धसतकीय पारीको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकोे खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध ७ विकेटको ऐतिहासिक जित निकालेको छ । अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको १ सय २२ रनको मध्ययम लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्दा ७ विकेटको जित निकालेको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकीय पारी खेले । ४६ बल खेलेका ज्ञानेन्द्रले ४ चौका र २ छक्काको मद्दतमा ५२ रनको व्यक्तिगत पारी खेलेका हुन्… पुरा पढौ

ओमानमाथि ७ विकेटको फराकिलो जित

पोखरा-ज्ञानेन्द्र मल्लको कप्तानी पारी र सन्दीप लामिछाने तथा करण केसीको किफायती बलिङ गरेपछि ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानलाई आईतबार सस्तैमा समेट्ने क्रममा नेपाली बलरको लोभलाग्दो प्रदर्शन देखियो । अघिल्लो दिन अमेरिकासँग पराजित भएको नेपालले ओमान यात्रालाई टुग्याउँदा सुखद नजिता आत्मसात गरेको हो । ओमानले दिएको १२२ रनको लक्ष्यलाई नेपालले केवल १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्यो । ओपनर कुशल भुर्तेललाई ६ रनमा पभेलियन फर्काएपछि नेपालको इनिङे्सलाई कप्तान मल्ल र आशिफा शेखले सम्हाले । शेखले… पुरा पढौ

सविन मेमोरियल ढुकुसँग पराजित

पोखरा- पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार घरेलु टोली सविन मेमोरियल फुटसल क्लब ढुकु फुटसल हबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको जितमा रुपेन बराइलीले २ तथा कप्तान अन्जन थापा, घेली शेर्पा, रेइफी महर्जन र रोजल दाहालले समान १–१ गोल गरे । झरनाका लागि मोहन बहादुर थापा मगर र अमित गुरुङले १–१ गोल गरे । जितसंगै लुम्बिनीले ३ अंक बटुलेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउने सपना छ–मुख्यमन्त्री

पोखरा-गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै क्षेत्र कोरोनाले थलिएको बताउँदै अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल भूतपुर्व खेलाडी मञ्च नेपालको एघारौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनलाई उदघाटन गर्दै मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने सपना रहेको उल्लेख गरे । ‘कोरोनाले सबै क्षेत्र शिथिल छ । खेल पर्यटनकै माध्यमबाट समृद्धिको परिकल्पना गर्न सकिन्छ’ उनले भने–‘त्यसको लागि खेलकुदको हबको रुपमा विकास गर्ने सपना गण्डकी प्रदेश सरकारले देखेको छ ।’ मुख्यमन्त्री नेपालीले… पुरा पढौ

नेपालले आज ओमानसँग दोस्रो खेल खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई नतिजा सुम्पिएको नेपालल आज जितको खोजीमा मैदान उत्रिनेछ । यस अघिका भेट सुखद बनाउन नसकेको नेपालल सुखद बनाउने लक्ष्य राखेको छ । सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध जारी सिरिजमा लगातार दोस्रो जित निकाल्न… पुरा पढौ

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभपुरले क्रिस्टल प्यालेसलाई हराउँदा साविक विजेता म्यानचेस्टर सिटीले बराबरीमा रोकिएको छ । लिभपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दा अर्को खेलमा म्यानचेस्टर सिटी साउथ ह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो । जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभपुललले साडियो मानेको गोलबाट सुरुआती अग्रता निकालेको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मानेले गोल गर्दै पाहुना… पुरा पढौ

स्पोर्टस क्यासलको फराकिलो जित

पोखरा-धरानको राइजिङ फुटसल क्लबले राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा विजयी शुरुवात गर्दा स्पोर्टस क्यासलको फराकिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा द राइजिङ क्लब धरानले स्काइ गोल्डमाथि पुनरागमन जित निकाल्यो । पहिलो हाफमा १–० गोलले पछि परेको धरान दोस्रो हाफमा भने निकै उत्कृष्ट लयमा फर्किदैै ५–४ गोलको नजितासँगै जित आत्मसात गर्यो । धरानको जितमा रिवोस मास्केले २ तथा मिलन लिम्बु र दोेर्जे तामाङले समान १–१ गोल गरे । मास्के खेलको… पुरा पढौ

अग्रता जोगाउन नसक्दा नेपाल पराजित

काठमाडौं-१०औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले फिलिपिन्स विरुद्ध ऐतिहासिक जित निकाल्नबाट चुकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको हो । नेपालले १० मिनेटमा विमला चौधरीको हेडर गोलबाट अग्रता लिएको नेपालले अन्तिम मिनेटमा गोल खाँदा इतिहास कोर्ने मौकाबाट बञ्चित भएको हो । यस अघि सन १९९९ को एएफसी महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग ५–० ले पराजित भएको थियो । खेल बराबरी आएपछिको दुई मिनेट पछि इन्जुरी समयमा दोस्रो गोल गर्दै अग्रता… पुरा पढौ

सविन मेमोरियलले गर्यो जर्सी सार्वजनिक

पोखरा-दुई महिनाको प्रशिक्षण पश्चात सविन मेमोरियल फुटसल क्लब(फुटबल क्लब)नेपाली फुटसल इतिहासमै पहिलो पटक आयोजित फुटसल लिग च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ । आईतबार ढुकु फुटसल क्लबसँग प्रतिस्पर्धामा उत्रिदैं छ । पोखराबाट दुई क्लबले फुटसल लिग च्याम्पियनसिपमा उपस्थिति जनाउँदा पूर्वदेखि पश्चिमसम्मका बाँकी ८ क्लबले उपाधि प्रतिस्पर्धाको लागि पोखरा आईसकेका छन् । राउण्ड रोविनमा एक क्लबले ९ खेल खेल्ने छ । नियमकै हिसाबमा विभिन्न फुटसल एरिनामा खेलिने फुटसल भन्दा निकै फरक छ । नेपालमा फुटसलको विकास हुदैं गएको छ । टर्फ मैदाना फुटसल… पुरा पढौ

प्रिन्स दोश्रो चरणमा

काठमाडौं- आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१- ७, २१ -१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए । रुकेशले शिवराम चौधरीलाई २१- ५, २१ -४ ले तथा पविनले शिभ राईलाई २१ -११, २१ -४… पुरा पढौ