मुख्य समाचार

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस स्तब्ध

एजेन्सी, फागुन ६ । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमुण्डले सेभिल्लालाई पराजित गर्दा अर्काे खेलमा पाेर्टाेसँग युभेन्टस स्तब्ध भएकाे छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस स्तब्ध भएको हाे । अवे मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो । क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले प्रदर्शन राम्रो गरे पनि जितका लागि आवश्यक गोल गर्न सकेन । पोर्टोले दुवै हाफको पहिलो मिनेटमा गोल गरेको हो । उसका लागि मेहदी तारेमीले खेलको पहिलो… पुरा पढौ

म्यानचेस्टर सिटीलाई १० अंकको अग्रता

एजेन्सी । एभर्टनलाइ हराएर लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो । अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । घरेलु टोली एभर्टनका लागि ३७ औँ मिनेटमा रिचार्लिसनले एक गोल फर्काएका थिए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६… पुरा पढौ

पोखरामा ‘द अरनिको ट्रफी’ सिरिज

काठमाडौं- नेपाल लोकतान्त्रिक खेलकुद संघले बागमती प्रदेश महिला क्रिकेट टोली पोखरा आएको छ । आजदेखि पोखरामा ६, ७ र ८ गते हुने ‘द अरनिको ट्रफी’ सिरिज अन्तरगतको होम एण्ड अवे प्रतियोगितामा प्रतिस्पर्धा गर्न बागमती प्रदेश महिला क्रिकेट टोली काठमाडौंबाट पोखराको लागि प्रस्थान गरेको हो । सिरिजमा गंडकी प्रदेश र बागमती प्रदेशबिच ५० ओभरको ६ एक दिवसिय प्रतियोगिता हुने छ । जसमा एक महिना भित्र ३ एक दिवसीय खेल पोखरा र ३ एक दिवसीय खेल काठमाण्डौमा हुनेछ । प्रतियोगितालाई भारतस्थित डिलक्स… पुरा पढौ

पर्वत र म्याग्दी क्र्वाटरफाईनलमा

पोखरा-म्याग्दीले दोहोरो जितसँगै पोखरामा आयोजित मुख्यमन्त्री कप भलिबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । लिगकम नकाउटमा खेलाईएको भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फ म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भईरहेको खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो । पुरुष तर्फकै अर्को… पुरा पढौ

सलाह र मानेको गोलमा लिभरपुलको सहज जित

एजेन्सी, फागुन ५ ।  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ । लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे । लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो । ५३ औं मिनेटमा सलाहले र र ५८ औं मिनेटमा मानेले… पुरा पढौ

एमबाप्पे चम्किएकाे खेलमा पीएसजीसँग बार्सिलोना स्तब्ध

एजेन्सी, फागुन ५ । घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलाेना भ्रमणकारी टाेली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा पराजित भएकाे छ । मंगलबार राती भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्रमण सफल पारेकाे हाे । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई… पुरा पढौ

सावित्रा ६ देखी ९ महिना मैदान बाहिर

काठमाडौं-एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त हुदाँ करिब ६ देखी नौ महिना मैदान बाहिर रहने छन् । राष्ट्रिय महिला लिगमा पुलिस विरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गनुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गर्नुपर्ने भएकै कारण उनी लामो समय मैदान बाहिर रहने भएकी हुन् । एपिएफका टिमका व्यवस्थापक अमित मल्लले घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नु पर्ने भएको जानकारी दिए । ‘स्ट्राइकर सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ९एसिएल०, पोस्टेरियर क्रुसिएट लिगामेन्ट ९पिसिएल० र मिनिस्कसमा समस्या देखिएको छ,’ एपिएफका व्यवस्थापका… पुरा पढौ

कास्की पराजित

पोखरा-कास्कीले हारसँगै मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुष तर्फ कास्की स्याङजासँग सोझो सेटमा पराजित हुन पुग्यो । भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकाल्यो । पुरुष तर्फ नै तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो । पोखरामा कास्की जिल्ला भलिबल संघको आयोजनामा आजदेखि मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल… पुरा पढौ

चैत पहिलो साता देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता

काठमाडौं- चैतको पहिलो साता देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । स्पिन इभेन्ट्स प्रालिलिे मंगलबार पत्रकार सम्मेलन गरेर देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता चैत २ देखी ७ गते सम्म सञ्चालन गर्ने जनाएको हो । अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोगका साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र… पुरा पढौ

पर्वतीय दौडको उपाधि धरानका राईलाई

पोखरा-पोखरामा मंगलबार आयोजित पर्वतीय दौडको उपाधि धरानका धावक मोहनकुमार राईले जितेका छन् । श्री पञ्चमीको अवसरमा दुर्गायुवा क्लब अर्मलाकोटले आयोजना गरेको छैटौं संस्करणको पर्वतीय दौडमा धरानका राईले ५३ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हनु् । पोखराको केआईसिंह पुलबाट शुरु भएको दौड अर्मलाकोटमा पुगेर टुंगिएको थियो । १२ किलोमिटरको दौडलाई ५५ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै पोखराका शरद बराल दोस्रो स्थानमा रहे । त्यसैगरी पोखरा भलामका धावक दिलकुमार बुढामगरले ५६ मिनेट ३९ सेकेण्डमा पुरा गरेर तेस्रो स्थानमा चित्त बुझाए… पुरा पढौ