मुख्य समाचार

मध्यपुरको पहिलो जित, सातदोबाटोको शीर्षता कायमै

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबालाई हराउँदै जारी लिगमा पहिलो जित निकालेका छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्दा अर्को खेलमा मध्यपुरले टुसाल क्लबलाई २–० ले पराजित गरेर जारी लिगमा पहिलो जित निकालेको हो । निकै रोमाञ्चक भएको दिनको पहिलो खेलमा सातदोबाटोको जितमा दार्जे… पुरा पढौ

स्याङजा र चितवन बीच उदघाटन खेल

पोखरा-सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार पोखरा रंगशाला क्रिेकट मैदानमा यही फागुन १७ गते चितवन क्रिकेट टिमले स्याङजा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिता शुरु हुने छ । के.एन स्पोर्टस प्रा.लिको आयोजना तथा सुपर जनरल(द कन्फिडेन्स च्वाईस)को मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको दोस्रो दिन १८ गते पहिलो खेल चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । एफ एण्ड एफ हाम्रो मार्ट प्रालि, गण्डकी प्रदेश क्रिकेट संघ तथा… पुरा पढौ

फागुन २४ गतेदेखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता

पोखरा-रुपा गाँउपालिकाले आफनो स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने छ । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतियोगिताको उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट… पुरा पढौ

ब्वाइज युनियनले फराकिलो जित निकाल्दा विनोदको ह्याट्रिक

काठमाडौं- झम्सीखेल युथ क्लबमाथि ४–० को फराकिलो जित निकालेको ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार जित निकाल्दा अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँ वस्ती युवा क्बलाई ४–२ ले हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा ब्वाइज युनियनले झम्सीखेल युथ क्लबलाई ४–० को फराकिलो जित निकाल्दा जारी लिगमा तेस्रो जित हात पारेको हो । निकै रोमाञ्चक बनेको खेलमा ब्वाइज युनियनलाई सफलता दिलाउन विनोद राईले ह्याट्रिक गर्दा टंक… पुरा पढौ

बाँसबारी र श्री कुमारी क्लबलाई सफलता

काठमाडौं, फागुन १२ । टुसाल युथ क्लबलाई ३–१ ले हराउँदै बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको तेस्रो स्थानमा उक्लिँदा दिनको दोस्रो खेलमा श्री कुमारी क्लबले भगवती क्लबलाई ४–१ हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गर्दा अनिल गुरुङले एक गोल गर्न सफल भए । टुसालका सुनिल धामीले एक गोल गरे बाँसबारीको अन्तर घटाएका थिए । दुई गोल गरेका भीष्मराजले… पुरा पढौ

किसुनजीको नाममा हाफ म्याराथन हुने

काठमाडौं- नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई ९किसुनजी० को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङ्गले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको जानकारी गराए । समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बिज्ञप्तीमा जनाईएको छ । प्रतियोगितालाई… पुरा पढौ

बैशाख दोस्रो साता फुटबलको नेपाल सुपर लिग

काठमाडौं-क्रिकेट जस्तै नेपालमा अब फुटबलको पन फेन्चाईज शैलीमा नेपाल सुपर लिग हुने । सुपर लिग आगामी बैंशाख दोस्रो सातादेखि शुरु गरिने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि प्रतियोगिता शुरु हुने छ । क्रिकेट फ्रेन्चाईज लिग जस्तै गरी फुटबलको लागि खेलाडीहरुलाई टोलीमा भित्रयाउने रकमको बोली लगाईने छ । काठमाडौंको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुने छ । एन्फाको प्राविधिक सहयोग रहने छ । सात… पुरा पढौ

फागुन १७ देखि पोखरामा सुपर जनरल टी–२० क्रिकेट लिग

पोखरा-ओरालो लाग्दै आएको कास्कीको क्रिकेटमा नयाँ आयाम थप्ने अभियान निजी क्षेत्रबाट शुरु गरिएको छ । के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्कीका क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना गर्दै छ । निजी कम्पनीले बैदेशिक कम्पनीसँगको सहकार्य एवं मुख्य प्रायोजनमा पहिलो पटक टी–२० लिग आयोजना गर्ने जमर्को गरेको हो । सुपर जनरल दुबईस्थित कम्पनी हो । कम्पनीले एक वर्षे सम्झौता गर्दै के.एन स्पोर्टसँग सम्झौता गर्दै मुख्य प्रायोजनको जिम्मेवारी लिएको हो । पोखरा रंगशाला… पुरा पढौ

एकै प्रतियोगिताका टोलीमा भिन्नता किन यति धेरै ?

काठमाडौं, फागुन ९ । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने राष्ट्रिय महिला लिग शुक्रबार दशरथ रंगशालामा समापन भयो । तीन विभागीय र चार मोफसलका टोलीलाई समावेश गरि सञ्चालन गरिएको लिगमा कुनै टोली प्रतिद्वन्द्वी विरुद्ध निकै हावी हुँदा कुनै टोली भने निरिह बने । एउटै प्रतियोगितामा सहभागि टोलीको खेलमा किन यस्तो भिन्नता भयो ? विभागीय टोली मध्येको एपिएफले प्रतिद्वन्द्वीविरुद्ध फराकिलो जितसहित अपराजित रहँदै उपाधि उचाल्दा उदयपुरको चौदण्डीगढी भने अंक तालिकामा अंक विहिन हुँदै घर फर्किएको छ । भनिन्छ, प्रतिस्पर्धा भए खेलाडीको खेल विकास… पुरा पढौ

लिभरपुलकाे मैदानमा एभर्टनको ऐतिहासिक जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले ऐतिहासिक जित दर्ता गरेको छ । एभर्टनले लिभरपुललाई पछिल्लो २२ वर्षमा पहिलो पटक उसकै मैदानमा पराजित गरेको हो । भ्रमण टोली एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो । सन् १९९९ पछि पहिलो पटक लिभरपुललाई उसकै मैदानमा हराउने क्रममा एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन् । पराजित भएको लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौँ तथा एभर्टन २४ खेलबाट… पुरा पढौ