मुख्य समाचार

म्याग्दी र तनहुँलाई उपाधि

पोखरा-मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत जिल्लालाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्दै दुई लाख नगद राशीको उपाधि आफनो नाममा लेखायो । पर्वतले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको… पुरा पढौ

उषा खनाल गण्डकी च्याम्पियन

पोखरा-प्राचीन ऐतिहासिक थलो लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसमा गण्डकी प्रदेश महिला तर्फ गोर्खाकी उषा खनाल प्रथम, लम्जुङकी केशरी थापा मगर दोश्रो र कास्कीकी जमुना थापा तेश्रो स्थान आईन् । पुरुषतर्फ कास्कीका सन्दिप सुदौली प्रथम, गोर्खाका लेखप्रसाद भट्ट दोश्रो र गोर्खा पालुङटारका शिव श्रेष्ठले तेश्रो स्थान हासिल गर्न सफल भए । गण्डकी प्रदेश पुरुष र महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश. ५ हजार, तीन हजार र २५ सय नगद प्राप्त गरे । विजेताद्वय शसस्त्र प्रहरी… पुरा पढौ

अपराजित हुँदै एपिएफले उपाधि उचाल्यो, एपिएफसँग आर्मी पुनः स्तब्ध

काठमाडौं, फागुन ७ । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा पनि शुक्रबार निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो । एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा… पुरा पढौ

सोनी र लक्ष्मण लिगलिग साईकल रेस च्याम्पियन

पोखरा-लिगलिक कोट आफैंमा ऐतिहासिक थलो हो । ऐतिहासिक थलोलाई पर्यटकीय गन्तव्य बनाउन पहिलो पटक आयोजित साईक्लिङ रेसको उपाधि पुरुष तर्फ शसस्त्र प्रहरी बलका लक्ष्मण मल्लले जितेका छन् । महिला तर्फको उपाधि भने शसस्त्र प्रहरी बलकी सोनी गुरुङले जित्न सफल भईन् । लिगलिग भिलेज स्पोर्टसकको आयोजनमा शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली सेनाका हिमाल टमटा दोस्रो भए । आर्मीकै ओकेशराज बज्रचार्य भने तेस्रो स्थानमा रहे । महिला तर्फ भने लक्ष्मी मगर दोस्रो स्थानमा रहँदा उषा खनाल भने तेस्रो स्थानमा चित्त बुझाईन् । लिगलिग… पुरा पढौ

क्लबस्तरीय टी–२० लिग गर्न सम्झौता

पोखरा-सुस्ताएको कास्कीको क्रिकेटलाई पुर्नजागृत गराउन के.एन स्पोर्टसले अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्न सम्झौता गरेको छ । स्पोर्टसले टी–२० क्रिकेट लिग आयोजना दुबईको सुपर जनरल(द कन्फिडेन्ट च्वाईस)सँग सम्झौता गरेको हो । पहिलो पटक एक वर्षे सम्झौता गरिएको छ । सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाईसकेको छ । के.एन स्पोर्टसका निर्देशक कमल थापा र सुपर जनरलका प्रतिनिधि फैजल अली बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । क्रिकेट लिगलाई एफ एण्ड एफ हाम्रो मार्ट प्रालिले सहयोग गरेको छ । पोखरामा कास्की जिल्ला क्रिकेट… पुरा पढौ

अन्तिम खेलमा च्याम्पियन एपिएफ र आर्मी भिड्दै

काठमाडौं, फागुन ७ । राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदा लिगकाे समापन हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने दिनकाे दाेस्राे खेल च्याम्पियन एपिएपफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ । एपिएपफ र आर्मीबीचकाे खेल दिनकाे २ बजे हुनेछ । पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ भने चाैदण्डीगढी लिगमा खाता खाेल्न चाहन्छ । पुलिस ११… पुरा पढौ

सन्दीप लामिछानेलाई कुनै टोलीले चासो देखाएनन्

काठमाडौं- आईपीएल २०२१ को भारतको चेन्नाईमा मिनी अक्सनमा नेपाली स्पिनर सन्दिप लामिछानेलाई कुनै पनि टोलीले चासो देखाएनन् । ४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई लिन कुनै पनि टिमले इच्छा नदेखाउँदा सन्दिप पहिलो दिनको अक्सनमा अनसोल्ड भएका हुन् । २०१८ मा पहिलो पटक आईपीएल खेल्न छनोट भएका सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली क्यापिटलले भित्र्याएको थियो। ३ सिजन दिल्लीमा बिताएपछि उनलाई दिल्लीको यो सिजन रिलिज गरेको थियो। आईपीएलको युएईमा सम्पन्न पछिल्लो सिजन सन्दिपले कुनै पनि खेलमा अन्तिम९११ मा मौका पाएका… पुरा पढौ

पर्वत, तनहुँ र म्याग्दीको दुवै टोली अन्तिम चारमा

पोखरा-मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला तर्फ म्याग्दीले तनहुँ र पर्वतले कास्कीसँग फाईनल प्रवेश गर्नको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ भने स्याङजाले पर्वतसँग र तनहुँले म्याग्दीसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो । महिला तर्फ म्याग्दीले स्याङजामाथि २५–५, २८–२६ को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । त्यसैगरी तनहँुले पनि हिमालपारीको जिल्ला मुस्ताङलाई सोझो सेटमा पराजित… पुरा पढौ

एनएनआईपिए स्पोर्टस अवार्डको तयारी पूरा

काठमाडौं- नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने… पुरा पढौ

आईपीएल अक्सन आज हुँदै, सन्दीप सम्भावना कति ?

काठमाडौं, फागुन ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सन आज हुँदैछ । भारतकाे चेन्नईमा आयोजना हुने अक्सनमा अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् । अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् । जहाँ क्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएकाे नेपाल क्रिकेट संघले यस अघि जानकारी गराएकाे थियाे ।… पुरा पढौ