मुख्य समाचार

चेल्सी र टोटनह्यामको रोमाञ्चक प्रतिस्पर्धाको प्रतिक्षा

एजेन्सी-परिवेश निकै फरक छ । चेल्सी र टोटनह्याम हट्सपर बीच आईतबार ईंग्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धाकै सम्मुखमा आईपुग्दा चेल्सी र टोटनह्याम दुवैले जित निकाल्ने उद्देश्यसहित मैदानमा उत्रिने छन् । चेल्सीका व्यवस्थापक फ्रयांक लाम्पार्ड छन् । टोटनह्यामका व्यवस्थापक जोसे मोरिन्हो छन् । हिजो चेल्सीमा मोरिन्हो व्यवस्थापक हुदाँ लाम्पार्ड खेलाडी थिए । खेलाडी र व्यवस्थापक बीचको प्रतिस्पर्धा हुने छ । एकापसमा प्रतिस्पर्धा हुने छ । रोमन अब्रामोभिचले चेल्सीको स्वामित्व लिएपछि १००० हजार खेल्दै छ । त्यसको जिम्मेवारी लाम्पार्डको काँधमा… पुरा पढौ

उत्कृष्ट धुनर्धर

पोखरा-खेलकुद र संगीत फरक पाटो हुन् । तर लगाब एउटै हो । एकाग्रता बिना संगीतको साधना हुनै सक्दैन् । खेलकुद पनि उस्तै हो । शान्त बातावरणमै संगीतको सुर निस्कन्छ । कोलाहलमय बातावरण भए संगीतको साधनामा खलल पुग्छ । खेलकुदमा पनि साधना विना लक्ष्य हासिल हुदैैन् । लगाव र मेहनत त पक्कै हुनै पर्छ । कुनैपनि खेलकुदमा एकाग्रता नभए लक्ष्य हासिल हुदैंन् ।……………………………………………………………………………………………………………असिम शेरचन(४६)को परिचय दोहोरो छ । संगीतकर्मीले उनलाई आफनै परिचय दिन्छन् । खेलकुदकर्मीले उनलाई अन्तराष्ट्रिय खेलाडीको रुपमा चिन्छन् ।… पुरा पढौ

भारत ६६ रनले पराजित

एजेन्सी-कप्तान आरोन फिन्च र स्टेभन स्मिथले शतकीय पारी खेलेपछि अष्ट्रेलियाले भ्रमणकारी टोली भारतलाई एकदिवसीय तीन खेलको श्रृखंलाको पहिलो खेलमा ६६ रनले पराजित गर्दै सिरिज १-० ले अग्रता लिएको छ । सिड्नीस्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले भ्रमणकारी टोली भारतलाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो । फिन्च र स्मिथको शतकीय पारीमा अष्ट्रेलियाले ६ विकेट गुमाउँदै ३७४ रनको विशाल योगफल तयार पारेको थियो । कोरोनाको संक्रमणकालिन अवस्थामै पहिलो एकदिवसीय खेलमा वर्षको पहिलो सतकीय पारी खेल्दै उत्कृष्ट लय देखाए । फिन्चले… पुरा पढौ

भारत र अष्ट्रेलिया बीच आज पहिलो एकदिवसीय खेल

एजेन्सी-कोरोना कहरसँगै शुरु भएको अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत आज भारत र अष्ट्रेलिया विरुद्ध पहिलो एक दिवसीय खेल खेल्दै छ । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन एकदिवसीय श्रृखंला अन्तर्गत केहीबेरमा पहिलो एकदिवसीय खेल खेल्ने छ । आठ महिनापछि शून्यतामा रहेको अवस्थालाई चिर्दै क्रिकेटकै रोमाञ्चक खेल शुुरु हुदैं छ । कोरोनाको संक्रमणकालिन अवस्थामै यो पहिलो एकदिवसीय खेल समेत हो । भारतले नोभेम्बरकै दोस्रो साताभित्रमा फ्रेन्चाईज क्रिकेट लिग(आईपिएल) दुबईमा आयोजना गरेर टुग्याईसकेको थियो । आईपिएलपछि भारत अष्ट्रेलिया भ्रमणमा निस्किएको हो । पहिलो एकदिवसीय खेलमा… पुरा पढौ

सम्झनामा म्याराडोना

एजेन्सी-होचो कद । तर फुटबलको उचाई भने निकै अग्लो । होचो तर फुर्तिलो डिएगो म्याराडोनाले आधुनिक फुटबल जगतलाई ह्याण्ड अफ गड छोडेर विदा भए । ६० वर्षको उमेरमा गएराती निधन हुन पुग्यो । फुटबल जगत उनको निधनले शोकमा डुब्यो । गरीब परिवारबाट फुटबल उदाएका म्याराडोनाको जीवन लागु औषध र मदिरा सेवनका घटनाले बढि चर्चित भए । फुटबलको करियर छोडेपछि लागुऔषधको लतमा डुबुल्कीका मार्दै मृत्युसँग संघर्ष गरिरहेका थिए । केही समय अघि मात्रै मष्तिस्कको शल्यक्रिया गरेका थिए । आफना सुरक्षाकर्मीलाई कोरोना… पुरा पढौ

रियल मड्रिडसँग इन्टरमिलान फेरी पराजित

एजेन्सी-रियल मड्रिडले आफनो भरपर्दा खेलाडीको अनुपस्थितिमै च्याम्पियन्स लिगमा गएराती इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो लेगमा भने मिलानलाई उस्तै नजिताले पराजित गरेको थियो । चयाम्पियन्स लिगको दुवै खेलमा मिलान रियल मड्रिडसँग २-० गोलले पराजित हुदैं च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न असफल भएको छ । मिलान चार खेलबाट २ अंकसहित समूहको पुछारमा रहेको छ । गएरातीको प्रतिस्पर्धा मिलानलाई निकै सकस पर्यो । सातौं मिनेटमा ईडेन हाजार्डको गोलसँगै अग्रता लिएको रियलले अर्को गोल उपहार प्राप्त गर्यो । हाजार्डको… पुरा पढौ

म्यारोडोनाको निधनले विश्व फुटबल जगत स्तब्ध

एजेन्सी-विश्व फुटबल जगतले फुटलबका महान हस्तीलाई गुमाएको छ । अजेन्टियन लेजेन्ड डियागो म्यारोडोनाको ६० वर्षको उमेरमा गएराती निधन भएको हो । उनको निधनले विश्वफुटबल स्तब्ध बन्न पुगेको छ । मानसपटलमा म्यारोडोनाको फुटबल खेल्दाको क्षणको याद आउँन थालेको छ । केहीदिन अघिमात्रै मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफलातापूवर्क गरिएपछि अस्पतालको बसाईबाट म्यारोडोना घरमै आराम गरेका थिए । तर उनको बुधबार राती निधन भयो । त्यसपछि उनको अल्कोहल डिपेनडेन्सी सम्बन्धी उपचार हुँदै थियो । उनको निधनले विश्व फुटबलरले सर्वकालिन महान खेलाडी… पुरा पढौ

कप्तान मल्लसहित तीनजना क्रिकेटरलाई कोरोना

पोखरा-पाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र युवा खेलाडी रोहितकुमार पौडेललाई कोरोना संक्रमण देखिएको छ । दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षण गर्ने क्रममा नजिता आज बुधबार आएको थियो । नेपाल क्रिकेट संघ(क्यान)ले कोरोनाको रिपोर्ट सार्वजनिक नगरेपछि कप्तान मल्लले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । बुधबारदेखि बन्द प्रशिक्षण गर्ने योजना सहित नेपाली राष्ट्रिय क्रिकेट टोलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । बन्द परीक्षण शुरु गर्नुअघि… पुरा पढौ

जिल्लाका खेलकुद पूर्वाधार कहिले हुन्छन् पुरा ?

पोखरा-गण्डकी प्रदेशका विभिन्न जिल्लामा कभर्डहल पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । बजेटकै अभावमा पूर्वाधारले पूर्णता पाउन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र स्थानीय तहले खेलकुदको पूर्वाधारमा लगानी गर्दै आएका छन् । परिषदले उपलब्ध गराएको बजेटबाटै गण्डकी प्रदेशका अधिकांश जिल्लामा कभर्ड हल निर्माणाधिन अवस्थामा छन् । तर पुरा कुनैपनि भएका छैनन् । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा कभर्ड हल निर्माणकै क्रममा छ । मुस्ताङमा मन्त्रालयसँगै स्थानीय तहबाट गरी १ करोड १० लाख रुपैयाँ खर्च भईसकेको छ ।… पुरा पढौ

फेरेन्सभारोसमाथि युभेन्ट्सको कठिन जित

एजेन्सी-क्रिष्टियानो रोनाल्डोको गोलबाट कमब्याक गरेको युभेन्ट्सले आज विहान भएको च्याम्पियन्स लिग प्रतिस्पर्धामा फेरेन्सभारोसलाई २-१ गोलले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै युभेन्ट्सले जित निकालेको हो । खेलको १९ औं मिनेटमा युभेन्ट्सले पहिलो खान पुग्यो । फेरेन्सभारोसका लागि मायर्टो युजिनीको गोलबाट अग्रता लिएको थियो । पहिलो गोल खाएको युभेन्टस दबावमा पर्यो । तर पहिलो हाफमौ क्रिष्टियानो रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । ३५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स कमब्याक हुन पुग्यो । खेलको इन्जुरी समयमा अल्भारो… पुरा पढौ