मुख्य समाचार

पल्सर स्पोर्टस अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, पुस २७ । नेपालमा पहिलो पटका सेमि भर्चुअल प्रविधिबाट आयोजना हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड मंगलबार सातदोबाटो स्थित करातेको कर्भडहलमा हुँदै छ । कार्यक्रममा कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुने भएको हो । यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया… पुरा पढौ

नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। एकसाता अघि जन्मस्थान दैलेख पुगेका शाहीको आइतबार राति मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । विभिन्न स्वास्थ्य समस्याबाट पीडित शाही केही समयअघिदेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए । शाही सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा शाही नेपाली राष्ट्रिय टिमको सदस्य थिए। शाहीलाई नेपाली फुटबल जगतमा उत्कृष्ट गोलकिपरमा मानिन्छ । शाही सन् १९९५ देखि… पुरा पढौ

फराकिलाे जितसँगै टोटनह्याम एफए कपको चौथो चरणमा

एजेन्सी, पुस २७ । प्रिमियर लिग क्लब टाेटेनह्याम एफए कपकाे चाैथाे चरणमा प्रवेश गरेकाे छ । मारिनेलाई ५–० ले पराजित गर्दै टाेटेनह्याम चाैथाे चरणमा प्रवेश गरेकाे हाे । पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो। उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे । आइतबार राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित… पुरा पढौ

एफ ए कप फुटबल : लेस्टर सिटी र आर्सनल चौथो चरणमा

एजेन्सी, पुस २६ । लेस्टर सिटी र आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा लेस्टर सिटीले स्टोक सिटीमाथि ४–० ले पराजित गरेको हो भने अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हाे स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएकाे थियाे । लेस्टरका लागि जस्टिनले पहिलाे गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले… पुरा पढौ

मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको फराकिलाे जित

एजेन्सी, पुस २६ । स्पेनिस लालिगा अन्तर्गत गएराति भएकाे खेलमा बार्सिलाेनाले फराकिलाे जित निकालेकाे छ । बार्सिलाेनाकाे जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले दुई–दुई गोल गर्दा बार्सिलोनाले शानदार जित दर्ता गरेको हाे । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल… पुरा पढौ

कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स लाई

कोहलपुर-शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ। बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिवार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६… पुरा पढौ

तनहुँमा यु–१४ फुटबल शुरु

पोखरा-कोरोना कहरले थलिएको खेलकुद क्षेत्र चलायमान बन्न थालेको छ । लामो समयसम्म खेलकुद गतिविधि ठप्प भइरहेको अवस्थामा दमौलीमा भने शनिबारदेखि यु–१४ फुटबल प्रतियोगिता शुरु भएको छ । तनहुँ र कास्कीका १० क्लबको सहभागिता रहेको छ ।प्रतियोगिताको नेपाल फुटबल संघ(एन्फा) तनहुँका उपाध्यक्ष रविन पौडेलले उदघाटन गर्दै फुटबलको बिकास गर्दै खेलकुद र पर्यटनलाई सँगैसँगै लैजानुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका नगरसभा सदस्य समेत रहेका उनले लागु औषधमुक्त युवा समाज निर्माणको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए । रिभरसाईड युवा क्लबको आयोजनामा शुरु भएको… पुरा पढौ

सुरेश र अनिशा क्रस दुवाथोलन च्याम्पियन

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा काठमाडौंको टोखामा आयोजित पुरुष क्रस दुवाथोलनको उपाधि सुरेश भुजेलले जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले उपाधि आफनो नाममा लेखाईन् । शनिबार टोखा गणेशस्थानदेखि चण्डेश्वरीसम्म आयोजित क्रस दुवाथोलनमा भुजेलले ३५ मिनेट ४० सेकेण्डमा पुरा गदैै उपाधि जिते । त्यसैगरी प्रेमसिंह मोयालले ३७ मिनेट ०८ सेकेण्डमा पुरा गर्दै दोस्रो र ३७ मिनेट १३ सेकेण्डमा पुरा गर्दै आईतसिंह तामाङ तेस्रो स्थानमा रहे । त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अनिशा गुरुङले ४३ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनिन्… पुरा पढौ

शानदार जितसहित लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

एजेन्सी, पुस २५ । एस्टन भिल्लामाथि शानदार जित निकाल्दै प्रिमियर लिग च्याम्पियन लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लामाथि ४–१ को सहज जित निकाल्दै चाैथाे चरणमा प्रवेश गरेकाे हाे । एस्टन भिल्लाकाे मैदानमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे । यस्तै जर्जिनिओ विनाल्डमले ६० औँ तथा मोहम्मद सालहले ६५ औँ मिनेटमा गोल… पुरा पढौ

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलाे साता गतेदेखि

काठमाण्डाै, पुस २५ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलाे साता देखी काठमाडाैंमा हुने भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल दुइ मैदानमा हुनेछन । खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।  प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने… पुरा पढौ