मुख्य समाचार

एन्फामा पदाधिकारी मनोनयन व्यवस्था खारेज

काठमाडौं-अखिल नेपाल फुटबल संघ(एन्फा)को साधारण सभाले पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए । निवौचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य… पुरा पढौ

गण्डकीलाई पराजित गर्दै कर्णाली प्रदेशको पहिलो जित

काठमाडौ-कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट पहिलो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गर्यो । कर्णालीले मूलापानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेट जित निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको हो । मूलपानीको मैदानमा गण्डकीले गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६.५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धशतक बनाउन एक रनबाट चुक्दै पभेलियन फर्किएका… पुरा पढौ

एन्फाको साधारण सभा हेरिटेज गार्डेनमा जारी

काठमाडाैं, माघ ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा विहानबाट जारी रहेकाे छ । साधारण सभामा विभिन्न एजेन्डा माथि छलफल हुँदैछन् । कंग्रेसकाे उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङले गरे । कोरोना भाईरसको महामारीको कारण एन्फाको साधारण सभा पटक पटक स्थगित हुँदै आईरहेको थियाे । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक… पुरा पढौ

फागुन पहिलो साता मुख्यमन्त्री कप भलिबल

पोखरा-पोखरामा आगामी फागुनको पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहने छ । मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको सहभागिता रहने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । गत वर्ष पोखरामै मुख्यमन्त्री कप… पुरा पढौ

आहा रारा गोल्डकप चैतमा गर्न समय माग

पोखरा-मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १९ औं सस्ंकरणको संघारमा छ । सहारा क्लब पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति उपलब्ध गराईसकेको छैन् । सहारा क्लबले आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता आयोजना गर्ने गरी तयारी गरिएको जनाएको छ । ‘माघमा आयोजना गर्ने योजनामा थियौं तर समय पर्याप्त नहुदाँ चैतको तेस्रो सातादेखि गर्ने योजना बनाएको छौं ’ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने–‘एन्फाले मिति तोकिदिएको अवस्था… पुरा पढौ

बैशाखमा टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), गण्डकीले आगामी बैशाखमा टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड गर्ने भएको छ । कोभिडकै कारण रोकिन पुगेको अवार्डलाई खेलकुद पत्रकार मन्च गण्डकीले बैशाखमा आयोजना गर्ने निर्णय गरेको हो । निर्णयसँगै आवश्यक तयारी शुरु गरेको छ । मञ्चको सोमबार बसेको १८ औं बैठकले वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवस अवसरमा प्रदान गरिने छ । टिभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ मा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । तयारीका… पुरा पढौ

बागमतीको फराकिलो जित

काठमाडौ-बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय १९ रन जोड्न सक्यो । सुदूरपश्चिमका नारायण जोशीले अविजित रहदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । सुदुरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलिय… पुरा पढौ

गण्डकी प्रदेशको पहिलो जित

काठमाडौं-प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा प्रदेश नं १ लाई पराजित गर्दै गण्डकी प्रदेशले पहिलो जित आत्मसात गर्यो । १०३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३७ ओभरमा ८ विकेट गुमाउँदै जित निकालेको थियो । ओपनर अर्जुन कुमालले ३५ रनको इनिंङ खेल्दै उत्कृष्ट शुरुवात गरे । दिपक डुम्रेले पनि ३५ रनकै योगदान दिएपछि जित सहज हुन पुग्यो । अन्तिम १ रन चाहिएको अवस्थामा गण्डकी प्रदेशले २ विकेट… पुरा पढौ

पुष्लाल स्मृती ब्याडमिन्टनको उपाधी प्रिन्स र जेशिकालाई

काठमाडौं- सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् । सेमिफाईनलमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शीषर्ष १६ पुरुष एकलको फाईनलमा एपिएफका दिपेश धामीमाथी २१-१८, २१-१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ ईतिहास रचेका छन् । गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्गले उपाधी उचालिन । १८-२१, २१-१५, २२-२० का साथ उपाधीमाथी कब्जा गरेकी हुन्… पुरा पढौ

आर्मी र बाग्मती प्रदेश बिजयी

काठमाडौं-प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार एउटा विभागीय टोलीले जित्दा अर्को विभागीय टोलीले भने हार व्यहोरेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकाल्यो भने नेपाल पुलिस क्लब भने पराजित भएको छ । त्यस्तै बाग्मती प्रदेशले पनि जित आत्मसात गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्यो । आर्मीको यो दोस्रो जित हो । यस्तै आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७… पुरा पढौ