मुख्य समाचार

रेडियो दिदीबहिनी राष्ट्रिय भलिबल , आर्मीमाथि एपीएफ हावी 

पोखरा(खेलाडी न्युज)-रेडियो दिदी बहिनीको आयोजनामा पर्वतमा सञ्चालित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय क्लबले आफनो अस्थित्वलाई दरिलो बनाएको छ । बुधबारदेखि शुरु भएको लिगकम  नकाउट भलिबल प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र होन्गाजी न्यु डायण्डले जित निकालेको छ । न्यु डायण्डले भने नेपाल पुलिससितको खेलमा भने पराजित व्यहोरेको छ । पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई  होगान्जी न्यु डायमण्डले २५–२, २५–३ र २५–६ को सेटम पराजित गरेको हो । प्रतियोगिताका रेफ्री संयोजक टहलसिंह थापा मगरका अनुसार दोस्रो खेल एपीएफले नेपाल आर्मीलाई पराजित… पुरा पढौ

च्याम्पियन्स लिग-लिभरपुल एथलेटिकोसँग पराजित

पोखरा(खेलाडी न्युज) इग्ंिलस प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै फराकिलो अंक जोड्दै उपाधि यात्रामा रहेको लिभरपुल च्याम्पिन्स लिगमा भने एथलेटिको मड्रिडसँग नतमष्तक बन्न पुग्यो । बुधबार विहान भएको प्रतिस्पर्धाको पहिलो लेगमा लिभरपुल एथलेटिको मड्रिडसँग १-० गोलले पराजित हुन पुग्यो । पराजयले लिभरपुलले प्रिमियर लिगमा आफनो अपराजित यात्रालाई च्याम्पियन्स लिगमा रोकियो । चौथो मिनेटमै साउल निगुयजले गोल गर्दै जितको हकदार बनाए । खेल टुंगिदाँ बलमाथिको नियन्त्रण लिभरपुल हावी थियो । ७३ प्रतिशत राख्दै एकपछि अर्को गोलको मुभ बनाउने प्रयास गरेपनि असफल… पुरा पढौ

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण

पोखरा(खेलाडी न्युज)- छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। एनसेल ए, कामना सेवा विकास बैंक, सिभिल बैंक र एम्ब्यासी अफ इन्डिया सेमीफाइनल पुगेका छन्। बुधबार प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल समेत खेलिनेछ। पहिलो सेमीफाइनलमा एनसेल ए र एम्ब्यासी अफ इन्डिया तथा दोश्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंकले प्रतिस्पर्धा गर्नेछन्। पहिलो क्वार्टरफाइनलमा एनसेल एले डिफेन्डिङ च्यापियन सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो। एनसेल ुएु ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले… पुरा पढौ

महाशिवरात्रीको अवसरमा बेगनास कप सेभेन ए साईड

पोखरा(खेलाडी न्युज)-वेगनासताल किनारमा यहि फागुन ९ गते देखि १७ गतेसम्म हुने दोश्रो बेगनास सेभेन ए साईड फुटवल प्रतियोगिता हुदैं छ । बेगनास युवा क्लवको आयोजनामा दुईदिनपछि शुरु हुने प्रतियोगिताको आवश्यक तयारीलाई अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको र केही कामहरु मात्र बाँकी रहेको क्लवका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि दोश्रो पटक… पुरा पढौ

धुर्मुस सुन्तली फाउण्डेशनलाई पोखरेली ट्याक्सी सेवा प्रालिको सहयोग

पोखरा(खेलाडी न्युज)-पोखरेली ट्याक्सी सेवा प्रा.लि. चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । व्यवासायीहरुको सहयोग र कम्पनीको कोषबाट उक्त रकम सहयोग गरिएको प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । प्रा.लि.का अध्यक्ष तिवारीले धुमुर्स सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का संस्थापक अध्यक्ष ऐनकुमार साईले मैदानको लागि ५१ हजार १ सय ११… पुरा पढौ

एनसेल ए, कामना सेवा विकास बैंक, सेन्चुरी बैंक र एनआईसी एसिया बैंक क्वार्टरफाइनलमा

काठमाडौं(खेलाडी न्युज)- छैठौं सिजनको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिता अन्तर्गत एनसेल ए, कामना सेवा विकास बैंक, सेन्चुरी बैंक र एनआईसी एसिया बैंक क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। यस्तै मेगा बैंक, इन्डियन एम्बासी, सनराइज बैंक र प्राइम कमर्सियल बैंक सोमबार जित हात पार्दै प्रि(क्वार्टरफाइनल खेल्न छनौट भएका छन्। दिनको पहिलो खेलमा मेगा बैंकले इन्डियन एम्बासीलाई १० रनले पराजित गर्यो। मेगाले दिएको ८३ रनको लक्ष्य पछ्याउने क्रममा इन्डियन एम्बासीले ७२ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका मेगा बैंकका… पुरा पढौ

थकालीलाई सम्मान, आर्चरीको विकास स्कुलदेखि प्रशिक्षण गराउन जोड

पोखरा(खेलाडी न्युज)-खेलमा नयाँ युवा आकर्षित हुनै सकेको छैन् । युवा पुस्तालाई र्आचरी खेलमा प्रवद्र्धन गर्न विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउनुपर्ने खाँचो छ । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आर्चरीको विकास गर्न स्कुलदेखि नै प्रशिक्षण गराउनुपर्नेमा जोड दिएका छन् । ‘आर्चरीको विकास स्कुलदेखि नै गर्नुपर्छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्छ ।’ उनले आईतबार कास्की जिल्ला आर्चरी संघको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै भने–‘खेलकुदका संस्थाहरुले समन्वय गर्नुपर्ने खाँचो छ ।’ विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउने तर्फ संघले विशेष ध्यान दिनुपर्ने… पुरा पढौ

कास्की आर्चरी संघमा शेरचन

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला आर्चरी संघको चार वर्षे कार्यकालको लागि योगेन्द्र शेरचन पुन दोहोरिएका छन् । उपाध्यक्ष बसन्त गौचन(साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्षमा भिमबहादुर पुन, सह सचिव चित्रबहादुर रोक मगर, सदस्यमा सन्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामी मगर, मोनिका रानामगर रहेका छन् यसैगरी अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनले बसन्त गौचन (साकुरा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दिपक तुलाचन, सचिव सन्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान लालचन, सदस्यमा उमेश तुलाचन, छेमबहादुर बुढा, विकल थकाली, मिनप्रसाद… पुरा पढौ

न्युरोड ब्लाष्टर्सलाई भेट्रान सुपर सिक्स क्रिकेटको उपाधि

पोखरा(खेलाडी न्युज)-माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा सञ्चालित सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिताको उपाधि न्युरोड ब्लाष्टर्सले जितेको छ । शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाईनलमा न्युरोडले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो । न्युरोडले व्याटिङ गर्दै ७६ रन बनाएको थियो । विधान श्रेष्ठले १९ रन बनाए । रिजन प्रजले २२ रनको योगदान दिदाँ विजय राउतले भने १० रन हिर्काए । मिराकल भने ४९ रनमै समेटिएपछि न्युरोडको जित पक्का हुन पुग्यो । नुर इष्लामले मात्रै २८ रनको योगदान दिए… पुरा पढौ

प्ररेणा र अमनलाई यु–१८ जुनियर सर्किट २ टेनिसको उपाधि

पोखरा(खेलाडी न्युज)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् । खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको… पुरा पढौ