पोखरा(खेलाडी न्युज)-यु–१८ नेपालका शीर्ष बरियताका आर्यन गिरी पोखरामा आयोजित आईटिएफ(अन्तराष्ट्रिय टेनिस फेडेरेशन) यु–१८ सर्किट–२ मा प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतियोगताको दोस्रो दिन गिरी भारतीय खेलाडी लक्ष्मणसँग ६–०, ६–१ को सेटमा पराजित हुन पुगे । पुरुष एकल तर्फको अर्को प्रतिस्पर्धामा फ्रान्सका एल.फिन्थलाले भारतीय खेलाडी दक्ष प्रसादलाई ६–३, ६–०को सेटमा पराजित गरेका छन् । नेपाली अर्का खेलाडी नेहाल जंगबहादुर थापा जापानका रिहोय मिकाईसँग ६–१,…
पुरा पढौ