मुख्य समाचार

एक किलोमिटरमा १२ वर्षमुनिकाको प्रतिस्पर्धा

पोखरा-पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैं छ । पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो । आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ । शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो । दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ… पुरा पढौ

व्यायामशाला बढे, खेलाडी बढेनन

पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् । पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा… पुरा पढौ

विश्व पौडी च्याम्पियनसिपमा सहभागि नेपाली टोली प्रस्थान

काठमाडौं-जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोली जापान प्रस्थान गरेको छ । उनीहरुलाई लाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डा सहित बिदाई गरेका छन् । ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह… पुरा पढौ

दोस्रो जितसँगै गण्डकीले टुङ्ग्यायो एनभिए राष्ट्रिय भलिबल लिग

पोखरा-विभागीय क्लबसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको गण्डकी प्रदेशले दोस्रो जित निकालेको छ । लगातारको हारले तीन भारतीय खेलाडी फर्किएपछि गण्डकी प्रदेशले गण्डकी प्रदेशले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकीले दावाँली मिलन क्लबलाई ३(० को सोझो सेटमा पराजित गरेको हो । खेलमा गण्डकी प्रदेशले २५-२१,२५-१५ र २५-१६ ले सोझो सेट आफनो पोल्टामा पार्यो । जितसँगै ६ खेलमा ६ अंक जोडेको गण्डकीले… पुरा पढौ

प्रधानमन्त्री कप भलिबल सुरु,गण्डकीको दुवै टोली पराजित

काठमाडौं-नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ । पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब संग अंक बाढ्न बाध्य भएको छ । आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता… पुरा पढौ

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

पोखरा-सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ । गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो । सुदुर पश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो । च्याम्पियन बनेसँगै गण्डकी प्रदेशका तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । लामो समय वित्दा समेत खेलाडीले नगद पुरस्कार नपाउँदा सञ्चारमाध्यममै प्रदेश सरकारको आलोचना भएको थियो । दुई… पुरा पढौ

प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र कविता च्याम्पियन

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको खुल्ला पुरुष तर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन् । मंगलबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगितामा खुल्ला तौल समूहको प्रतिस्पर्धामा काठमाडौंका विश्वकर्माले कास्कीका शिव भुजेललाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । तेस्रो स्थानमा भने काठमाडौंका रविन्द्र बुढाथोकी र स्याङजाका सन्जयकुमार गुप्ता भए । महिला खुल्ला तौल समूहको प्रतिस्पर्धामा गोरखाकी कविता नेपाली च्याम्पियन बनिन् । उनले कास्कीकी मुना थापालाई पराजित गर्दै उपाधि जितिन् । काठमाडौंकी कविता… पुरा पढौ

यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण

पोखरा-एक महिनाको अन्तरमा रग्बीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दै छ । पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउने छ । त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउने छ । अन्तरराष्ट्रिय प्रतियोगिताको लागि यतिबेला रग्बी सेभेन्सको टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ । यु–२० छनोट प्रशिक्षणमा व्यस्त हुदाँ सिनियर टोली अर्को साता मात्रै बन्द प्रशिक्षणको लागि पोखरा आईपुग्ने नेपाल रग्बी संघका बरिष्ट उपाध्यक्ष चेतनराज गिरीले जानकारी दिए । ‘यु–२० एशियन… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्सलाइ पराजित गर्दै प्रफुललाई उपाधी

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकल तर्फ उपाधी उचालेका छन् । निकैनै संघर्षपूर्ण खेलमा बिश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाइ महर्जनले २१–१९, २१–२३, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो जित हो । उनी हालै मात्र जापान बसेर फर्केका थिए । यस प्रधानमन्त्री कपको पहिलो बिजेता दिपेश धामी रहेका थिए । धामीले फाईनलमा प्रिन्सलाई पराजित गर्दै… पुरा पढौ

म्याग्दी गण्डकी प्रदेशस्तरिय महिला भलिबल च्याम्पियन

पोखरा-पोखरामा आयोजित गण्डकीप्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ । शनिबार साँझ अवेर गरी सम्पन्न भएको फाईनल खेलमा पर्वतलाई पाँचौ सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो । फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वत माथी दवाव राख्यो । दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१७ ले जित्दै म्याग्दी विरुद्धको खेलमा पर्वत खेलमा फर्र्किदैं अग्रता लियो । तर चौथो सेट २५–१५ लिदैं… पुरा पढौ