मुख्य समाचार

संगमको विजयी सुरुवात

पोखरा-अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लब बी १३ लाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । संगमको जितमा निश्चल जि.सिले दुई गोल गरे । अमिर गुरुङले एक गोल गरे । बी १३ का सरोज विकले गोल फर्काए । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो गोल खाएको ७… पुरा पढौ

बुधबारदेखि २३ औं सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदैं छ ।पार ६९ को कोर्षमा नेपालका शीर्ष बरियताका गल्फरहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको कीर्तिमान छ । उनले सन २०१६ मा पार ७० को कोर्षमा त्यतिबेला ९ अण्डर खेल्दै २०१ को च्याम्पियन बनेका हुन् । पार ६९ को कोर्ष बनाएपनि अहिलेसम्म शिवराम श्रेष्ठको कीर्तिमानी ९ अण्डर भने तोड्न सकेका छैनन् । १८ होलको पार ६९ कोर्षमा तीन दिन गल्फरले उपाधिको… पुरा पढौ

भोलिदेखि संगम कप, संगम र सत्य युवा बीच उदघाटन खेल

पोखरा-संगम क्लबले छिमेकी क्लब सत्य युवा क्लब(बी १३)सँग उदघाटन खेल खेल्दै आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता शुरु गर्ने छ । संगम क्लवको आयोजनामा सोमबार (भोलि) देखि आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा छिमेकी क्लब एकापसमा भिड्ने छन् । फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने छ । सोमबार नै शितल ज्योति क्लव र एल.जी.एशोसीयसन बीच दोश्रो खेल हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए… पुरा पढौ

ह्याट्रिक सहित प्रिन्सलाई उपाधी

विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा… पुरा पढौ

रिकर्भमा बाग्लुङका दुर्गा र कास्कीकी केशरी च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको रिकर्भ(७० मिटर) पुरुष तर्फको उपाधि बाग्लुङका दुर्गा घर्तीमगरले जितेका छन् । पोखरा रंगशाला आर्चरी मैदानमा भएको फाईनल प्रतिस्पर्धामा बाग्लुङका घर्तीमगरले आफनै जिल्लाका खड्गबहादुर घर्तीमगरलाई पराजित गर्दै प्रदेश च्याम्पियन बनेका हुन् । फाईनल प्रतिस्पर्धामा दुर्गाले खड्गलाई ६–० स्कोरमा पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेका हुन् ।कास्की जिल्ला आर्चरी सघको सह—आयोजनामा पोखरा रगंशालाको आर्चरी खेल मैदानमा भएको खेलमा कास्कीमा सुमन गुरुङले पोखराका अन्तराष्ट्रिय खेलाडी असिम शेरचनलाई ६—४ को अंकमा पन्छाउँदै तेस्रो स्थानमा रहे । महिला रिकर्भमा कास्कीको बर्चस्व… पुरा पढौ

केन्याली धावक स्टेफनलाई पोखरा म्याराथनको उपाधि

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औं सँस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । उनले १६ औं संस्करणमा सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए । शनिबार पोखरामा आयोजित म्याराथनमा उनले दोस्रो पटक रक्षा गरेका हुन् । १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका थिए । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

महिला हाफ म्याराथनमा राजपुराको ह्याट्रिक

पोखरा-महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले उचाल्दै पोखरामा ह्याट्रिक गरिन् । महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन् । राजुपुराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डको समय लगाउँदै पुरा गरिन । गतवर्षको उनको समय १ घण्टा २१ ीमनेट २६ सेकेण्डको थियो । दोस्रो स्थानमा रहेकी सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डको समय लगाईन् । नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पुरा गर्दै तेस्रो स्थानमा रहिन् । विजेता… पुरा पढौ

शनिबार १७ औं पोखरा अन्तराष्ट्रिय म्याराथन

पोखरा-नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तराष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन् । बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छ । ‘२९जना विदेशी धावक छन् । केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ ।’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन् ।’ सिटी म्याराथनको अवधारणाबाट… पुरा पढौ

चौथो बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गरिने

पोखरा-पाँचवर्षपछि बुल्समेन क्लबले चौथो सस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने जमर्कोमा जुटेको छ । क्लबको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नुना गुरुङले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता गर्ने सुनाए । उनले चौथो संस्करणको बुल्समेन शारीरिक सुगठन प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने समेत घोषणा गरेका छन् । अध्यक्ष गुरुङका अनुसार आगामी असोजमा(२०८० सालमा) काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । असोजमा गर्ने निर्णय भएपनि मिति भने तय नभई नसकेको उनको भनाई थियो । चौथो संस्करणमा क्लबले मेन्स फिजिक इभेण्टलाई समेत समावेश… पुरा पढौ

पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता

पोखरा-यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ । दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ । गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो । नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्… पुरा पढौ