मुख्य समाचार

पोखरामा पहिलो पटक रोड रेसिङ च्याम्पियनसिप

पोखरा-पोखरा रंगशालामा पहिलो पटक आयोजित बाईक रोड रेसिङमा आशिक लामा च्याम्पियन बनेका छन् । गण्डकी प्रदेशमै पहिलो पटक आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय तर्फ राजकुमार कार्की दोस्रो र युकेश थापा तेस्रो भए । पोखरा रंगशालाभित्रको सडकमा गरिएको प्रतिस्पर्धा अन्तर्गत नोभिस विधामा भने निमेश ठकुरी पहिलो बने । दिलिप दनुवार दोश्रो हुदाँ मङ्गगेष जोशी तेश्रो भएका छन् । नोभिस र नेश्नल गरी दुई क्याटेगोरीमा १ सय ५० सीसीको मोटरसाईकल रेसिङ गरिएको थियो । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल)… पुरा पढौ

आगामी शनिबार पोखरामा तेस्रो एशियन कप ट्रायथोलन

पोखरा-आगामी शनिबार पोखरामा एशिया कप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैं छ । आउँदो शनिबार र आईतबार पोखराको फेवातालमा साहसिक खेल ट्रायथोलन एशियन कपको तेस्रो संस्करण हुने नेपाल ट्रायथोलन संघले जनाएको छ । नेपाल ट्रायथोलन संघको आयोजनामा पोखरामा हुने प्रतिस्पर्धा तेस्रोे पटक हो । एशियन कपसँगै साउथ एशियन च्याम्पियनसिप र आईतबार दुवाथोलन हुने छ । यही चैत १८ गते शनिबार ट्रायथोलन तथा १९ गते आईतबार दुवाथोलन प्रतिस्पर्धा गराईने नेपाल ट्रायथोलन संघका केन्द्रीय महासचिव युवराज सुनुवारले जानकारी दिए । अन्तराष्ट्रिय ट्रायथोलन… पुरा पढौ

आगामी जेठ २० मा तेस्रो अन्नपूर्ण म्याराथन

पोखरा-कास्कीको साहसिक दौड अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आगामी जेठ २० गते आयोजना गर्ने निर्णय गरिएको छ । अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म (४२.१९५ कि.मी.) को अन्नपूर्ण म्याराथन आउँदो जेठको तेस्रो साता आयोजना गर्ने निर्णय गरिएको हो । अन्नपूर्ण प्रथमहिमाल आरोहण दिवसको सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण म्याराथनलाई आयोजना गर्दै आएको छ । कोभिड १९ को संक्रमणले दुई वर्ष स्थगित गरिएको थियो ।समितिका अध्यक्ष ललित गुरुङका अनुसार घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयोजनमाआयोजित छलफलमा स्थानीयपर्यटन व्यवसायीले म्याराथनलाई सफलपार्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

लिलाजंगलाई मार्च मन्थ्ली मेडल गल्फको उपाधि

पोखरा-एएसपी लिलाजंग गुरुङले एक अण्डर ३७ को कार्ड बनाउँदै मार्च महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् ।शनिबार पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको स्टेबल फोर्ड फूलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा गुरुङले १ अण्डर ३७ को स्कोरसहित च्याम्पियन बनेका हुन् । ग्रस तर्फको इभेण्टमा भने इन्स्पेक्टर जिवाराम गुरुङले २८ प्वाइन्टसहित उपाधि जित्न सफल भए । त्यस्तै ३६ प्वाईन्ट बनाएका सन्तोष गुरुङ उपविजेता बन्दा क्याप्टेन राजेन्द्र गौचन भने ३५ स्कोरसहित तेस्रोस्थानमा चित्त बुझाए । ब्रिटिस गल्फर इलाईट ४० प्वाईन्टसहित पाहुना तर्फ विजेता… पुरा पढौ

पोखराका केसी बने ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’

पोखरा-एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन् । ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन् । कस्की बडिल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा पोखराको सभागृह हलमा भएको प्रतियोगितामा पोखरा २ मिरुवास्थित मोन्ष्टर जिमका केसी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले आफनो तौल समूहमा समेत प्रथम हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए । गण्डकी, लुम्बिनी, कर्णाली र… पुरा पढौ

करण सहित युवा क्रिकेटरलाई पोखरामा नगदसहित सम्मान

पोखरा-नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित अन्य चारजना युवा क्रिकेटरलाई पोखरामा मंगलबार सम्मान गरिएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले सिनियर राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सुभाष भण्डारी, अर्जुन कुमाल र दिपकराज डुम्रेलाई एउटै कार्यक्रममा सम्मान गरिएको थियो । मञ्च र एकेडेमीले उनीहरुलाई नगद सहित सम्मान गरेको हो । गत चैत्र २ गते सम्पन्न विश्वकप क्रिकेट लिगमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने नेपाली… पुरा पढौ

आगामी शुक्रबार पोखरामा ‘दोस्रो मिष्टर पोखरा’

पोखरा-यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पोखराको नयाँबजारस्थित सिटी जिम सेन्टरको मुख्य प्रायोजन रहेको दोसो मिष्टर पोखरामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ। तौल समूह विजेताले ओभर च्याम्पियनको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धामा चार प्रदेशका एकसय भन्दा बढी खेलाडीहरुले सहभागिता… पुरा पढौ

शितल ज्योति कप सेभेन ए साइडको उपाधि एलजी.एकतालाई

पोखरा-शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एल.जी. एकताले जितेको छ । निकै प्रतिष्प्रर्धामा अम्मरसिंह चौरमा भएको फाईनल खेलमा एल.जी.ले रत्न सेवा समाजलाई सडेन डेथमा पराजित गर्दै उपाधि जित्न सफल रह्यो । विजेता एलजी एकताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भएको समाजले भने ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । निर्धारित समय २५÷२५ मिनेट र थपिएको… पुरा पढौ

फुटबल मैदान र ट्रयाक हस्तान्तरणसँगै संरचणमा चुनौति

पोखरा-पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ । एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषदलाई डेढ महिना अघि मात्रै हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालाको भौतिक पूर्वाधार संरक्षण गर्नुपर्ने दायित्व परिषदको काँधमा आएको हो । ‘परिषदललाई हस्तान्तरण भएको एक÷दुई महिना भयो’ राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले भने–‘फाईनल विलिङपछि कम्पनीले एक वर्षसम्म हुने टुटफुटको जिम्मेवारीसँगै मर्मत… पुरा पढौ

संघीयताले दिएको अवसर

सुर्खेत,-‘दौडिन्छ कर्णाली’ । एथलेटिक्समा कर्णाली अब्बल छ । धावकहरु जन्मिएका छन् । इतिहास लेखेका छन् । अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्म । त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ । एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना कर्णालीले गर्दै छ । २०७९ कार्तिक ३ गते पोखराबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णालीले बोक्यो । झण्डा बोकेसँगै कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो । संघीयतासँगै कर्णाली प्रदेशलाई बृहत खेलकुद महोत्सव आयोजनाको अवसर… पुरा पढौ