मुख्य समाचार

बाह्रौं पुष्पलाल स्मृती ब्याडमिन्टन मंगलबारबाट

पोखरा-नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा-कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा आईतबारदेखि पोखरा रंगशालमा विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप विद्यालयस्तरीय प्रतियोगितामा छात्र तर्फ पहिलो खेलमा पोखरा एकेडेमीले राईजिङ स्टारलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । पोखराको जितको क्रममा १२—३ गोलअन्तरको नजिता निकाल्यो । त्यस्तै अर्को खेलमा पोखरा लनर्सले ज्ञानज्योतिलाई १३—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अगाडि बढ्यो । छात्र तर्फकै तेस्रो खेलमा अल्फा बोर्डिङलाई १५—३ गोल अन्तरले पारजित गर्दै गण्डकी बोर्डिङ स्कुलले जित आत्मसात गरेको छ… पुरा पढौ

रमेश हिमालयन गल्फक्लब च्याम्पियन

पोखरा-हिमालयन गल्फ क्लब च्याम्पियनसिपको उपाधि रमेश गुरुङले दोहोरो जितेका छन् । उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन् । उनले पार ६९ को कोर्षमा स्टेबल फोर्ड ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा ग्रस तर्फको उपाधि समेत आफनो नाममा लेखाए । १८ होलको प्रतिस्पर्धामा ग्रस तर्फको उपविजेता भने प्रज्वल गुरुङ बने । उनले ७९ स्कोर गर्दैै उपविजेतामा सीमित भएका हुन् । त्यस्तै गल्फ वार्षिक प्रतियोगिताको उपाधि भने राजु थकालीले जितेका छन् ।… पुरा पढौ

१३ औं राष्ट्रपति रनिङ शिल्ड फागुन दोस्रो साता

पोखरा-आगामी फागुनको दोस्रो साता पोखरा रंगशालामा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको शुक्रबार बसेको बैठकले १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १४ र १५ गते आयोजना गर्ने निर्णय गरिएको कास्की जिल्ला खेलकुद विकास समिति पोखराका कार्यलय प्रमुख डि.बी नेपालीले जानकारी दिए । फागुनको दोस्रो आयोजना गर्ने निर्णयसँगै जिल्ला खेलकुद विकास समितिले फागुन ९ गतेभित्रका सबै पालिकालाई प्रतियोगिता टुग्याईसक्न आग्रह समेत गरेको छ । कास्कीका चार गाँउपालिका र पोखरा… पुरा पढौ

मेयरकप टी–२० खेल्न कास्की क्रिकेट टोली नवलपुर प्रस्थान

पोखरा-नवलपुरमा आयोजित दोस्रो गैडाकोट मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको लागि कास्कीको टोली नवलपुर प्रस्थान गरेको छ ।कप्तान अमृत गुरुङको कप्तानीमा १४ सदस्यीय टोली प्रस्थान गरेको हो । टोलीमा किरण पौडेल, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, सुब्रिन श्रेष्ठ,विपिन खत्री, मुश्कान थापा, कृष्ण पौडेल, विष्णुप्रसाद गौतम, रिकेश गुप्ता, आयुष सैंजु, विवेक नेपाल र निरज गुरुङ रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान रहेका छन् । कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले कप्तान अमृत गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए । पुरा पढौ

यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त

पोखरा-यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ तारिखमो सिंगापुरसँग खेल्ने छ । एशिया क्षेत्रबाट क्वाईफाईङ हुदैं यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ । नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्ने छ । २६ तारिखमा टोलीले आराम पाउने छ । २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ । २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ । ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफनो स्थान बनाउने छ । यु–१९ विश्वकपमा आफनो स्थान बनाउने… पुरा पढौ

एपिएफलाई हराउँदै न्यु डायमन्डले उचाल्यो उपाधी

काठमाडौं-होङ्गवान्जी न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९को उपाधी जितेको छ । आज सम्पन्न फाईनलमा साविक विजेता एपिएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधी उचालेको हो । निकैनै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८–२६ले जितेको न्यु डायमन्डले दोश्रो सेट १९–२५ले एपिएफलाई सुम्पन पुग्यो । यस्तै तेश्रो सेट पुनः २५–२२ ले आफ्नो पक्षमा पारेको डायमन्ड चौथो सेट पुनः एपिएफलाई २४–२६ ले सुम्पन पुग्यो । २–२ को बरावरीको अवस्थमा अन्तिम तथा निर्णायक सेट न्यु डायमन्डले… पुरा पढौ

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

पोखरा-पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो । लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ । विद्यालयबाटै भलिबलको विकास गर्ने उद्देश्य सहित सृजना विकास केन्द्रले फागुन तेस्रो साता सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा आयोजना हुने प्रतियोगिताले भलिबलमा नयाँ आयाम थप्ने विश्वास समेत लिइएको छ ।… पुरा पढौ

राष्ट्रिय फेन्सिङ ईपीमा एपीएफ च्याम्पियन

पोखरा-पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन् । उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् । सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन् । पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने । उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै… पुरा पढौ

पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल

पोखरा-खेलकुदको शहर पोखरामा यही माघ २९ गतेदेखि नवौं संस्करणको कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी बिद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपबिजेताले ५… पुरा पढौ