⚽ फुटबल

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै… पुरा पढौ

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

पोखरा-२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको संघारमा रहेको सहारा क्लबलाई गोल्डकपको विभिन्न विधाको पुरस्कार हस्तान्तरण गरिएको छ । सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् । विजेता, उपविजेता, बेष्ट प्लेयर, स्ट्राइकर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर, प्रत्येक म्याचको प्लेयर अफ दि म्याचलाई सहारा युकले विगत ६ वर्षदेखि नगदसहित शिल्ड, मेडल र ट्रफी… पुरा पढौ

ए डिभिजनको लक्ष्यमा सहारा क्लब

पोखरा-मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने अभियानमा छ । मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ । ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो । बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना… पुरा पढौ

ओलावालेको ह्याट्रिक,मनाङलाई घरेलु मैदानमा शत प्रतिशत नतिजा

पोखरा-अफिज ओलावालेको ह्याट्रिक गरेपछि मनाङमस्र्याङ्दी क्लवले घरेलु मैदानमा शत प्रतिशत नतिजा निकालेको छ । घरेलु मैदानमा उनको पहिलो ह्याट्रिक हो । घरेलु मैदानमा शनिबार भएको तेश्रो तथा अन्तिम खेलमा मनाङले च्यासल युथ क्लवलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक जोड्यो । मनाङले घरेलु मैदानमा ९ अंक जोड्दै घरेलु मैदानको भरपुर उपयोग गर्यो । कतार एयरवेज सहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगितामा पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङमस्र्याङ्दी क्लवले पोखरामा भएको तीनवटै खेल जितेर शत प्रतिशत नतिजा निकालेको… पुरा पढौ

शुक्रबारबाट आठौं चरणका खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ । पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ । शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो… पुरा पढौ

चेल्सीद्वारा टोटनह्याम पराजित, लिभरपुल र आर्सनलको खेल कोभिडले रद्द

काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो । चेल्सीका लागि काई हाभर्टजले पहिलो गोल गर्दा टोटनह्यामका बेन डेभिजले एक आत्माघाति गोल गरे । खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । यसैगरी, ३४ औं मिनेटमा डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० ले विजयी भयो । पहिलो लेगमा हात पारेको जितसँगै चेल्सीले फाइनल पुग्ने संभावना बलियो… पुरा पढौ

काडिजमाथि सेभियाको कठिन जित

एजेन्सी । स्पेनिस ला लिगाको दोस्रो स्थानमा आसिन सेभियाले रेलिगेसनको दबाबमा रहेको काडिजमाथि कठिन जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले काडिजलाई उसैको मैदानमा १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जिताउन लुकास ओकम्पोसले निर्णायक गोल गरे । लुकासले ५८औँ मिनेटमा इभान राकिटिकको पासमा गोल गरेका थिए । ७५ प्रतिशत बल पोसेसन राखेको सेभियालाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । बलियो सेभियालाई रोक्ने काडिजको रणनिति पहिलो हाफमा सफल भएपनि दास्रो हाफमा विफल बन्यो । घरेलु मैदानमा नौ… पुरा पढौ

आहा रारा गोल्डकपको २० औं संस्करण माघ ६ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २० औं सस्करण आगामी माघ ६ देखि १५ गतेसम्म हुने अखिल नेपाल फुटबल संघले मिति तय गरिदिएको छ । क्लबले मागेकै समय फुटबल संघले उपलब्ध गराएको हो । यद्यपी फुटबल विगतमा झैं १० दिन आयोजना हुने छ । पछिल्लो दुई वर्षयता सहारा क्लबले आहा रारा गोल्डकपलाई १० दिनमा टुग्याउँदै आएको छ ।- प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन… पुरा पढौ

ब्रिगेडमाथि मनाङको संघर्षपूर्ण जित, उक्लियो शीर्षस्थानमा

पोखरा-ब्रिगेड ब्वाईज क्लबलाई १-० को संघर्षपूर्ण जित निकल्दै मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । शनिबार मनाङको घरेलु मैदान पोखरा रंगशालामा यो दोस्रो जित हो । यसअघि मनाङले घरेलु मैदान नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । जितले मनाङलाई एएफसी खेल्ने सम्भावनालाई जिवितै राखेको छ । पहिलो हाफको अतिरिक्त समयमा कप्तान अन्जन विष्टको हेडर निर्णायक गोल भएपछि मनाङले स्पष्ट तीन अंक आफनो खातामा जोड्न सफल रह्यो । पोखरामै दोस्रो पटक प्लेयर अफ दि… पुरा पढौ

शुक्रबारबाट सातौं चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि उपाधि होडमा भने हुनेछ । शुक्रबार दशरथ रंगशालामा पहिलो भेट विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल आरम्भ हुनेछन् । एएफसी छनोट खेलको होडबाट… पुरा पढौ