⚽ फुटबल

अबायोनीको ह्याट्रिक प्रेरित बुद्ध युथको फराकिलो जित

पोखरा-फकुल्ने अबायोनीको ह्याट्रिक प्रेरित बुद्ध युथ क्लबले घनपोखरा युवा क्लबलाई ५-० गोलले पराजित गरेको छ । त्रिवेणी युवा क्लबको आयोजनामा बेसिशहरमा आयोजित २९ औं सस्करणको त्रिवेणी कप अन्तर्गत विहीबार बुद्ध युथ क्लबका अबायोनीले ह्याट्रिक पुरा गर्दा थप दुई गोल दुई खेलाडीको नाममा रह्यो । अबायोनीले २५ औं मिनेटमा पहिलो गोल गर्दै बुद्ध युथ क्लबलाई अग्रता दिलाए । उनको अग्रतासँगै अघि बढेको क्लबले सुनिल श्रेष्ठले ३० औं मिनेटमा गोल गर्दै अग्रतालाई अझ बलियो बनाए । ४० औं मिनेटमा अबायोनीले व्यक्तिगत दोस्रो… पुरा पढौ

पेनाल्टी सुटआउटमा एमसिटीको भाग्य

पोखरा-लमजुङ को बेशीशहरमा आयोजित त्रिवेणी कप फुटबल प्रतियोगितामा मंगलबार एमसिटीले सामना युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समयमा १-१ गोल भएपछि निर्णय पेनाल्टीमा हुन पुग्यो । पेनाल्टी सुटआउटमा एमसिटीले ३-० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । सामनाका तीनै पेनाल्टी खेर गएको थियो । मीन गुरुङ,अजय श्रेष्ठ र सन्जय श्रेष्ठको प्रहार खेर गएपछि एमसिटीले जितको खुशी मनायो । एमसिटीका लागि दिवस छन्त्याल, एक्कु मगर सुदिप केसीको प्रहार गोलमा परिणत भएको थियो । निर्धारित समयमा एमसिटीका लागि… पुरा पढौ

आर्मीको एएफसी छनोट खेल्ने मौका गुम्यो

काठमाडौं- चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आर्मीको एएफसी छनोट खेल्ने मौका गुमेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा आर्मीको लक्ष्यमा ठेस लागेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने मौका गुमेको छ । यससँगै थ्री स्टारले पछिल्ला तीन खेलमा लगातार बरारबरी खेल्दै… पुरा पढौ

मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडाैं । सुनिल बलको फ्रि–किक गोलको सहयोगमा शनिबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले इन्जुरी समयमा गोल निकाल्दै शीर्ष स्थानको मनाङलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । पराजित मनाङको पनि छनोट हुने सम्भावना रहेको छ । सातौ चरणको खेल सम्म क्लब लाइसेन्स प्राप्त टोलीलाई एएफसी कप छनोट… पुरा पढौ

छैठौं चरणका खेल मच्छिन्द्र र मनाङको खेल रोमाञ्चक हुने

काठमाडौं -मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दीसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए । बिहीबार छैठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक कटुवालले सम्भावन जिवित राख्न स्पष्ट अंक महत्वपूर्ण हुने भन्दै सुखद नतिजाका लागि खेल्ने बताएका हुन । ‘मनाङसँगको खेलमा स्पष्ट अंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ ।… पुरा पढौ

मनाङले घरेलु मैदानमा पुलिसलाई हराउँदा जावलाखेलको पहिलोजित

पोखरा-जावालखेल युथ क्लबले च्यासल युथ क्बलाई हराउँदै सहिद स्मारक ए डिभजिन लिगमा पहिलो जित निकाल्द पोखरामा मनाङ मस्र्याङ्दी फुटबल क्लबले विभागीइ टोली नेपाल पुलिस क्लबलाई हराएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै पहिलो पटक स्पष्ट तीन अंक जोड्दा पोखरा रंगशालामा मनाङले पुलिसमाथि ३–१ को सहज जित निकालेको हो । लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल… पुरा पढौ

मनाङ मर्स्याङदी क्लवलाई प्रदेश सरकारको १० लाख सहयोग

पोखरा -गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले मनाङ मर्स्याङदीलाई१० लाख सहयोग दिएको छ । मनाङ मस्र्याङ्दी क्लबले उपत्यका बाहिर पहिलो पटक राष्ट्रिय ए डिभिजन लिग पोखरामा खेल्दै छ । मनाङले पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाएपछि ‘ए’ डिभिजन क्लब मोफसलमा सरेको हो । घरेलु मैदानमा लिग खेल्ने मनाङ लाईप्रदेश सरकारले १० लाख सहयोग गरेको हो । प्रदेश सरकारको सहयोगलाई क्लबले व्यवस्थापन लगायत फुटबल विकासका लागि खर्च गरिने गर्ने उल्लेख गरेको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा आयोजित… पुरा पढौ

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

पोखरा-मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो । दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

मनाङको तीन खेल पोखरामा तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवौँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ । सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो । जारी लिगको चौथो चरण सोमबारबाट सकिँदै छ । एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ । यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ । मनाङले पोखरामा अन्तिम खेल… पुरा पढौ

आर्मीको पहिलो जित

काठमाडौं-कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको एक मात्र खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब ९बिबिसी० माथि १–० को संघर्षपूर्ण जित निकाल्दै जारी लिगमा पहिलो जित निकालेको हो । यस्तै बिबिसीले जारी लिगमा पहिलो हार भागेको छ । यस अघि बिबिसीले एक खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो । यससँगै बिबिसीको अपराजित यात्रामा पूर्ण… पुरा पढौ