⚽ फुटबल

म्यानचेष्टर युनाईटेड, सात बर्षमा १ बिलियन खर्च

एजेन्सी-म्यानचेष्टर युनाईटेडले सात वर्षको अवधिमा खेलाडी खरीद गर्न एक विलियन पाउण्ड (१ खर्ब ५६ अर्ब ८७ करोड चार लाख २१ हजार ५ सय रुपैयाँ) खर्च गरेको छ । सन २०१३ मा युनाईटेडका व्यवस्थापक सर एलेक्स फर्गुसनको बहिर्गमनपछि क्लबले त्यति रकम खर्च गरेको स्काई स्पोर्टसको समाचारमा उल्लेख छ । त्यो अवधिमा चार व्यवस्थापक परिवर्तन भए । ३६ खेलाडीले युनाईटेडको जर्सी लगाए । व्यवस्थापकको रुपमा डेविड मोयाज आए । उनले क्लबलाई २०१३/२०१४ सम्म हेरे । उनको समयमा माउरोनी फेलानी २९ मिलियन र… पुरा पढौ

रामोसप्रति पिएसजीको चासो

एजेन्सी-रियल मड्रिडका कप्तान सर्जियो रामोस जनवरीदेखि क्लबसँगको सम्झौता सकिदैं छ । क्लबसँगको सम्झौतासँगै उनले बेर्नाबेउ छाड्ने संघारमा छन् । बेर्नाबेउ छाड्ने संघारमा रहेका रामोसलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले भित्र्याउने चासो देखाएको छ । जनवरीदेखि उनी अन्य क्लबमा सरुवाको लागि छलफल शुरु गर्ने छन् । पिएसजीले रामोसलाई तीन वर्षे सम्झौत गरी भित्रयाउने चाहना राखेको छ । उनलाई २० मिलियन युरोको प्रस्ताव गरिएको छ । प्रस्तावसँगै बोनस रकम समेत दिने उल्लेख छ । तर रियलले भने उनलाई अझै एक वर्ष राख्न… पुरा पढौ

टर्कीसँग रसिया पराजित

एजेन्सी -नेसन्स लिग अन्तर्गत गएरातीको प्रतिस्पर्धामा दश खेलाडीमा सीमित रसियामाथि टर्कीले कठिन जित दर्ता गरेको छ । २४ औं मिनेटमा एन्ड्री सेमेनोभलाई गुमाएको रसियाले पहिलो हाफमा अग्रता लिएको थियो । ११ औं मिनेटमा गोल गर्दै अग्रता लिएको रसियाले पहिलो हाफ टुंगिदाँ एक गोलले पछि परिसकेको थियो । ११ औं मिनेटमा डेनिस चेरेसिभले गोल गर्दै रसियालाई अगाडि बढाए । तर २३ औं मिनेटमा टर्कीले बराबरी गोल फर्कायो । केनन कारामनले गोल गरेका थिए । लगत्तै रसिया दश खेलाडीमा सीमित हुन पुग्यो… पुरा पढौ

बेल्जियमसँग ईग्ल्याण्ड पराजित

एजेन्सी-ईग्ल्याण्ड नेसन्स लिगमा गएराती बेल्जियमको हातबाट पराजित हुन पुगेको छ । जितसँगै बेल्जियम शीर्षस्थानमा छ । दोस्रो स्थानमा डेनमार्क छ । पहिलो हाफमै गरेको दई गोलले बेल्जियमको जित पक्का हुन पुग्यो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन् । योरी टिलिमान्सले १३ औं मिनेटमा पहिलो गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । २३ औं मिनेटमा डेरी मेर्टेन्सले गोल गर्दै जित सुनिश्चित बनाए । पुरा पढौ

खेलाडीलाई कोरोना हुदाँ नर्वे र रोमानियाको खेल रद्द

एजेन्सी-नेसन्स लिग अन्तर्गत नर्वे र रोमानिया बीचको खेल रद्द गरिएको छ । नर्वेका खेलाडीमा कोरोना संक्रमण देखिएपछि नर्वेले आईतबार रोमानियासँग हुने भनिएको खेलमा रोमानिया यात्रामा निस्केन् । कोरोनाकै कारण नर्वेको राष्ट्रिय स्वास्थ्य संस्थाले यात्रा गर्न बन्देज लगाएको छ । युरोपियन फुटबल संघ (युईएफए)ले नर्वे रोमानियाको भ्रमणमा ननिस्किएको उल्लेख गर्दै खेल स्थागित भएको जनाउ दिएको छ । रद्द खेल अर्को तारिख खेल्ने योजना भएपनि खेल्ने दिन तय गर्न सकिरहेको छैन् । अर्को मिति तय नहुदाँ नर्वेले खेल गुमाउन सक्ने सम्भावना छ… पुरा पढौ

तीन मिनेटमा तीन गोल, द.कोरिया पराजित

एजेन्सी-तीन मिनेटमा तीन गोल हानेपछि मेक्सिकोले दक्षिण कोरियामाथि प्रतिस्पर्धात्मक जित रचेको छ । खेलमा पुनरागमन गर्ने क्रममा मेक्सिकोले तीन मिनेटमा तीन गोल गर्दै कोरियामाथि ३-२ को गोलले पराजित गर्दै नतिजा आफनो पक्षमा पार्यो । २१ औं मिनेटमा कोरियाले अग्रता लियो । ह्वाङ उई जोले गोल गर्दै दिलाएको अग्रता झण्डै ६७ मिनेटसम्म कायम रह्यो । ६७ देखि ७० मिनेटमा लगातार कोरियाले तीन गोल खान पुग्यो । अप्रत्यासित रुपमा ६७ औंं मिनेटमा गोल खाएको कोरिया तीन मिनेट सम्हालिनै सकेन् । बराबरी गोल… पुरा पढौ

जर्मनीसँग युक्रेन पराजित

एजेन्सी-टिमो वार्नरको दुई गोलको मद्दतमा जर्मनीले युक्रेनमाथि ३-१ गोलले पराजित गर्दै नेसन्स लिगको समूहको शीर्षस्थानमा रहेको छ । स्पेन दोस्रो स्थानमा छ । १२ औं मिनेटमा गोल खाएको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो । युक्रेनका रोमन यारेम्चक गोल गर्दै अग्रता दिलाए । तर २३ औं मिनेटमा लिओरे सानेले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । खेलको ३३ औ) मिनेटमा वार्नरले व्यक्तिगत पहिलो गोल गर्दै जर्मनीलाई अग्रता दिलाउँदा उनले दोस्रो गोल भने ६४ औं मिनेटमा सम्भब बनाउँदै जित पक्का गरेका थिए ।… पुरा पढौ

दश खेलाडीमा सीमित स्वीट्जरल्याण्डसँग स्पेनको बराबरी

एजेन्सी-दश खेलाडीमा समेटिएको स्वीट्रल्याण्डसँग नेसन्स लिगमा गएराती स्पेनले बराबरी खेलेको छ । खेल सकिन एक मिनेट बाँकी रहँदा गोल फर्काउँदै सम्भावित हारबाट स्पेन जोगिन पुग्यो । पाएको दुई वटा पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गुमाएपछि सम्भावित जितबाट स्पेन टाढियो । यद्यपी ढिलो गरी गोल फर्काउँदै हारबाट जोगियो । खेलको २६ औं मिनेटमा स्वीट्जरल्याण्डले गोल गर्दै अग्रता लियो । ब्रिल एम्बोलोको पासलाई सदुपयोग गर्दै रेमो फ्रिउलेरले गोल गर्दै स्पेनलाई दबावमा राख्यो । पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउन हतार रहेको… पुरा पढौ

फ्रान्ससँग पोर्चुगल पराजित

एजेन्सी-नेसन्स लिग अन्तर्गत गएराती पोर्चुगललाई पराजित गर्दै फ्रान्सले समूहको शीर्षस्थानमा यथावत छ । निकै प्रतिस्पर्धात्मक खेलमा एन्गोलो कान्टेको निर्णायक गोलमा फ्रान्सले पोर्चुगलमाथि महत्वपूर्ण जित दर्ता गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर दोस्रो हाफमा फ्रान्सले खेल सुधार्दै स्कोरिङ निकाल्यो । पोर्चुगलले आफनै घरेलु मैदान लिस्बनमा भएको प्रतिस्पर्धामा ५३ औं मिनेटमा खाँदै पराजित हुन पुग्यो । कान्टेको गोल निर्णायक रह्यो । कान्टेको यो दोस्रो अन्तराष्ट्रिय गोल थियो । उनले चार वर्ष अघि २०१६ मा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए… पुरा पढौ

फ्रान्स र पोर्चुगल भिड्दै

एजेन्सी-पोर्चुगलले आज फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । नेसन्स लिग अन्तर्गत आज दोस्रो लेगको भेट हुदैै छ । पहिलो लेगमा गोलरहित बराबरीमा टुंगिएको थियो । दुवैले एक एक अकं बाँडेका थिए । क्रिष्टियानो रोनाल्डोले मैदानमा उपस्थिति हुने छन् । एन्डोरा विरुद्ध दोस्रो हाफमा मैदानमा उत्रिदै गोल गरेका थिए । कुर्कुच्चाको चोटबाट ग्रसित उनी फ्रान्स विरुद्धको खेलमा उत्रिने सक्ने छन् । गत वर्षको युरोकपमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि उचालेको थियो । यद्यपी खेलको पछिल्ला नजितलाई नियाल्दा पोर्चुगल भन्दा फ्रान्स नै अब्बल… पुरा पढौ