⚽ फुटबल

च्याम्पियन्स लिगमा चेल्सी र युनाईटेडको जित

एजेन्सी-च्याम्पियन्स लिग अन्तर्गत ईंग्लिस क्लब चेल्सी र म्याचेष्टर युनाईटेडले जित दर्ता गरेका छन् । गएराती भएको प्रतिस्पर्धामा चेल्सीले रेनेसलाई २-१गोलले पराजित गर्दा युनाईटेडले भने इस्तानाबुल बासाकसेहिरलाई ४-१ गोलले फराकिलो जित निकालेको छ । पहिलो हाफमा गोल गर्दै चेल्सीले रेनेसमाथि दबाव सृजना गर्या्े । पहिलो हाफको २२ औं मिनेटमा कलुम हड्सन ओडाईको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पहिलोा हाफ १-० गोलकै अग्रतामा टुंगिएको थियो । दोस्रो हाफमा भने रेनेसले गोल फर्काउँदै बराबरी गर्यो । ८५ औं मिनेटमा सेराउ गुइरासेले गोल… पुरा पढौ

फेरेन्सभारोसमाथि युभेन्ट्सको कठिन जित

एजेन्सी-क्रिष्टियानो रोनाल्डोको गोलबाट कमब्याक गरेको युभेन्ट्सले आज विहान भएको च्याम्पियन्स लिग प्रतिस्पर्धामा फेरेन्सभारोसलाई २-१ गोलले पराजित गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै युभेन्ट्सले जित निकालेको हो । खेलको १९ औं मिनेटमा युभेन्ट्सले पहिलो खान पुग्यो । फेरेन्सभारोसका लागि मायर्टो युजिनीको गोलबाट अग्रता लिएको थियो । पहिलो गोल खाएको युभेन्टस दबावमा पर्यो । तर पहिलो हाफमौ क्रिष्टियानो रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । ३५ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स कमब्याक हुन पुग्यो । खेलको इन्जुरी समयमा अल्भारो… पुरा पढौ

मेस्सी र ग्रिजमनको सम्बन्ध बिग्रेको छैन

एजेन्सी-बार्सिलोनामा कप्तान लियोनेल मेस्सी र एन्टोनोई ग्रिजमन बीचको सम्बन्ध चिसिएको चर्चा छ । तर गरिएको जस्तो चर्चा भने छैन् । केही दिन अघि मात्रै ग्रिजमनका काका एरिक अल्हट्सले मेस्सी विरुद्धको कडा आलोचनात्मक अभिव्यक्ति दिएका थिए । उनले बार्सिलोनामा मेस्सीको आतंकको शासनको संज्ञा दिएका थिए । उनको अभिव्यक्तिले बार्सिलोनामा ग्रिजमन र मेस्सीको सम्बन्धलाई कुनै असर नगरेको क्लबका पूर्व सल्लाहकारले बताएका छन् । सल्लाहकारकाले ग्रिजमनका काकाको टिप्पणीले प्रभावित नभएको दावी गरेका छन् । सम्बन्ध बिग्रेको छैन् । ग्रिजमनले पनि बार्सिलोनामा आफना क्लब… पुरा पढौ

दुईवर्षपछि कतारमा शुरुहुनेछ विश्वकप फुटबल

पोखरा-आजको मितिले ठ्याक्कै दुईवर्षपछि फुटबलको महामेला विश्वकप फुटबल प्रतियोगिता शुरु हुने छ । सन २०२२ को नोभेम्बर २१ देखि विश्वकप फुटबल हुदैं छ । कतारमा आयोजना हुने विश्वकपको लागि तयारी व्यापक छ । फुटबल स्टेडियम निर्माण कार्य अन्तिम चरणमा छ । ९० प्रतिशत काम पुरा भईसकेको छ । कामलाई तिब्रता दिइएको छ । तीन वटा स्टेडियम तयारी भईसकेको छ । खालिफा इन्टरनेशनल, अल जानोब र एजकेशन सिटी काम पुरा भईसकेको छ । ती मैदानमा कोरोना कहरकै बीचमा सन २०२० मा… पुरा पढौ

फुलह्याममाथि एभर्टनको प्रतिस्पर्धात्मक जित

एजेन्सी-पछिल्ला तीनखेलमा पराजित भएपछि आहत बनेको एभर्टनले ईंग्लिस प्रिमियर लिगमा फुलह्याम माथि प्रतिस्पर्धात्मक जित निकाल्दै हारको श्रृखंला तोड्को छ । आईतबार राती भएको प्रतिस्पर्धामा ३-२गोलले पराजित गर्दै एभर्टनले तीन खेलको हारपछि जित निकाल्यो । एभर्टन म्यानचेष्टर युनाईटेड, न्युक्यासल युनाईटेड र साउथह्यामटनसँग पराजित भएको थियो । तीन खेलको हारको अवस्थामा कमजोर देखिएको एभर्टनको जितमा डोमिनिक काल्भेर्ट लेविनले दुई गोल गरे । लेविनले खेलको पहिलो मिनेटमै गोल गरेर एर्भटनलाई अग्रता दिलाए । तर १५ औं मिनेटमा फुलह्यामका लागि बोबी डे कार्डोभा रेईडले… पुरा पढौ

रोनाल्डोका दुई गोलमा युभेन्टसको जित

एजेन्सी-क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्धतमा युभेन्ट्सले काग्लियारीलाई २-० गोलले पराजित गरेको छ । आईतबार विहान भएको प्रतिस्पर्धामा पहिलो हाफमै रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी एमा युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले चार मिनेटमा अन्तरमा दुई गोल गरेका हुन् । उनले पहिलो हाफकै ३८ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो गोल ४२ औं मिनेटमा गरेका थिए । पहिलो गोलको लागि अवसर भने अल्भारो मोराटाले सृजना गरिदिए । उनैको पासमा रोनाल्डोले पहिलो गोल सम्भब बनाउँदै युभेन्ट्सलाई अग्रता दिलाए । दोस्रो… पुरा पढौ

म्यानचेष्टर सिटीमाथि टोटनह्यामको रवाफ

एजेन्सी-टोटनह्यामसँगको सम्बन्धलाई वर्षदिन पुरा गरेका जोसे मोरिन्होले आफनो दोस्रो वर्ष सुखद शुरुवात गर्ने क्रममा शनिबार राती म्यानचेष्टर सिटीलाई २-० गोलले पराजित गरेको छ । पेप ग्वार्डिओलाले पनि सिटीमा आफनो सम्झौता दुईवर्ष लम्ब्याएताको पहिलो खेल हारबाट शुरुवात गरे । जितसँगै टोटनह्याम ईग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । नौ खेल खेलेको टोटनह्यामले २० अंकसहित शीर्षस्थानमा रहँदा लिसेष्टर सिटी दोस्रो स्थानमा छ । टोटनह्यामले पहिलो हाफमा अग्रता लिदाँ दोस्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित बनायो । तीन अंकको प्रतिस्पर्धामा पहिलो हाफमै… पुरा पढौ

रियलले अंक बाँड्दा बार्सिलोना पराजित

एजेन्सी-डियागो सिमोन्सको एथलेटिको मडिर्डले पहिलो पटक बार्सिलोनामाथि साँघुरो जित निकाल्दा रियल मड्रिडले भने भिल्लारियलसँग बराबरी खेल्दै अंक बाँडेको छ । एथलेटिको मड्रिडले बार्सिलोनालाई १-० ले पराजित गर्दै ला लिगाको शीर्षस्थानको भिल्लारियलसँग २० अंक बराबरी भएपनि दोस्रो स्थानमा छ । रियल मड्रिडले भने १७ अंकसहित चौथो स्थानमा छ । एथलेटिकोले बार्सिलोनामाथि जित निकाल्न पहिलो हाफको इन्जुरी समयमा सम्भब बनायो । ४५ प्लस ३ मिनेटमा यान्निक कारास्कोले गोल गरे । उनको गोल बार्सिलोनामाथि जित दर्ता गर्न पर्याप्त हुन पुग्यो । कारास्कोको निर्णायक… पुरा पढौ

इण्डियन सुपरलिग, मुम्बईमाथि नर्थईष्टको जित

एजेन्सी-इण्डियन सुपर लिग अन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा नर्थइष्ट फुटबल क्लबले मुम्बई सिटी फुटबल क्लबलाई १-० गोलले पराजित गरेको छ ।शनिबार दश खेलाडीमा सीमित मुम्बईलाई पराजित गर्न नर्थईष्टले पेनाल्टीको सहारा लिनु पर्यो । ४३ औं मिनेटमा अहेमद जाहोहले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मुम्बई पहिलो हाफ सकिनु दुईमिनेट अघि नै दश खेलाडीमा सीमित हुन पुग्यो । पहिलो हाफ बराबरीमा टुंगिएको थियो । तर दोस्रो हाफमा भने नर्थईष्टले पेनाल्टी मार्फत गोल गर्दै जित पक्का बनायो । ४९ औं मिनेटमा मुम्बईका रउलिन बोरगेसको… पुरा पढौ

चेल्सीको जितसँगै लिगको शीर्षस्थानमा

एजेन्सी-चेल्सीले न्युक्यासल युनाईटेडलाई पराजित गर्दै ईंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।शनिबार राती भएको प्रतिस्पर्धामा चेल्सीले क्युक्यासलमाथि २-० गोलले पराजित गरेको थियो । पहिलो हाफमै आत्मघाती गोलबाट अग्रता लिएको चेल्सीले अर्को गोल भने दोस्रो हाफमा मात्रै सम्भव बनायो । बलमाथिको नियन्त्रण अधिक राखेपनि चेल्सीले स्कोर निकाल्न ६५ मिनेट कुर्नुपरेको थियो । तर पहिलो हाफको १० औं मिनेटमा आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो । दशौं मिनेटमा फेडरिक फर्नाण्डेजले आत्मघाती गोलको उपहार दिएपछि चेल्सीले पहिलो हाफमा अग्रता लियो । ६५… पुरा पढौ