⚽ फुटबल

१८ महिना अघिनै फ्रि ट्रान्सफर चाहन्छन् पोग्बा ?

एजेन्सी-किर्तिमानी मूल्यमा ओल्ड ट्राफोर्ड आएका फ्रेन्चम्यान पाउल पोग्बा यतिबेला खराब लयमा छन् । उत्कृष्ट प्रदर्शनको अपेक्षा क्लबले गरिरहेको छ । तर उनी आफैं खराबलयबाट गुज्रिएका छन् । ट्राफोर्डमा उनको समय अझै १८ महिना छ । १८ महिना समय रहेपनि उनी ट्राफोर्डबाट फ्रि ट्रान्सफरमा जान चाहन्छन् । समय नसकिदैं उनको चाहना पुरा हुने नहुने विषयमा भने म्यानचेष्टर युनाईटेडले कुनै खुलासा गरेको छैन् । उनी युनाईटेड छाड्ने सम्भावना अहिले देखिदैन् । उनको सम्झौता सकिएपछि उनी आफनो अनुकुल कुनैपनि क्लबमा जान सक्ने छन्… पुरा पढौ

टोटनह्याम र म्यानेचष्टर सिटी शनिबार भिड्ने

एजेन्सी-टोटनह्याम हट्सपर र म्यानचेष्टर सिटी बीच शनिबार प्रतिस्पर्धा हुदैं छ । ईग्लिस प्रिमियर लिग अन्तर्गत खेल दुवैको लागि महत्वपूर्ण हुने छ । यद्यपी नियमित खेलाडीहरु मैदानमा उत्रिनुपर्ने कारणले पनि थकित छन् । खेलाडीहरु घाईते हुदाँ क्लबहरु समस्यामा समेत छन् । टोटनह्यामका व्यवस्थापक जोसे मोरिन्होले एक वर्ष पुरा गरे । सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले पनि आफनो सम्झौतलाई थप दुई वर्षको लागि लम्ब्याएका छन् । दुवैलाई सम्झौता र वर्षदिनको पुरा गरेको सुखद नजिता निकाल्ने प्रतिक्षामा छन् । जितको अपेक्षा दुवैको छ ।… पुरा पढौ

यु-१७ महिला विश्वकप भारतले आयोजना गर्ने

एजेन्सी-विश्वव्यापी कहरको रुपमा देखिएको कोरोना भाईरसकै कारण सन २०२० मा हुने भनिएको यु-१७ महिला विश्वकप फुटबल प्रतियोगिता स्थगित गरिएको छ । स्थगित भएको प्रतियोगिता सन २०२२ मा भारतमा आयोजना गर्ने निर्णय समेत गरिएको छ । प्रतियोगिता आगामी फेब्रुअरी र मार्चमा आयोजना गर्ने तालिका थियो । नयाँ सस्करण सन २०२२ को नोभेम्बरमा आयोजना गरिने छ । कोरोनाको कहरले सबै क्षेत्र सन्त्रासमय भएको अवस्थाले पनि खेल स्थगित गरिएको जनाएको छ । फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना महामारीलाई देखाउँदै भारतमा आगामी सन २०२२… पुरा पढौ

इटाली नेसन्स लिगको सेमिफाईनलमा

एजेन्सी-नेसन्स लिग अन्तर्गत बोसनिया एण्ड हर्ज कोभिनालाई पराजित गर्दै इटाली सेमिफाईनल प्रवेश गरेको छ । इटालीले महत्वपूर्ण जित निकाल्ने क्रममा २-० गोलले नतिजा आत्मसात गर्यो । समूह चरणमा नेदरल्याण्डलाई एक अंकले पछि पार्दै सेमिफाईनल सुरक्षित गर्दा इटालीले लगातार २२ खेल अपराजित रह्यो । इटालीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरेको थियो । २२ औं मिनेटमा आन्द्रेय बेलोट्टीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल खेलको ६८ औं मिनेटमा गर्दै जित सुनिश्चित बनाएको थियो । डोमिनिक… पुरा पढौ

बेल्जियम नेसन्स लिगको सेमिफाईनलमा

एजेन्सी-डेनमार्कलाई ४-२ गोलले पराजित गर्दै बेल्जियम नेसन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ । केही दिन अघि मात्रै ईग्ल्याण्डलाई पराजित गरेको बेल्जियमले डेनमार्कलाई पनि सजिलै पराजित गरी अन्तिम चारमा आफनो स्थान सुरक्षित बनाएको हो । सेमिफाईनलको ढोका खोल्न इन्टरमिलानका स्ट्राईकर रोमेलु लुकाकुले दुई गोल गरे । योरी टियलीमन्सले खेलको ३ मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्काउँदै लयमा देखियो । डेनमार्कका लागि जोनास विन्डले गोल गरेका थिए । पहिलो हाफ १(१ गोलको… पुरा पढौ

अर्जेन्टिनासँग पेरु पराजित

एजेन्सी-विश्वकप छनोट अन्तर्गत बुधबार विहान भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको छ । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १७ औं मिनेटमा अर्जेन्टिनाका लागि निकोलास गोन्जालेजको गोलसँगै अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको पासमा निकोलासले गोल गरेका थिए ।ेदोस्रो गोल २८ औं मिनेट लाउटुरो मार्टिनेजले गरे । उनले लेन्ड्रो पारेडेसको पासमा गोल गर्दै जित सुनिश्चित बनाए । दोस्रो हाफमा गोल हुन सकेन । नजिता अर्जेन्टिनाले २-० ले खेल आफनो पक्षमा पार्यो । पुरा पढौ

स्वीडेनमाथि फ्रान्सको सहज जित

एजेन्सी-ओलिभरी जिराउडको दुई गोलको मद्दतमा फ्रान्सले स्वीडेनमाथि ४-२ गोल अन्तरले पराजित गरेको छ । नेसन्स लिग अन्तर्गत गएराती भएको प्रतिस्पर्धामा पहिलो गोल भने स्वीडेन गरेको थियो । खेलको चौथो मिनेटमा स्वीडेनले भिक्टोर क्लासनको गोलसँगै अग्रता लिएको थियो । तर १६ औं मिनेटमा जिराउडले फ्रान्सका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ३६ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई पहिलो हाफ २-१ को स्थितिमा पुर्याए । दोस्रो हाफमा जिराउडले व्यक्तिगत दोस्रो गोल गरे । उनले ५९ औं मिनेटमा गोल… पुरा पढौ

रुवेनको निर्णायक गोल पोर्चुगलको जित

एजेन्सी-नेसन्स लिग अन्तर्गत गएराती पोर्चुगलले दशखेलाडीमा सीमित क्रोयसियामाथि ३(२ गोलको नजिता निकालेको छ । पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई पोर्चुगलले उल्ट्याउँदै जित आत्मसात गर्यो । क्रोयासिया दश खेलाडीमा सीमित भएपछि पोर्चुगलले तीनै गोल हिर्काएको थियो । ५१ औं मिनेटमा मार्को रग रातो कार्ड खाँदै बाहिरिएपछि क्रोयसिया दश खेलाडीमा खेल्न पुग्यो । दशखेलाडी हुनु अघि नै २९ औं मिनेटमा माटेओ कोभासिचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने अभागी हुन पुग्यो । खेलाडी गुमाएपछि ५२… पुरा पढौ

जर्मनीको लज्जास्पद हार

एजेन्सी-जर्मनीलाई उसैको मैदानमा स्पेनले लज्जास्पद हार चखाउने क्रममा ६-० को ऐतिहासिक जित निकालेको छ । फेरान टोरेसको करियरको पहिलो ह्याट्रिक गर्ने गर्दा जर्मनी सन १९३१ पछिकै सबैभन्दा खराब नतिजामा हार व्यहोर्न पुग्यो । नेसन्स लिग अन्तर्गत गएराती जित दुवैको लागि अनिवार्य नै थियो । जितले सेमिफाईनलको ढोका खोल्दा हारले बाहिरिने खतरा थियो । स्पेनले जर्मनीलाई लज्जास्पद हार चखाउँदै फ्रान्सको लागि अन्तिम चारमा आफनो स्थान सुरक्षित बनायो । फेरानले ह्याट्रिक पुरा गर्दै ऐतिहासिक बनाए । पहिलो हाफ अघि नै जर्मनी ३-०… पुरा पढौ

नेपाल र बंगलादेशको दोस्रो खेल बराबरी

पोखरा-लामो समयपछि मैदानमा उत्रिएको नेपाली टोलील बंगलादेशमा उपाधि विहीन फर्किएको छ । बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित टुग्याएको नेपाल पहिलो खेलमा २-० ले पराजित भएको थियो । जसले उपाधि बंगलादेशको नाममा रह्यो । पहिलो खेल भन्दा नेपालले निकै सुधारिएक खेल पस्कियो । आक्रमणको रणनीति बनेपनि नेपालले स्कोर निकाल्न भने सकेन् । बलमाथिको नियन्त्रण प्रयास गरेको नेपालले दोस्रो खेलमा अघिल्लो भन्दा निकै उत्कृष्ठ प्रदर्शन गर्यो । खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट… पुरा पढौ