⛳ गल्फ

भदौ अन्तिम शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता

पोखरा-लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ । लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ । कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन् । समुद्रीसहतदेखि ४६४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ । त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ । पार ३६ को… पुरा पढौ

ई. सन्तोषलाई जुलाई मन्थ्ली मेडल गल्फ ट्रफी

पोखरा-हिमालयन गल्फ कोर्षको जुलाई(२०२३)को मन्थ्ली मेडल गल्फ च्याम्पियनसिपको ट्रफी ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा इन्जिनियर सन्तोषले ५ आण्डर ६४ को कार्डसहित ट्रफी उचालेका हुन् । पार ६९ को कोर्षमा सन्तोषले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । उनी हिमालयन गल्फ क्लबको १५ औं ह्याण्डीक्यापका एमेच्योर गल्फर हुन् । नेटतफको प्रतिस्पर्धाको उपविजेता भने क्याप्टेन गणेश गुरुङ बने । ८ ह्याण्डीक्याप रहेको गणेशले २ ओभर ७१ को कार्ड बनाए । त्यसैगरी तेस्रो स्थानमा भने… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रस तर्फ रमेश गुरुङले जितेका छन् । नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए । कास्की जिल्ला गल्फ संघ र पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोषको व्यवस्थापनमा भएको प्रतिस्पर्धामा रमेश गुरुङले ३० स्कोर गर्दै उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी जिवराम गुरुङ काउण्ट व्याकमा २८ स्कोरसहित दोस्रो स्थानमा रहे । सुरेश तामाङ जिवरामसँग काउण्ट व्याकमा पछि परे । उनले समान २८ स्कोर गरेका थिए ।… पुरा पढौ

जुनियर गल्फको उपाधि लामा र विकलाई

पोखरा-नेपाल ओलम्पिक कमिटिको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार भएको यु—१३ गल्फ प्रतियोगिताको उपाधि दिप्सन लामाले जितेका छन् । त्यसैगरी यु—१८ तर्फको उपाधि भने संसार विकले आफनो नाममा लेखाए । ओलम्पिक दिवसको अवसरमा ओलम्पिक कमिटिको आयोजना तथा नेपाल गल्फ संघको सह आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत यु—१३ लाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो । पार ६९ को कोर्षमा ९ होललाई पार ३७ मा खेलाईएको थियो । पार ३७ को खेलाइएको प्रतिस्पर्धामा लामाले ६ ओभर ४३ को स्कोर सहित उपाधि जित्न सफल… पुरा पढौ

राना मे महिनाको हिमालयन गल्फ क्लब च्याम्पियन

पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित मे महिनाको हिमालयन गल्फ क्लब मन्थ्ली मेड्ल ट्रफी याम रानाले जितेका छन् । पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा रानाले ४५ स्कोरसहित ट्रफी जितेका हुन् । फूल ह्याण्डीक्याप स्टेबल फोर्ड आधारमा खेलिएको प्रतिस्पर्धामा डा. अमरिश शुक्लाले ४० स्कोर गर्दै उपविजेता बने । त्यस्तै ३८ स्कोरसहित बसन्त गौचन(साकुरा) भने तेस्रो स्थानमा रहे । ग्रस तर्फ जीवाराम गुरुङले ट्रफी प्राप्त गरे । उनले २८ स्कोर हिर्काए । प्रतियोगितामा लङगेष्ट ड्राइभ कृष्ण पुनले हिर्काए ।… पुरा पढौ

अप्रिलको मन्थ्ली मेडल गल्फ गणेश गुरुङलाई

पोखरा-अप्रिल महिनाको गल्फ मन्थ्ली मेडलको उपाधि गणेश गुरुङले जितेका छन् । स्ट्रोक प्ले फम्र्याटमा खेलिएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधि जितेका हुन् । शनिबार पोखराको छिनेडाडास्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले तीन अण्डर ६६ को कार्ड बनाउँदै उपाधि जित्दा सन्तोष गुरुङ उपविजेता बने । सन्तोषले कोर्षमा एक अण्डर ६८ को कार्ड बनाए । यसैगरी ग्रस तर्फको पुरस्कार भने राजेन्द्र गौचनले हात पारे । उनले ८१ स्कोर जोडे । पाहुना तर्फको नेट प्रतिस्पर्धामा भने तीन ओभर ७२… पुरा पढौ

हिमालयन गल्फ कोर्ष टिमलाई उपाधि

पोखरा-पोखराको हिमालयन गल्फ कोर्ष टिमले एक्स एस्टाफोर्ड स्वीङ टिम बेलायतलाई ८९ अंकले पराजित गरेको छ ।पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धा टिम हिमालयनले बेलायती पाहुनाटोलीलाई पराजित गर्दै च्याम्पियन बन्यो । टिम हिमालयनले कुल ३३६ स्कोर बनाउँदा एक्स स्टाफोर्ड स्वीङ टिम बेलायतले २४७ स्कोर बनाएको थियो । स्टेफल फोर्ड फूल ह्याण्डीक्यापको म्याच प्लेमा दुवै तर्फबाट ११ जना गल्फरको सहभागिता रहेको थियो । पोखराको हिमालयन गल्फ कोर्षको नेतृत्व गल्फर ले. कर्णेल यामबहादुर राना र पाहुना बेलायती टोलीको… पुरा पढौ

लिलाजंगलाई मार्च मन्थ्ली मेडल गल्फको उपाधि

पोखरा-एएसपी लिलाजंग गुरुङले एक अण्डर ३७ को कार्ड बनाउँदै मार्च महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् ।शनिबार पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको स्टेबल फोर्ड फूलह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा गुरुङले १ अण्डर ३७ को स्कोरसहित च्याम्पियन बनेका हुन् । ग्रस तर्फको इभेण्टमा भने इन्स्पेक्टर जिवाराम गुरुङले २८ प्वाइन्टसहित उपाधि जित्न सफल भए । त्यस्तै ३६ प्वाईन्ट बनाएका सन्तोष गुरुङ उपविजेता बन्दा क्याप्टेन राजेन्द्र गौचन भने ३५ स्कोरसहित तेस्रोस्थानमा चित्त बुझाए । ब्रिटिस गल्फर इलाईट ४० प्वाईन्टसहित पाहुना तर्फ विजेता… पुरा पढौ

सुर्य नेपाल गल्फ टुर, सन्जय लामाको टोलीलाई प्रो–एम उपाधि

पोखरा-सुर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्धर्पाको उपाधि प्रोफेसनल गल्फर सन्जय लामाको टोलीले जितेको छ । शनिबार पोखरा–१४ छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रो–एम प्रतिस्पर्धामा लामाको टोलीले १३८ को स्कोरसहित उपाधि जितेका हुन् । लामा(३४) टोलीमा एमेच्योर खेलाडीमा पोखराका राजु थकाली (३५), सन्तोष गुरुङ(३५) र ब्रिगेडियर जनरल सुदर्शन सिल्वाल(३४) रहेका थिए । त्यसैगरी निरज तामाङको टोली उपविजेता बन्यो । टोलीले १२३ को स्कोर बनायो । टोलीमा महिला गल्फर सुष्मा सिग्देल(३२,… पुरा पढौ

शुक्रलाई दोस्रोपटक सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

पोखरा-पार ६९ को हिमालयन गल्फ कोर्षमा अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले पोखरा १४ छिनेडाडाँस्थित कोर्षमा शुक्रबार अन्तिम दिन ५ अण्डर ६४ को कार्ड बनाएपछि उपाधि जित्न सफल भएका हुन् । दुईदिनसम्म ४ ओभर १४२ को स्कोरमा टुग्याउँदै अन्तिम दिन उपाधि प्रतिस्पर्धामा रहेका राईले उत्कृष्ट सट खेल्दै ५ अण्डरको ६४ कार्ड बनाए । ५४ होल समाप्तीमा उनले १ अण्डर २०६ को कार्ड बनाउँदै दोस्रो… पुरा पढौ