कर्पोरेट

ज्ञानकाजीलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधी ज्ञानकाजी गुरुङले जितेका छन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले ३८ को कार्ड बनाउँदै मन्थ्ली मेडल आफनो नाममा लेखाएका हुन् । प्रतिस्पर्धामा एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनले ३२ को कार्ड बनाए । ग्रस तर्फको प्रतिस्पर्धामा भने मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार जित्न सफल भए । गुरुङले २३ स्कोरसहित पुरस्कार जित्न सफल भएका हुन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा २३ जना गल्फरको… पुरा पढौ

उदघाटन खेल संगम विरुद्ध हेमजा युनाईटेड

पोखरा-भोलि बुधबारदेखि पोखरा रंगशालामा फेरी क्लबस्तरीय फुटबल प्रतियोगिता शुरु हदैं छ । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु बीचको फुटबल प्रतियोगिता शुरु हुदैं छ । आयोजना भने संगम क्लबले गर्ने छ । संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करणको प्रतियोगिताको उदघाटन खेल आयोजक संगम क्लबले हेमजा युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ । पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२… पुरा पढौ

उज्वेकिस्तानका सातारोभ उत्कृष्ट खेलाडी

पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको उज्वेकिस्तानी टोली ब्ल्याक बुल्सले व्यक्तिगत विधामा पनि उत्कृष्ट रह्यो । बुल्सका साभकातजोन सातारोभले सर्वोत्कृष्ट खेलाडी घोषित हुद्यं टेल्जी स्कुटर प्राप्त गरे । उनी सर्वाधिक गोलकर्ताका पुरस्कार समेत प्राप्त गरे । त्यस्तै जसुरबेक राजाबोभले बेष्ट गोलकिपरको पुरस्कार पाए । बुल्सकै अलुजोन एलिजोनोभले बेष्ट डिफेन्डरको पुरस्कार थापे । त्यस्तै अजिजवेक खुर्सनबोईभले बेष्ट फरवार्ड पुरस्कार प्राप्त गरेका छन् । बेष्ट मिडफिल्डरको पुरस्कार भने नेपाल पुलिस क्लबका राम वाजेले पाए । अनुशासित टोलीबाट सिक्किमको थण्डरबोल्ट्स नर्थ… पुरा पढौ

दोस्रो पटक विदेशियो गोल्डकपको उपाधि

पोखरा-पहिलो पटक सहभागिता । पहिलो सहभागितामै उपाधि । २० वर्षपछि सहाराको उपाधि दोस्रो पटक विदेशियो । पहिलो पटक अफ्रिकन युनाईटेडले विदेश लैजादाँ दोस्रो पटक भने उज्वेकिस्तान पुग्यो । शनिबार फाईनल खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ गोलमा पराजित गर्दै उपाधि उचाल्यो । अफ्रिकन युनाईटेडले चौथो संस्करणको उपाधि जितेको थियो । २४ औं आहा रारा गोल्डकपको संस्करणमा १२ औं क्लबको रुपमा भित्रिएको ब्ल्याक बुल्सले उपाधि उचाल्दै विदेशी भूमीमा पहिलो उपाधि लिएर फर्कियो । नेपाल पुलिस क्लब… पुरा पढौ

उपाधि भिडन्त स्वदेशी र विदेशी क्लब

पोखरा-नेपाल पुलिस क्लबले ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो पटक पोखराको मैदान फाईनल खेल्दै छ । शनिबार यी दुई बीच २४ औं संस्करणको आहा रारा गोल्डकप फाईनल हुदैं उपाधि छिनोफानो हुदैं छ । पुलिस पोखराको मैदानमा निकै भाग्यमानी छ । खेलले पनि भाग्यले साथ दिदैं आएको पुलिस शनिबार उपाधि जित्दै इतिहास रच्ने दाउ छ । उज्वेकिस्तानी टोलीले पनि विदेशी भूमिमा पहिलो पटक उपाधि उचालेर फर्किने लक्ष्यमा छ । दुवैको योजना र लक्ष्य भने शनिबारको फाईनल खेलले देखाउने… पुरा पढौ

ऐतिहासिक खेलमा नेपाल पुलिस विजयी

पोखरा-नेपाल पुलिस क्लबको ५० औं खेल । आहा रारा गोल्डकपको २५० औं खेल । यो ऐतिहासिक खेलमा पुलिस एक पटक पोखराको मैदानमा भाग्यमानी रह्यो । नेपाल पुलिस क्लबले ऐतिहासिक खेल जित्दै इतिहास रचेको छ । आहा राराको २४ औं संस्करणमा आईपुग्दा एघारौं पटक फाइनल प्रवेश गर्ने क्रममा पुलिसले गोल्डकपको २५० औ खेल जित्यो । त्यसो त पोखराको मैदानमा पुलिसले आफनो ५० औं खेल जित्दै सर्वाधिक सफल टोलीमा दरियो । चर्च ब्वाईज युनाईटेडलाई १-० गोलले पन्छाउँदै नेपाल पुलिस क्लब गोल्डकपको फाईनलमा… पुरा पढौ

सिक्किमे थण्डरबोल्ट उज्वेकिस्तानी ब्ल्याक बुल्ससँग पराजित

पोखरा-दुई विदेशी टोली । पहिलो पटक पोखराको मैदानमा भिडन्त । बाजी भने उज्वेकिस्तानी टोलील ब्ल्याक बुल्सले मार्यो । भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३(० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानी टोली बुल्स २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । पहिलो हाफमा एक गोल । दोस्रो हाफमा दुई गोल । पोखरामा गोल्डकप खेल्न आईपुगेको टोली मध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा भने थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाईनल खेल भने… पुरा पढौ

सहारा एकेडेमीका छ खेलाडी ब्रिगेड ब्वाईजमा अनुबन्धन

पोखरा-सहारा क्लबले आफनो एकेडेमीबाट उत्पादित खेलाडीहरुलाई ललितपुरको ब्रिगेड ब्वाईजलाई हस्तान्तरण गरेको छ । आफना छ खेलाडीलाई आहा रारा गोल्डकपको दौरानमा ब्रिगेड ब्वाईजलाई सम्झौता गर्दै हस्तान्तरण गरेको हो । सम्झौतासँगै एकेडेमीका छ खेलाडीले ब्रिगेड ब्वाईजबाट बी डिभिजन लिग खेल्ने छन् । एकेडेमीका तेस्रो व्याचका विशाल नेपाली, मुकुन्द निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई क्लबका अध्यक्ष केशवराज बराले ब्रिगेड ब्वाईजका विक्रम लामालाई हस्तान्तरण गरेका हुन् । सम्झौता पत्रको बारेमा भने सहारा क्लबले कुनै जानकारी दिएन् । खेलाडीलाई सेवा… पुरा पढौ

बैकिल्पक खेलाडीको निर्णायक गोलमा चर्च ब्वाईज अन्तिम चारमा

पोखरा-बैकल्पिक खेलाडी चम्किदाँ अपी पावर चर्च ब्वाईज युनाईटेड सेमिफाईनल सुरक्षित हुदाँ त्रिभुवन आर्मी क्लब २४ औं संस्करणको आहा रारा गोल्डकपबाट विदाई लियो । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राजु भुषालले खेल सकिन एक मिनेट बाँकी रहँदाँ गोल गरेपछि चर्च ब्वाईजले सेमिफाईनल यात्रा तय गर्यो । अतिरिक्त समयमा धकेलिने सम्भावना रहेको खेलमा चर्चले पाएको अन्तिम कर्नरलाई सदुपयोग गर्दै आर्मीको गोल्डकप यात्रालाई विट मार्न पर्याप्त बन्यो । नविन लामाले कर्नर किक हाने । कर्नरबाट आएको बललाई भुषालले सेकेण्ड बारमा हेड गर्दै गोल गरे… पुरा पढौ

मछिन्द्र पेनाल्टी सुटआउटमा पराजित

पोखरा-मछिन्द्र क्लबको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै थ्रीस्टार क्लब २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए… पुरा पढौ