कर्पोरेट

पोखरा एभेन्जर्सको पोखरा क्रिकेट मैदानमा प्रशिक्षण

पोखरा-नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिति नजिकिदैं छ । मिति नजिकिएसँगै पोखरा एभेन्जर्सले पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ । केही दिन अघि मात्रै गण्डकी हिरोज र आईकोनिक प्लेयर्स छनोट गरेको पोखरा एभेन्जर्सले दुईदिन अघिदेखि बन्द प्रशिक्षण शुरु गरेको हो । केही खेलाडीले नेट्समा प्राक्टिस गरेका छन् । आजदेखि व्याटिङ प्राक्टिस गरिरहेका छन् । यही मंसिर १५ गतेदेखि काठमाडौंको किर्तिपुर क्रिकेट मैदानमा हुने प्रिमियर लिगको तयारीको लागि पोखरा एभेन्जर्सले एकसाता प्रशिक्षण गर्ने छ । पोखरा एभेन्जर्सको मार्की खेलाडी… पुरा पढौ

विश्व म्याराथन मञ्चमा नेपालकाे दाबेदारी

नेपालगन्ज-विश्व म्याराथन मञ्चमा नेपालकाे दावेदारी प्रभावशाली देखिएको छ । यद्यपि १८ मतले पछाडि पर्दा वर्ल्ड कंग्रेस आयाेजनाकाे अवसर गुमाउन पुगेको छ । विश्व म्याराथनकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे २५ आैं वर्ल्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दावेदारी प्रस्तुत गरेको थियाे । नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयाे । भियतनामकाे हनाेइमा जारी २४आैं वर्ल्ड कंग्रेसका दाैरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसाैं वर्ल्ड… पुरा पढौ

पोखरा एभेन्जर्सले शुरु गर्यो ट्यालेन्ट हन्ट

पोखरा-नेपाल प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले पोखरा क्रिकेट मैदानमा शनिबारदेखि ट्यालेन्ट हन्ट शुरु गरेको छ । ट्यालेन्ट हन्टबाट गण्डकी हिरोज छनोट गरिने छ । जुन भविष्यमा गण्डकी प्रदेशको छुट्टै क्रिकेट टोली बन्ने छ । पोखरा एभेन्जर्सका व्यवस्थापक किरण भट्टराईका अनुसार गण्डकी हिरोज भविष्यमा विभागीय टोली जस्तै रहने गरी टोली निर्माण गर्ने लक्ष्य छ । गण्डकी हिरोजसँगै पोखरा एभेन्जर्सले आईकोनिक प्लयेर छनोट गर्ने छ । जुन छनोट भएको खेलाडी पोखरा एभेन्जर्सको टोलीमा समावेश हुने छ । साथै गण्डकी… पुरा पढौ

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

खजुरा, बाँके-पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् । शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए ।छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए । धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ुदस बर्षमा दस इभेन्टु अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।… पुरा पढौ

आदर्श कपमा तीन विभागीय क्लबको निश्चितता

पोखरा-आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने २५ औं आदर्श कप फुटबल प्रतियोगितामा तीन विभागीय टोलीको सहभागिता निश्चित भएको छ । क्लबका अध्यक्ष पदम गुरुङका अनुसार तीन विभागीय टोलीको मात्रै निश्चित भएको हो । तनहुँ, स्याङजा र कास्कीको टोलीको तय भईसकेको छैन् । प्रतियोगितामा ८ टोलीलाई समावेश गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रहेको । दोस्रो पुरस्कार २ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्रदान… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ

पोखरा-काठमाडौं दौड पुरा गरेका धावक गोदारलाई स्वागत

पोखरा-नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाफ म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले तीन दिनमा दौड पुरा गरेका छन् ।काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पुरा गरेका हुन् । काठमाडौँको दशरथ रंगशालाबाट सोमबार दौड शुरु गरेका थिए । उनले दौड बुधबार दिउँसो करिब २ः०० बजे पोखरा रंगशालामा आएर टुग्याएका थिए । धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । पोखरा रंगशालामा उहाँलाई कास्की आदर्श… पुरा पढौ

गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए । १८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले… पुरा पढौ

जिमको जग बसालेका शंकर

धन बस्नेत/पोखरा खेलकुदका रस बस्दै थियो । खेलकुदको रस्वादनसँँगै नपाउँदै पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । आफनै शहरमा भएको राष्ट्रिय खेलकुदमा वकिलमान(शंकरमान) उदास पनि सहभागि भए । उनी एथलेटिक्स खेलाडीको रुपमा पोखरा रंगशालामा उत्रिए । उनको ध्यान भने शारीरिक सुगठनमा थियो । बक्सिङ खेलेको अनुभव पनि उनीसँग छ । म्याराथन दौडिए । एथलेटिक्स खेलाडी भएपछि उनले म्याराथनसँगै वाकिङ(हिडाइ)मा समेत सहभागिता जनाए । सहभागिताको प्रमाणपत्र मात्रै हात लायो । पदक उनको नाममा भने लेखिएन् । उनले दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि सशस्त्रका भट्टलाई

पोखरा-पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका (एपिएफ क्लब) निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई… पुरा पढौ