खेल संस्था

प्रदेश सरकारद्वारा जिल्ला खेलकुद समितिका पदाधिकारी पदमुक्त

पोखरा-गण्डकी प्रदेश मन्त्री परिषद बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा गठित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई हटाएको छ । युवा तथा खेलकुद मन्त्रालयले पदबाट हटाउन गरेको सिफारिसलाई आधार मान्दै बिहीबार बसेको मन्त्री परिषदको बैठकले पदमुक्त गर्ने गरेको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै चैत ४ गते स्पष्टीकरण पेश गर्न निर्देश गरेको थियो । मन्त्रालयले जिल्लाका अध्यक्षहरुलाई १५ दिनभित्र लिखित स्पष्टीकरण… पुरा पढौ

पोखरा वडा नं २१ अन्तरवडास्तरीय भलिबल च्याम्पियन

पोखरा-अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा–२१ कृस्ति÷निर्मलपोखरीले जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाईनलमा पोखरा–२२ पुम्दीभुम्दीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । उपाधिसहित पोखरा–२१ ले नगद १ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा पोखरा–२१ वडाले पोखरा–२२ वडालाई २५–२६, २५–२० र २६–२४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा पोखरा–२३ चापाकोटले पोखरा–१९ लामाचौरलाई सोझो सेटमा पराजित गर्यो । प्रतिस्पर्धामा… पुरा पढौ

अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले गरिन् । उदघाटन समारोहमा सम्बोधन गर्दै गुरुङले खेलकुद स्वास्थ्यको लागि अपरिहार्य भएको उल्लेख गर्दै महानगरपालिकाले खेलकुद क्षेत्रमा पनि विस्तारै अगाडि बढ्ने विश्वास व्यक्त गरिन् । खेलकुदको माध्यमबाट स्वास्थ्य मात्रै नभई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत सुनाईन् । अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगितामा पोखरा महानगरका १६ वटा वडाले सहभागिता जनाएका छन् । अघिका खेलहरु बेष्ट अफ फाईभमा खेलाईने समितिले… पुरा पढौ

एनभिएलाई बाणिज्य बैंकको निरन्तरता

काठमाडौं- नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । विगतका च्याम्पियनसिपमा जस्तै छैंटौ पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले प्रायोजनलाई निरन्तराता प्रदान गरेको हो । नेपाल भलिबल संघ संग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख… पुरा पढौ

गण्डकी प्रदेशको ह्याण्डवल टोली उदयपुर प्रस्थान

पोखरा-गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो । राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज… पुरा पढौ

वडास्तरीय भलिबलमा महिला टिमको सहभागिता शून्य

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगितामा महिला सहभागिता शून्य रहेको छ । महानगरकै आयोजनामा हुने प्रतिस्पर्धामा वडाहरुले टिम पठाउन नसक्दा महिला सहभागिता शून्य हुन पुग्यो । महानगर खेलकुद विकास समितिको आयोजनामा महिला तथा पुरुष अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सोमबारदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा शुरु हुने छ । महिला तथा पुरुष टिमको सहभागिताको लागि महानगरपालिका खेलकुद विकास समितिले गत ९ गते नै सबै वडालाई पत्राचार गरेको थियो । पत्रचार गरेपनि केही वडाले पुरुष मात्रै सहभागिता गराएको छ… पुरा पढौ

हिमाल र हिराकुलाई दुवाथलनको उपाधी

पोखरा-नेपालका हिमाल टमाटाले आफनै समयलाई सुधार्दै पोखरामा आयोजित दुवाथोलनको उपाधी जितेका छन् । टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरीलाई हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । सन २०१९ मा आयोजित दुवाथोलनमा उनले ५७ मिनट १४.३० सेकेन्डमा पुरा गर्दै च्याम्पियन बनेका थिए । दुवाथोलन महिला तर्फको उपाधी जापानकी हिराकु फुकुओकाले जित्न सफल भईन् पोखरामा आयोजित एशिया ट्रायथोलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार दुवाथोलन आयोजना… पुरा पढौ

राईको टिमलाई प्रो–एमको उपाधि

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा चार दिनको अवधिमा दुई गल्फरले होल ईन वान हिर्काएका छन् । सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर अन्तर्गत बुधबार पहिलो दिन शीर्ष बरियताका गल्फर भुवन नगरकोटीले होल ईन वान हिर्काएका थिए । शनिबार महिला गल्फर दुर्गाकुमारी शाहले होल ईन वान हिर्काउन सफल भईन् । होल ईन वान हिर्काउने उनी पहिलो महिला गल्फर समेत हुन् । पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ क्लब हाउसमा सुर्य नेपाल वेष्टर्न ओपनको २२ औं सस्करणमा आईपुग्दा नगरकोटीले पहिलो पटक होल ईन वान हिर्काएका… पुरा पढौ

राईजिङ वाईनकिङ टी–२० कास्की लिग च्याम्पियन (फोटो फिचरसहित)

पोखरा-अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राईजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । आफनो पाँचै खेलमा अपराजित रहँदै राईजिङ च्याम्पियन वाईनकिङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग च्याम्पियन बनेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको अन्तिम खेलमा राईजिङले अरण्यज्योतिसँग प्रतिस्पर्धा गरेको थियो । टस जितेर व्याटिङ उत्रिएको राईजिङले ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । अब्दुल खालिकले मिलन थापालाई बोल्ड आउट गरेपछि राईजिङको विकेट पतन शुरु भएको थियो ।… पुरा पढौ

युचिदा र शाबालिनालाई एशिया कपको उपाधि

पोखरा-तीन वर्ष अघिको समयलाई सुधार्दै जापानीज खेलाडी जेन्ता युचिदा ट्रायथोलन एशिया कपको उपाधि जितेका छन् । ट्रायथोलनको स्प्रिन्ट तर्फ विधा अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडमा जापानीज एथ्लेट ले ५३ मिनेट १४ सेकेण्डमा पुरा गर्दैै ट्रायथोलन च्याम्पियन बनेका हुन् । उनले पहिलो संस्करणका विजेता माकोतो ओदाकुराको समयलाई समेत पछि पार्दै नयाँ टाईमिङसहित च्याम्पियन बन्न सफल भए । ओदाकुराले ५४ मिनेट १७ सेकेण्डको समय लगाएका थिए । जापानकै क्योतारो योशिकावाले ५३ मिनेट २२ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ