खेल संस्था

केन्याली स्टेफन र नेपाल प्रहरीकी प्रसाँई पोखरा म्याराथन च्याम्पियन

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख… पुरा पढौ

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार… पुरा पढौ

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग- सत्यवती र होलिल्याण्ड विजयी

धनगढी-धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रबार पाँचौ दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन् । संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सत्यवतीले १९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो । उसका लागि सन्तोष कार्की र सन्दीप खत्रीले आक्रामक पारी खेले । ३९ बलको सामना गरेका सन्तोषले ८ छक्का र… पुरा पढौ

कास्कीका भुगोल र विधाको जोडी अन्तिम ८ मा

काठमाडौं-११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगल तर्फ कास्कीका बिधान अधिकारी र भुगोल गुरुङ्गको अन्तिम आठमा प्रवेश गरेका छन् । ललितपुरका दिप्रिस मुनि बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । सेमिफाईनल प्रवेशको लागि कस्केली जोडीले नेपाल पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडी लिनिङ्ग अन्तिम ८ मा प्रवेश गरेका छन् । महर्जन जोडीले एपिएफका जोशेप अधिकारी… पुरा पढौ

धनगढी मेयर एलपीए- होलिल्याण्ड र लिटल फ्लावर विजयी

धनगढी- धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई वटा खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्। संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वति स्कुललाई २ विकेटले पराजित गर्यो। धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो। शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतीमा १६।२ ओभरमा… पुरा पढौ

कास्कीका भुगोल र विधान अधिकारी अन्तिम १६ मा

काठमाडौं- कास्कीका भुगोल गुरुङ्गले १६ फिदरका अमन महर्जनलाई २१–१८, २१–२३, २१–१९ को सेटमा पराजित गर्दै११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । उनीसँगै कास्कीका कास्कीका बिधान अधिकारीले सिल्क ग्रुपका आशिष तामाङ्गलाई २१–१५, २१–११ को सेटमा पराजित गर्दै प्रिक्वार्टर प्रवेश गरेका हुन् । नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्ण बहादुर थापा लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गरेका छन् । १६… पुरा पढौ

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए । नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५… पुरा पढौ

‘पोखरा म्याराथन’ मा पाँचदेशका १२ विदेशी धावक दौडिने

पोखरा-१६ औं संस्करणको ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’मा आगामी शनिबार धावकहरु दौडिने अन्तिम तयारीमा छन् । पाँचदेशका १२ धावकसहित १६५ जना धावकले म्याराथन एरिनामा उत्रिदैं छन् । अधिकांश धावक स्वदेशी छन् । विभागीय क्लब मध्ये त्रिभुवन आर्मी क्लबका म्याराथन धावकहरुको सहभागिता भने छैन् । दुई विभागीय क्लब नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका धावकहरुको सहभागिता रहने छ ।१५ औं सस्करणमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए । उनले २ घण्टा २८ मिनेटको समय निकाल्दै च्याम्पियन बन्दा महिला तर्फको हाफ… पुरा पढौ

धनगढी मेयर एलपीएल-६ एभरेस्ट र सत्यवती विजयी

धनगढी-धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर(१९ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन्। प्रतियोगितामा दुवै टिमको यो दोश्रो खेल खेल्दा दोश्रो जित हो। धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्यो।खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षेतीमा भेटायो। एभरेस्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए जुन… पुरा पढौ

सहारा एकेडेमीका बालकलाई ट्रयाक सुट सहयोग

पोखरा-समाजसेवी सुभाष श्रेष्ठ ले सहारा एकेडेमीका बालकहरुको लागि ट्रयाक सुट सहयोग गरेका छन् । उनले पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर एक समारोहबीच २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । ओभिए कन्सल्टेन्सी डाइरेक्टर सुभाष श्रेष्ठ, कन्सुलर सिर्जना सापकोटाले ती ट्रयाक हस्तान्तरण गरेका हुन् । सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले एकेडेमी संयोजक चित्रबहादुर पुनको सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि पुनले एकेडेमीमा नगद सहयोग गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, कार्यसमिति… पुरा पढौ