खेल संस्था

नेपाली सेना टिम च्याम्पियन

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो । दोश्रो एपिएफ रह्यो । एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त ग¥यो । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल… पुरा पढौ

मेयर कप खेल्न कास्की क्रिकेट टिम नवलपुर प्रस्थान

पोखरा-कास्की जिल्लाको क्रिकेट टिम नवलपुर प्रस्थान गरेको छ । नवलपुरमा आयोजित प्रथम मेयर कप टी. २० क्रिकेट प्रतियोगिताको लागि आईतबार नवलपुर प्रस्थान गरेको हो । कास्कीको टिमलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्दले विदाई गरे । विदाई समारोहमा खेलाडीहरुलाई ट्रयाक, जर्सी तथा क्याप हस्तान्तरण गरे । जर्सी तथा ट्रयाकको प्रायोजन भने कपिल बसेलले गरेका थिए । कास्कीको नेतृत्व विपिन खत्रीले गर्ने छन् । खेलाडीहरुमा किरण पौडेल, अनिल गुरुङ, अमृत गुरुङ, विधान श्रेष्ठ, नितेश गिरी, मुश्कान थापा, विश्वास पराजुली, रमेश… पुरा पढौ

बागमतीका ओमकरलाई दुई स्वर्ण

काठमाडौ-बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्ण हात पारेका छन् । उनले सावर र ईपी तर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकैनै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिएका थिए । तेश्रो स्थानमा एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री रहे । बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग… पुरा पढौ

उत्कृष्ठ छात्र/छात्रा भलिबल खेलाडीलाई छात्रवृत्तिको घोषणा

पोखरा-कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । संघले आगामी चैत ४ गतेदेखि आयोजना गर्ने चौथो सृजना कप सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरी दुईजनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । छात्रवृत्ति स्वरुप एक वर्षको अध्ययन खर्च संघले व्यहोर्ने छ । संघले ९ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । ‘भलिबलमा उत्कृष्ट विद्यार्थी छनोट गरी एक छात्र… पुरा पढौ

विद्यासंस्कार फुटसलको उपाधि ड्याफोडिललाई

काठमाडौं-आठौं संस्करणको बिद्यासंसकार अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७८” को उपाधी ड्याफोडिलले उचालेको छ । ड्याफोडिलले एस स्कुल माथि ४ – ३ गोल अन्तरले पराजित गर्दै ट्रफी उचालको हो । ड्याफोडिलले नगद २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग¥यो । उपबिजयी एस स्कुलले नगद १० हजार सहित, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त ग ¥यो । जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टीम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी… पुरा पढौ

विनोदको ह्याट्रिक माछापुच्छ्रेको फराकिलो जित

पोखरा-विनोद नेपालीले ह्याट्रिक गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै दुई अंक जोडेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदान शनिबार भएको वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिपमा दोस्रो खेल खेल्ने क्रममा माछापुच्छ्रेले पहिलो जित दर्ता गरेको हो । टस जितेर व्याटिङ गरेको माछापुच्छ्रेक्रिकेट क्लबले मनोज कोइरालाको ४७ रनको… पुरा पढौ

बागमतीकी शिक्षा र सेनाकी सीतालाई लाई स्वर्ण

काठमाडौं- बागमती प्रदेशकी शिक्षा नापितले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिला ब्यक्तिगत सावर तर्फ स्वर्ण हात पार्न सफल भएकी हुन् । नापितले फाईनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ्ग र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए । यस्तै आजै भएको महिला ईपी तर्फको खेलमा सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतान विच भएको फाईनल प्रतिस्पर्धामा सिताले बाजी मारिन् । सिताले १५ – १२ अकंका साथ स्वर्ण… पुरा पढौ

पिसिसी शीर्षस्थानमा, अरण्यज्योति ८ विकेटले पराजित

पोखरा-कप्तान अमृत गुरुङको अर्धशतकीय पारी र तिब्रगतिका बलर कृष्ण पौडेलको ४–१–१३–३ को बलिङ स्पेश रहेपछि राईजिङ क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ९ रनले पराजित गरेको छ । टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप अन्तर्गत मंगलबार मंगलबार टस जितेर व्याटिङमा उत्रिएको राईजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेले । राईजिङले ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पार्दै सांग्रिलालाई लक्ष्य पछ्याउने चुनौति दियो । तीन विकेट सस्तैमा गुमाएपछि धर्मराएको राईजिङलाई उकास्ने काम भने कप्तान गुरुङले गरे । पाँचौ नम्बरमा… पुरा पढौ

साहसिक खेल क्यानोनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

ल्वाङघलेल(कास्की)-कोभिड–१९ को विभिन्न भेरियन्टले गन्जागोल बनाएको खेलकुदले लय समात्न शुरु गरेको छ । खेलकुदका गतिविधि निरन्तर आयोजना हुदाँ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेलकुद प्रतियोगिता आयोजना जमर्को गरेको छ । साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यानोनिङ(झरनामा डोरीको सहायताले ओर्लिने खेल) को स्थलगत अध्ययन गरेर फर्कियो । प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले क्यानोनिङ गर्न सकिने सम्भावना बारे स्थलगत अध्ययन गरी पोखरा क्यानोनिङ प्रालिका निर्देशक एवं सञ्चालक राम गुरुङसँग छलफल गर्दै साहसिक खेलकुद… पुरा पढौ

माछापुच्छ्रे वडाध्यक्ष कप भलिबल उपाधि ल्वाङघलेललाई

पोखरा-तेस्रो माछापुच्छ्रे गाउपालिका वडा नं ८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ ।युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिन हिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । ल्वाङले पहिलो सेट २७–२५ ले लिएको थियो । तर दोस्रो सेट खोराकोमुखले २६–२४ मा लिदैं बराबरी र प्रतिस्पर्धात्मक बनायो । तेस्रो सेट ल्वाङले २५–२३ मा लिदैं अग्रता बनायो । चौथो सेट भने… पुरा पढौ