खेल संस्था

आयोजक गुरुङ स्पोर्ट्स हाउसको विजयी सुरुवात

काठमाडों-गुरुङ स्पोर्ट्स हाउसको आयोजनामासञ्चालीतप्रथम गुरुङ स्पोर्ट्स हाउस कपराष्ट्रिय खुला भेट्रान्स पुरुषभलिबलप्रतियोगिताको बुधबार भएको खेलमाप्रदेश तीनलाई मीश्रीत परिणाम हातलागेको छ । प्रदेशतीनको रातो टोलीले चितवनको कर्पाकेलीयुवाक्लबलाई २५–१७,२५–१८ ले हरायो । नेपालभलीबल संघले बाग्मती प्रदेशको निलो टोलीलाई २०–२५,२५–२०,१५–११ ले हरायो । अर्को खेलमातनँहको भिर्लुङले धादीङ एडभान्सलाई २५–१३,२५–२३ ले हरायो ।आयोजक गुरुङ स्पोर्ट्स हाउसले साझायातायात संगको खेलमा२५–२३,२५–१८ ले सफलतापायो । म९डाल स्पोर्ट्स क्लबले प्रदेश नं एकको रातो टोलीलाई १६–२५,२५–१९,१५–१३ ले हरायो ।प्रदेश नं एक सेतोले धादिङ एडभान्ससंगको खेलमा २५–७,२५–१९को सफलतापायो । मंगलबार सुरु… पुरा पढौ

सदस्य–सचिव र क्रिकेट खेलाडीको भेट

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए । पुरा पढौ

सदस्य–सचिव र विभागीय प्रमुखको बैठक

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो । बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा… पुरा पढौ

नेपाली खेलाडी एकलमा पराजित हुदाँ डबल्स तर्फ सुखद नजिता

पोखरा-नेपालका उमेर समूहका शीर्ष बरियताका आरभ सम्राट हाडा पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिपबाट बुधबार बाहिरिएका छन् । उनी भारतीय खेलाडी हितेश चौहानसँग सोझो सेटमा पराजित हुन पुगे । बुधबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतिस्पर्धामा हाडा चौहानसँग ६–२, ६–३ को सेटमा पराजित भए । बुधबार नेपालकै शीर्ष बरियताकी सलोनी तामाङले भने भारतीय खेलाडीलाई पराजित गर्दै अगाडि बढेकी छन् । सलोनीले भारतीय खेलाडी सोहनी सन्जय मोहन्तीलाई टाईब्रेक सेटमा पराजित गरिन् । पहिलो सेट गुमाउँदै दबावमा परेकी सलोनीले… पुरा पढौ

हाडा र सलोनीको जित

पोखरा-पोखरामा आयोजित आईटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले मंगलबार जित आत्मसात गरेका छन् । उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र आईटिएफको स्वीकृतिमा पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा हाडाले भारतीय खेलाडी निखिल मित्तललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । पहिलो सेटमा ३–३ को अवस्थामा हाडाले सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट आफनो… पुरा पढौ

मनाङमा मनाङ जिल्ला लिग फुटबल शुरु

पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुसार मनाङमा मनाङ जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । मनाङ फुटबल संघको आयोजना दोस्रो पटक लिग आयोजना गरिएको हो । मनाङमा कोरोना संक्रमण अघि २०७६ सालमै पहिलो पटक जिल्ला लिग आयोजना गरिएको थियो । मनाङको तिमाङस्थित फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा हिमालयन युवा क्लबले चामे युवा समूहलाई १–० ले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । खेलको २५ औं मिनेटमा कर्ण गुरुङ गोल निर्णायक हुदाँ हिमालयनले लिगमा तीन अंक जोड्यो । प्रतियोगितामा मनाङ… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो जित

पोखरा अर्जुन कुमालको व्याटिङ र कमल परियारको बलिङ प्रेरित गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले प्रदेश नं २ लाई ५५ रनले पराजित गर्दै दोस्रो जित निकाल्दा परियार प्लेयर अफ दि म्याच घोषित भए । रोशन विक र तीर्थराज दासको जोडीलाई किरण पौडेलको बलमा कमल परियारले क्याच गरेपछि साझेदारी टुटेपछि प्रदेश नं २ कमजोर बन्न पुग्यो । रोशन विक २३ रनमा पभेलियन फर्किएपछि धर्मराएको प्रदेश २ लाई… पुरा पढौ

तीन नेपाली महिला खेलाडीको सुखद शुरुवात

पोखरा-घरेलु कोर्टमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदै तीन नेपाली महिला खेलाडीले सुखद शुरुवात गरेका छन् । पोखरामा सोमबारदेखि शुरु भएको जुनियर ५ आईटिएफ विश्व टेनिस टुर अन्तर्गत नेपालकी शीर्ष बरियताकी अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र अध्या पौडेलले जित आत्मसात गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र विश्व टेनिस महासंघको स्वीकृतिमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको प्रतिस्पर्धामा अभिलाषा विष्टले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात… पुरा पढौ

गुरुङ स्पोर्ट्स हाउस कप मंगलबार देखि

पोखरा-गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हुदै छ । पाँच दिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।१५ लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरुको सहभागिता रहेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११… पुरा पढौ

कर्णालीमाथि गण्डकीको ३ विकेटको जित

पोखरा-दिपक डुम्रेको उत्कृष्ट व्याटिङ प्रेरित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । वाई वाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अघिल्लो दुई खेलमा पराजित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै जित आत्मसात गर्यो । कर्णालीले दिएको ११४ रनको लक्ष्यलाई गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २६.५ ओभरमा पुरा गर्यो । दिपक डुम्रेले तेस्रो नम्बरमा आउँदै ३४ रनको उत्कृष्ट प्रदर्शन गरेपछि गण्डकीले सहज जित पछ्याएको थियो । ओपनरद्वय मिलन क्षत्री र अर्जुन कुमाललाई ४ र १४… पुरा पढौ